डिएमसीसीद्वार निजि अस्पताललाई कोभिड अस्पताल सञ्चालको लागि पहल गर्न नगरपालिकालाई जिम्मा

  • जेठ ३, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
डिएमसीसीको जेठ ३१ गते सम्पन्न बैठकले लहान स्थित निजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालमा परिणत गर्नको लागि लहान नगरपालिकालाई जिम्मेबारी दिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भएको छ ।
दोस्रो चरणको कोभिड महामारीले दायरा फराकिलो गर्न थालेकोले सिरहाको पूर्वी भेगमा पर्ने लहान नगरपालिकाभित्रका निजि अस्पतालहरुलाई समेत कोभिड अस्पताल सञ्चालन गनुपर्ने आवश्यक्ता महसुस गरि लहान नगरपालिका प्रमुख मुनि साहलाई जिम्मेबारी सुम्पिएको प्रजिअ कणेलले बताउनुभयो ।


यतिवेला कुन स्वास्थ्य संस्थाले सरकारलाई खुलेर सहयोग गरिरहेको छ ? त्यस स्वास्थ्य संस्थाप्रति सरकारले पनि त्यहि नजरले हेर्ने भएकोले कोभिड अस्पताल सञ्चालन गरेर मानवीय सेवामा सम्र्पित हुन प्रजिअ कणेलले आग्रह गर्नुभयो ।
लहान नगरपालिकाको पहलमा लहान –७ स्थित पशुपति माध्यमिक विद्यालयमा २५ शैयाको आइसोलेसन केन्द्र सञ्चालन जेठ ३ गतेबाट सञ्चालन हुनुको साथै जेठ ५ गतेबाट पीसीआर परीक्षण समेत गरिने लहान नगरपालिका स्वास्थ्य शाखाले जनाएकोछ ।

kovid hospital news jeth 3.photo 2
लहान नगरप्रमुख मुनि साहको अनुसार लहान–३ मा रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पताल , सप्तऋषि अस्पताल (३० शैयाको ) तत्काल सञ्चालनमा आउने जानकारी दिँदै लहान –३ मा नै रहेको सगरमाथा चौधरी आँखा अस्पतालको सात सय बेडलाई समेत कोभिड अस्पतालको रुपमा सुचारु गर्न पहल भइरहेको जानकारी दिनुभयो ।


वैश्विक महामारीको रुपमा रहेको कोरोना सङक्रमणबाट मुक्ति दिलाउन लहान नगरपालिकाले गर्नुपर्ने हरेक सहयोगको लागि तयार रहेको प्रमुख साहले विश्वास दिलाउदै भन्नुभयो–अक्सिजन प्लान्ट सुचारु, आवश्यक सिलिण्डरको वयवस्थापन र एम्बुलेनस समेत व्यवस्थापन भइरहेको छ । आवश्यक स्वास्थ्यकर्मीहरुको आपूर्तिको लागि समेत प्रक्रिया अघि बढि सकेको छ ।


प्रहरीको सक्रियता बढेपछि शहरी क्षेत्रमा भाीडभाड हवातै घट्नुको साथै जनहितमा जारी स्वास्थ्य मापदण्डको पालना भइरहेपनि ग्रामीण भेगमा हेलचेक्राई भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख नायव उपरीक्षक डा. तपन दाहालले भन्दै ग्रामीण भेगमा शिक्षा र चेतनाको कार्यक्रम अझैपनि नपुगेको अनुभव साट्नुभयो ।

kovid hospital news jeth photo 3
राउ अस्पताल लहानमा आठ जना कोरोना सङक्रमितहरुको उपचार भइरहेको अस्पताल विकास समितिका सदस्य गोपाल प्रसाद गुप्ताले भन्दै यस अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइ सकेको जानकारी दिनुभयो ।


लहानमा अहिलेसम्म कोभिड सङक्रमित ६ जनाको मृत्यु भैसकको छ भने ३५ जना सङक्रमित रहेको लहान नगरपालिका स्वास्थ्य प्रमुख राम सुन्दर यादवले जानकारी दिँदै नगरपालिकाले जनहितमा जारी गरेको सूचनालाई पालना गरी शंका लागेमा जाँच गराउन स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

 

 

 



वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A