लहानको मुख्य बजार राममन्दिर क्षेत्रमा प्रवेश निःशेध

  • बैशाख २९, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिकाको मुटुको रुपमा रहेको राममन्दिर क्षेत्रमा कोारोना सङक्रमितहरुको संख्या बढेपछि लहान नगरपालिकाले मङगलबारदेखि सील गरी प्रवेश निःशेध गरिएको छ ।


लहान नगरपालिका –७ मा आधा दर्जन जति व्यक्तिहरुमा कोरोना सङक्रमित देखिएपछि यस क्षेत्रलाई सील गर्न पुगेकको त्यस वडाका वडाध्यक्ष राकेश रोशन गुप्ताले समृद्धिपथलाई जानकारी दिनुभयो ।


लहान नगरपालिकाले दोस्रो लहर चलिरहेको कोरोना सङक्रमणको तेस्रो लहर पनि आउने स्वास्थ्य विज्ञहरुले दिइरहेको जानकारीलाई ध्यानमा राखेर लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताललाई कोरोना अस्पताल र पशुपति आदर्श माध्यमिक विद्यालयललाई २५ वेडको आइसोलेसन केन्द्रको तयारी अन्तिम चरणमा पुगेको लहान नगरपालिका प्रवक्ता राज कुमार साहले बताउनुभयो ।

koronf sil lahan 7.photo 2
लहान नगरपालिका प्रमुख मुनि साहका अनुसार २५ बेडको आइसोलेसन, अक्सिजन सिलिण्डर,एम्बुलेन्सको वयवस्था, आरडिटी र पिसिआर टेष्टको लागि नगरपालिका व्यस्थापन गर्नुको साथै तत्कालै प्रत्येक वडा कार्यालयहरुमा मास्क, हान्ड स्यननिटयाजर र होम सयानिटयाजर पठाइ सकेको सकेको छ ।


उहाँले आग्रह गर्दै भन्नुभयो,‘यस वैश्विक महामारीको सङक्रमणबाट जोगिन जनहितमा जारी स्वास्थ्य मापदण्डलाई ख्याल गरेर सचेत र सर्तक रहन हेलचेक्रयाई नगरौ । युस सङकटको समयमा नगरपालिकाले थालेको प्रयासमा सबैको सहयोग आवश्यक छ ।’

koronf sil lahan 7.photo 3

जेठ २ बाट कक्षा ८ र कक्षा १ देखि ७ र ९ को परीक्षा समेत अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमनन्दन भुषालले विज्ञप्ती प्रकाशित गरी जानकारी दिनुभयो ।

 

 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A