महामारी सबैको लागि परीक्षा हो भने राजनीति दलको लागि अग्नीपरीक्षा

  • बैशाख २८, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
कोरोना महामारीको दोस्रो लहर विश्वभरी नै चलेपनि भारतमा अत्यधिक संख्यामा सङक्रमित हुनुले नेपालको लागि ठूलो समस्या देखिएको छ । भारतको सकारात्मक र नकारात्मक सांस्कृतिक राजनीति सामाजिक र आर्थिक असर मात्रै नेपालमा पर्दैन । महामारीको लअसर पनि त्यतिकै पर्ने गरेको छ । नेपालसँग सीमाना जोडिएको उत्तरप्रदेश उत्तराखण्ड विहार र असाम र पश्चिम बङगालको हरेक गतिविधिको असर नेपालमा पर्ने गरेको छ । यतिवेला कोरोना महामारीसँग जुँध्न भारत समेत सङकटमा रहेको छ । त्यहाँ पनि अक्सिजन र आइसियुको अभाव खडकिएको छ । यहि असर नेपालमा पनि देखिन थालेको छ । जबकि यसभन्दा पनि खतरनाक तेस्रो लहर आउन बाँकी रहेको स्वास्थ्य विज्ञहरुले बताइरहनु भएको छ ।


यो कुनै देशको निश्चित भूगोलमा सीमित रहने सङकट नभएकोले यसलाई वैश्विक महामारी भनिएको छ । विश्वका माहशक्ति राष्ट्रहरुको अवस्था व्यवस्था डमाडोल भएपछि नेपाल जस्तो देशको लागि निश्तिपनि ठूलो सङकट रहेको छ । महामारीबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सरकारले जारी गरेको निर्देशनको पालना आवश्यक छ । शिक्षा क्षेत्र मात्रै होइन,अद्यौगिक क्षेत्रपनि त्यतिकै प्रभावित भइरहेको छ । कोरोना कहरको लहरले बढाउने कहरबाट जोगिन सचेत शिक्षित समाजका अगुवाहरुले समेत समाजमा जागरण र रोगबाट जोगिन अपनाउनुपर्ने विधि तरिकाबारे जनचेतना फैलाउनुपनि त्यतिकै आवश्यक देखिएको छ । विश्वको सुरक्षित र आधुनिक शहर अमेरिकाको राजधानी न्युयोर्क होस चाहे भारतको राजधानी दिल्ली किन नहोस् यसुको चपेटामा परिसकेको छ भने नेपालका राजधानी काठमाण्डौ यसबाट अछूतो रहने कुरै भएन । केहि दिन अगाडि काठमाण्डौमा चिरपरिचित पत्रकार अमरेन्द्र यादव यादब सङक्रमित हुँदा उहाँलाई उपचारको लागि काठमाण्डौमा बेड र अक्सिजन उपलब्ध भइरहेको अवस्था थिएन । भन्नुको अर्थ काठमाण्डौं जस्तो ठाँउमा सहज रुपमा उपचारको व्यवस्था सरकारले चाहेर पनि गर्न नसकिरहेको अवस्था रहेको छ । संचार क्षेत्रका होनहार पत्रकारहरु, प्रतिष्ठित व्यापारीहरु,उच्च घाराना र विभिन्न क्षेत्रमा राष्ट्रिय हैसियत भएका व्यक्तित्वहरु समेत कारोनाको कारण ज्यान गुमाउनु परेको अवस्था सृजना भएको छ ।


प्रदेश २ को ठूला शहर बीरगञ्ज र राजधानी जनकपुरमा समेत कोरोना सङक्रमणको दायरा बढ्दो छ भने देशकै सबैभन्दा बढी वडा भएको लहान नगरपालिकामा पनि सङक्रमण फैलिएर स्थानीयहरु भयभित हुन थालेको छ । लहान नगरपालिकाकाु मुटु मानिएको प्रतिष्ठित व्यापारीहरुको जमघट रहेको लहान –७ अर्थात राम मन्दिर क्षेत्रलाई सील नै गर्नुपर्ने अवस्था सृजना भएको छ । यस्तो अवस्थामा लहान नगरपालिकाले लिएको नारा हाम्रो लहान समृद्ध लहानको नारालाई कार्यान्वयन गर्न स्थानीय सरकारले कोभिड नियाणत्रण गर्न कोभिड अस्पताल आइसोलेशन केन्द्र र पीसीआर सहज परीक्षण लगायत स्वास्थ्य मापदण्डलाई पालना गर्न अघि बढ्नु जरुरी छ । जनताको स्वास्थ्यलाई जोगाउन स्थानीय सरकारले भरमग्दुर प्रयास गरिरहेको पनि देखिन्छ ।


लहानमा अहिले कोरोना कहर त छ नै साथै शान्ति सुरक्षा पनि चुनौती बन्न गएको छ । सोमबार राती लहान –१ नयाँ बस्तीमा इन्द्रदेव ठाकुरको घरमा पेशेवर डाकाहरुको समूहले हतियार देखाएर आठ लखको सम्पति लुटेको छ । केहि महिना यता लहानमा भएको शृङखलावद्ध डकैतीले कोरोनाको कहरसँगै डकैतीको घट्नाले जनजीवन प्रभावित भएकै हो ।
सरकारले जनहितमा जारी भएको मापदण्ड पालना गर्न भइरहेको आलटाल ठूलो चुनौती देखिएको छ । मानिसबाट सर्ने कोरोना महामारीबाट जोगिन ठूलो भीडभाड नगर्न, नियमित मास्क लगाउन ,विवाह भोज भतेर सीमित मानिसहरुको उपस्थितिमा गर्न भनिए पनि सिरहाको सन्दर्भमा विवाहमा भीडभाड रोकिनु त परको कुरा एउटा विवाहमा भोज गर्न ६ क्विन्टलसम्म मासु नै खपत भएको छ भने दुई हजारको संख्यामा भोजभतेर खाएका छन् । शिक्षा र चेतनाको उद्येश्यले गठित जातीय नामबाट सञ्चालित धर्मशालाहरुमा ठूलै तडकभडकको साथ विवाह सम्पन्न भएको छ । शहरको यो हाल दुई चार दिन पहिलेसम्म देखियो भने ग्रामीण भेगमा त अहिलेपनि विवाह भोजभतेर हाट बजार चिया पसल र चोकमा विना मास्क र समाजिक दुरी पालना नै नगरी भीडभाड बन्द भएको छैन ।

 

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले गरिरहेको साकारात्मक पहललाई प्रभावकारी बनाउन सबैले आफ्नो ठाँउबाट पहल थाल्न जरुरी छ । हरेक टोलामा रहेका शिक्षक । सामाजिक संघ संस्थाका प्रतिनिधि , राजनीतिक दलका अगुवा र समाजसेवीहरुले आइपर्ने मानवीय सङकटहरुबाट जोगाउन पहल थाल्नुपर्छ । केवल शहिदपार्कमा भाषण् गरेर मञ्चमा गर्जेर नेता बन्ने प्रणलीलाई अन्तय गरेर सङकटबाट आफनो टोला महोलाका नागरिकहरुलाई सचेत बनाउन सहयोग गर्न स्थानीय सरकारसँग समन्वय र स्वास्थ्यकर्मीहरुसँग सम्पर्क बढाएर योगदान गर्न जरुरी छ । स्वास्थ्य मापदण्डको पालना गरे ८० प्रतिशतसम्म सुरक्षित रहने सक्ने स्वास्थ्यविज्ञहरुको सल्लाहलाई मनन गरेर कार्यान्वयन गराउन सकियो भने यो भन्दा ठूलो समाजसेवा र भलाई अर्को केहि हुन सक्दैन ।


प्ढ्ल्खाका युवा वा शिक्षकहरुले आफ्नो टोला माहोलामा रहेका युवाहरुलाई सामाजिक दुरीमा राखेर दस जनाको समूह बनाएर एक दुई घण्टा शिक्षण कार्यमा सहजीकरण गरि दिएर सघाई दिए यसले हुने शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न मद्यत पुग्छ । विवाह र धार्मिक अनुष्ठानमा हुने अनावश्यक भीडलाई रोक्न सहजिकरण गरि दिन र अनिवार्य मास्क लगाउन,यतिवेला अनावश्यक काम बाहेक बाहिर बढी हिडडुल नगर्न लाग्ने हाटबजारलाई सामाजिक दुरीमा व्यवस्थापन गर्न , पसलहरुमा लाग्ने भीडहरु कम गर्न, स्वास्थ्य समस्या भएका व्यत्तिहरुलाई तोकिएको ठाँउमा पुरयाउन आत्मअनुशासित भइदिन प्रयास थाल्ने हो भने आउने जोखिमलाई न्युनिकरण गर्न मद्यत पुग्ने देखिन्छ ।


कोरोना कालमा देखिएको राजनीति खिचातानी सत्ताको छिनाझप्टीले नेताहरुमा राजनीतिक गुण मात्रै क्षय भएको छैन राजनीतिक नैतिकताको खडेरी परेको देखियो । आज यो प्रदेशको सरकार अल्पमतमा भोली त्यो प्रदेशको सरकार ढल्ने विना खोज विना प्रमाण सरकारले यति करोठ भ्रष्टाचार हुँदै नभएको आरोप लगाएर हाम्रो समाज र देशले प्रगति गर्न नसक्ने हेक्का ठूलो मिडियामा काम गर्ने केहि पत्रकारहरुले पनि भ्रमको खेति रोक्न जरुरी छ । सरकारले भ्रष्टाचार गरेको ठाँउमा रोक्नुपनि पर्छ । विरोध पनि गर्नुपर्छ तर सरकारले गरेको राम्रो काममा मुख खोलेर धन्यवाद दिन नसकेपनि कम्तीमा मौन समर्थन गर्न पनि चुक्नु हुँदैन । विरोधको लागि विरोध हेइन, सार्थक र स्वस्थ्य विरोध गर्नु पनि पर्छ । महामारीले हरेक व्यक्तिको परीक्षा लिइरहेको छ भने राजनीति नैतिकताको लागि त अग्नी परीक्षा नै रहेको बझ्न जरुरी छ ।

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A