सुदृढ बाम एकता आजको आवश्यक्ता

  • जेठ ५, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी 

कोरोना सङक्रमण जति बढ्दै छ,त्यति नै राजनीति सङकट पनि गहिरिँदै गइरहेको छ । सङकटबाट निकास र मुलुकको विकासको चाहना पुरा हुनुपर्छ यो जन चाहना रहेकोछ । सङकटबाट पार पाउनको लागि राजनीति सहमति संवाद र एकता आवश्यक भएपनि नेपालको राजनीतिमा प्रति सकेकेण्ड फेरबदल भइरहेकबो छ । पाँच वर्षको लागि स्थायी सरकार चलाउने जिम्मा पाएको नेपाल कम्युनिष्ट पार्टी अंशवण्डा भएर फेरि विभाजित अवस्थामा पुगि सकेपछि गैर बामपन्थी बैशाखीबाट सरकार चलाउने बाध्यता आइपुगेको छ । दशकौ मेहनत र कार्यकर्ताको सम्पर्णबाट बामपनथीले सरकार चलाउन पाएको अवसर आफ्नै कारणले रक्षत्मक अवस्थामा आइपुग्नु चिन्ताको विषय भएको छ । कम्य्निष्टको सरकार पाँच वर्षसम्म टिकेन भने यो सन्देसले नेपालमा मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलनको लागि ठूलो नोक्सानी हुने निश्चित छ । दुई तिहाइको वरिपरिमा बामपन्थीह?को जर्वजस्त उपस्थिति केन्द्र, प्रदेश र स्थानीय तहमा भएपनि यतिवेला केन्द्रि र प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था सृजना भएको छ । कम्युनिष्टह? सैद्यान्तिक बहस धेरै गर्ने तर एकता जोगाएर जनताको समस्या समाधान गर्न नसक्ने खालको टीका टिप्पणी गर्न कम्युनिष्टह? विभाजित भएपछि चिया चर्चादेखि चौतारासम्म दस जना कम्युनिष्ट समर्थकह? भ्ेला भएपछि यहि चिन्ता व्यक्त गरिरहेका छन् । १३६ मा सरकार टिक्नुपर्नेमा ९३ मा सीमित हुनु, आपसी फुटको कारण माधव नेपाल समूहले सदनमा उपस्थित नै नहुने प्रचण्ड बुढानिलकण्ठमा गुहार माग्न जाने यी सब के भइरहेको छ ? समानयज्ञान भएका कार्यकर्ताह?ले पनि प्रश्न उठाइनुको साथै घृणा व्यक्त गरिरहेका छन् ।भर्खरै भारतमा सम्पन्न पश्चिम बंगालमा कम्युनिष्टह? एक सिट जित्न सकेनन जबकि तीन दशक कम्युनिष्टह?को एकक्षत्र शासन चलेको थियो । नेपालमा पनि यस्तै हुने हो कि भने कोणबाट पनि विश्लेषण भइरहेको छ ।

उपेन्द्र–महन्थ मिल्न सक्ने प्रचण्ड–ओली किन नमिल्ने ?

जेठ ४ गते जनता समाजवादी पार्टीमा नयाँ ढङगबाट एकता भएको छ । कुनैपनि दलमा एकता हुनु, अनुशासित बन्नु लोकतन्त्रलाई नै मजबूत बनाउनु हो । विश्वासको मतमा जसमा उपेन्द्र यादव र महन्त ठाकुर–राजेनद्र महतो दुई कित्तामा विभाजित हुँदा यो पार्टी फुट्यो भने सबैलाई लागेको थियो । तर पार्टीभित्रको एकतालाई आपसी समझदारी र सहमतिमा सम्बादको माध्यमबाट मिलाउन जनता समाजवादी पार्टी सफल हुनुले एउटा सन्देस के प्रवाह गरेको छ भने समस्याको समाधान फुटेर होइन जुटेर हुन्छ । यसबाट नेकपा एमाले र माओवादी केन्द्र पाठ सिकेर अघि बढ्न ज?री छ । कम्युनिष्टह?को फुटको फाइदा लिन जसपाले प्रधानमन्त्री पद नै पडकाउने दाउमा लागेको छ । यता काँग्रेसले पनि जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर कम्युनिष्ट सरकारलाई विदाई गर्ने हिसाव कितावमा लागेको छ । नेकपा एमालेको माधव नेपाल समूहसँग आन्तिरक एकता कजबूत बनाउन ओली नेपाल दुबैपक्षबाट पाँच पाँच सदस्यीय कार्यदल बनाएर लागेको छ । एमालेमा आन्तरिक एकता भयो भने १२१ सुरक्षित भयो तर बाँकी १६ सांसद गैर कमयुनिष्टह?सँग हात पसार्नुपर्ने अवस्था आउने छ । यसरी हात पसार्नुभन्दा त नेकपा माओवादीसँग हात मिलाउनु श्रेष्यकर हुनेछ । केपी ओली, प्रण्ड, माधव नेपाल एक मनचित्त बनाएर अघि बढे यस गठबन्धनमा विपलव र डा. बाबुराम भट्टराई समेत सामेल हुने अवस्था बन्नेछ । कम्युनिष्टह? विभाजित हुँदा काँग्रेस र जसपाका नेताह?को मनोवल उच्च हुनु स्वभाविकै हो । ३० दिनपछि संविधानको धारा ४ अनुसार अघि बढ्ने ४ अनुसार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत पाउन सक्नु भएन भने संविधानको धारा ७६ (५) अनुसार फेरि सरकार बनाउन अहवान हुँदा त्यति वेलासम्ममा एमाले माओवादीबीचमा सहमति गर्न कार्यदल बनाएर गृहकार्यमा जुट्नको लागि वातावरण बन्नु आवश्यक छ ।

सबैबाम एक ठाम भन्ने अभियानमा जोड

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी फुट्दा विदेशी शक्तिह?ले पनि एकता गराई दिन माहोल बनाइ दिन्छ तर बाम शक्तिह? एक हुँदा विदेशीह?ले सबै शक्ति लगाएर विभाजित गराउन लागि पर्छन । अहिले सम्मको तीतो र यर्थात अनुभव यहि रहेको छ । नेपालका कम्युनिष्टह? सत्तामा जाँदा टाउको दर्द महसुस गर्ने शक्तिह? कम्युष्टिह? विभाजित भएपछि कति खुसी हुनु स्वभाविकै पनि हो । एमालेमा लाग्ने र माओवादीमा लाग्ने कार्यकर्ता समर्थक सबैको के विषयमा चित्तमन बुझिसकेको छ भने कुनै सैद्यान्तिक विवाद नभएर कुर्सी र पदको लागि पार्टीमा गुटफुटको निर्माण भएर नेकपा फुटेर फेरि नेकपा एमाले र माओवादी केन्द्र बनेको हो । चुनावमा ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा दिएर पाँच वर्ष केपी ओलीकै नेतृतवमा सरकार चल्ने विश्वासका साथ मत दिएका थिए । प्रचण्डले पार्टी चलाउनुपर्ने केपी ओलीले पाँच वर्ष स्थीर सरकार चलाउने मान्यताका आधारमा पार्टी चल्नुपर्दथ्यो । ओली प्रचण्डको एकता भित्रभित्रै माधव नेपाल झलनाथ खनाललाई पाच्य भइरहेको थिएन । उहाँह?ले तीललाई तार बनाएर प्रचण्डलाई हामी दुई जना मिलेर तपाईलाई साथ दिएपछि केपी ओलीसँग के नै बाँकी रहला ? कान भरेर पार्टीमा गुटफुटको नीति अख्तियार गरेपछि नचिताएका सबै घट्नाह? घटे । पार्टी भित्रैबाट पार्टी अध्यक्ष तथा प्रम ओलीलाई सधाराण् सदस्यबाट समेत निकालेर अविश्वासको प्रस्ताव दर्ता गर्नसम्मको तयारी भएपछि प्रम ओललिे संसद विघ्टनको बाटो रोज्नुभयो । तानातानको अवस्थामा दुबै तर्फबाट विवेकको प्रयोग नभएकै हो । आपसी विभाजनले देश र जनता सङकटको सामना गर्नै परेको हो । हुनु जे थियो भइहाल्यो । अब पुराना सबै कुराह? विर्सेर आत्मआलोचना बैठक गरेर सबै शीर्ष नेताह?ले फेरि बाम एकताको लागि पहल थाल्नुपर्ने परिस्थिति र राष्ट्रिय आवश्यक्ता बन्यो । ठेस लागेपछि, क्षति भएपछि सत्य स्वीकार्नुपर्छ । गलती सच्याउनुपर्छ । नेताह?ले कुर्सी र स्वार्थलाई केन्द्रमा राखेर एकताको लागि तयार नभए, एमाले माओवादी केन्द्रका समर्थक नेता कार्यकर्ताह? गाँउ गाँउबाट, ठाँउ ठाँउबाट एकताको लागि अभियान नै चलाउनुपर्छ । पार्टीले एकता राट्रियता समृद्धि र विकासको लागि पहल गर्दा समर्थक सबै तहका नेता कार्यकर्ताह? शीर्ष नेताह?लाई साथ दिन चुक्नु हुँदैन । जब नेता कार्यकर्ता आफ्नो सीमित कुर्सी र पद जोगाउन पार्टीभित्र गुटफुटको नीति लिन्छ भने साथ दिनु हुँदैन, दबाब सृजना गर्नुपर्छ । अहिले एकताको लागि दबाब सृजना गर्न अभियानको खाँचो छ । एकताको बातावरण बनाउनको लागि जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको चुनावमा पार्टीको अधिकारिक उम्मेदबार राम बाहादुर थापा बादललाई जिताउन माधव नेपाल समूह र प्रचण्डले पहल गर्नुपर्छ । डा. खिमलाल देवकोटालाई पछि कुनै उपयुक्त ठाँउमा वयवस्थापन गर्न लाग्नुपर्छ । जव एक सत्तामै विभाजित हुन लागेको जसपा एकता गरेर एकताको सन्देस दिन सक्छ भने एमाले माओवादी किन मिल्न सक्दैन ? मिल्नुपर्छ यहि नै आम जनताको पनि बोली भएको छ ।
‘पार्टीमा उमेरहद नीति लागु गरेर पुस्ता हस्तान्तरणमा जानुपर्छ’
एमाले माओवादी मिलेर नेकपा बन्दा विवादको जड उमेर छिपेका शीर्ष नेताह? नै देखियो । तसर्थ पार्टीमा उमेर हद लाग ुगरेर नेताह? अवकासप्राप्त गर्नुपर्ने मान्यतालाई पनि लागु गरियो भने धेरै समस्याको समाधान निस्किने देखिन्छ । पटक पटक केपी ओली प्रधानमन्त्री भैसक्नुभयो प्रचण्ड पनि प्रधानमन्त्री भैसक्नु भएकै हो । माधव नेपाल झलनाथ खनाल र डा बाबुराम भट्टराई पनि प्रधानमन्त्री पदमा रहेर काम गरि सक्नु भएको छ । पूर्व अध्यक्ष र पूर्व प्रधानमन्त्रीह?को समूहलाई पार्टीको अभिभावक संरक्षकको भूमिकामा रहेर पार्टी र सरकार चलाउने जिम्मा युवा पुस्तालाई हस्तान्तरण गर्ने नीति पद्धतिबाट पनि पार्टीको आन्तरिक समस्या समाधान हुनुको साथै गुटफुटको अवस्था आउने छैन । पार्टीको अध्यक्ष हुनेले सरकारको नेतृत्व नगर्ने सरकारको नेतृतव सम्हाल्नेले पार्टीको नेतृत्वमा लोभ नगर्ने सामुहकि पद्धति,आपसी विश्वास र समझदारीबाट अघि बढने अठोटका साथ अघि बढयो भने नेपालमा कमयुनिष्ट नेतृत्वको सरकार आधा शताब्दीसम्म लगातर चल्नेछ । देशको समृद्धि विकास हुनेछ । सुखी नेपाली समृद्ध नेपाल विश्वको लागि प्रेरणाको श्रोत बन्नेछ । कम्युनिष्टको सफल राजनीतिक प्रयोगशाला नेपाल हुनेछ । नामको लागि एकता होइन, एकताको लागि एकता होइन कम्युनिष्ट व्यवस्था र मुलुकको सवल राष्ट्रियता र एकताको साथै तमाम विभेद अन्तय र न्याय समानताको समाज निर्माण गर्ने उद्येश्यले फेरि सुदृढ बाम एकता आजको आवश्यक्ता बनेको छ ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A