जेसिसका पूर्व अध्यक्ष पञ्जियारद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

  • जेठ ३, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर जनतालाई सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गराउन अहोरात्र खटिने इलाका प्रहरी कार्यालय लहानलाई लहान सिटी जेसिसका पूर्व अध्यक्ष समेत रहनु भएका हार्डवेर व्यापारी सत्य नारायण पञ्यिारले स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।


इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. तपन दाहाललाई पञ्जियारले एक कार्यक्रमकोबीच ५ हजार थान सर्जिकल मास्क,५० लिटर सेनिटाइजर,५ पीस थर्मल गन,र ५ पीस फेस शिल्ड सहयोग गर्नु भएको हो ।


लहान सिटी जेसिसका पूर्व अध्यक्ष पञ्जियारले महामारीको वेला आफ्नो हैसियत अनुसार व्यापारी सम्पन्न व्यक्तहरुले सहयोग गरेर मानवता देखाउनु पर्ने आवश्यक्तालाई महसुस गरेर सहयोग गरेका भन्दै कोभिडसँगको लडाई जित्न सबैले सकारात्मक सोच र सहयोगको भावना राख्नुपर्ने बताउनुभयो ।


इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. दाहालले प्रहरीलाई गरेको सहयोगले अहोरात्र खटिने सुरक्षाकर्मीहरुको मनावल उच्च भएको भन्दै कोभिड विरुद्धको लडाइमा जीत हासिल गर्न सबैको उत्तिकै सहयोग रहेको बताउनुभयो ।


प्रहरलिाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लहान सिटी जेसिसका पूर्व अध्यक्ष तथा नेकपा एमालेका युवा नेता रियासत लिमिले पहल गर्नु भएको थियो ।

 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A