जिवछ उदासी
लहान, प्रधानमन्त्री केपी शर्मा ओलीले कि त वैकल्पिक सरकार बनाउ कि त यहि सरकारलाई समर्थन गर्न सबै संसदमा भएका सबै राजनीति दलहरुसँग आग्रह गर्नु भएको छ ।
काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीको फेसबुक लाइभको आधारमा यो सामाचार तयार गरिएको छ ।
अन्यौलता आराजकता र दिग्भ्रमित गरेर न त लोकतन्त्रको रक्षा हुने न त संविधान नै गतिशील रहने भन्दै कोभिड महामारीको वेलामा सहमति संवाद र एकताकै माध्यमबाट अघि वढ्न यहि दुई वाटा भरपर्दो विकल्प रहँदा रहँदै पनि आज ५ बजेसम्म कुनै विकल्पमा पुग्न नसके मुलुक चुानवमा जानु पर्ने बाध्यता हुने उहाँले प्रष्टयाउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,‘दिनैपिच्छे सरकारको विरोध र घेराबन्दी गरेर कोभिडको सङकट निवारण गर्न समस्या हुनुको साथै संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने आवश्यक्तालाई ध्यानमा राखेर छोटो समयमा सरकार बनाउन सम्मनीय राष्ट्रपतिबाट दिएको समय सीममा सरकार बनाउन कसले रोकेको हो ? विकल्प पनि नदिने, समर्थन पनि नगर्ने गाई जात्राको शैलीमा मुलुक चल्न सक्दैन । तसर्थ दलहरु जिम्मेबार भएर प्रस्तुत हुन आवश्यक छ ।’
पत्रकारहरुले सोधेको जिज्ञासाको जवाफ दिँदै उहाँले थप्नुभयो, फगुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नाम जुधेको कारण पार्टी दर्ता गर्न नमिल्ने र पुरानै अवस्थामा फर्काइ दिएपछि पटक पटक प्रचण्ड र माधव नेपालसँग फोनमा कुरा गरेर भेटौ १५ दिनभित्र नयाँ नाम दर्ता गराएर फेरि मिलेर जाउ भन्दा कुनै वास्ता गर्नु भएन । पार्टी एकता प्रक्रियामा रहेका राम बाहादुर थापा वादल, टोप बाहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह अहिले पनि हामीसँगै छ । राजनीति रुपमा पार्टी फुटेको छैन ।
सर्वोच्च अदालतले संसद पुनः स्र्थापना गरिदिएपछि अढाई महिना सम्म समय हुँदा पनि वैकल्पिक सरकार बनाउन नसक्ने, बैशाख २७ गते विश्वासको मत लिन सदन बोलाएपछि बहुमत कसैको नभएपछि संविधानको धारा ७५(२) अनुसार फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री भएको स्मरण गराउदै प्रधानमन्त्री ओली प्रष्टयाउनुभयो,‘अहिले पनि आफूले विश्वासको मत पाउन नसक्ने अवस्था कायम रहेकोले संविधानको धारा ७६ (५) अनुसार मार्ग प्रशस्त गरिदिएपछि पनि केको टाउको दुखाइ भयो ? कसैले बहुमत ल्याउन नसकेको अवस्थामा चुनावको विक्लप रहँदैन । लोकतन्त्रमा विश्वास गर्ने राजनीति शक्तिहरु चुनावबाट डराउनु हुादैन ।’
हिजो ६ गते नेकपा एमालेका उम्मेदबार उम्मेदबार राम बाहादुर थापा बादललाई अन्र्घात गरेर चुनाव हराउने,२७ गते संसदमा उपस्थित नै नहुने , विपक्ष्ीको दैलो दैलोमा गरए अराजक गतिविधि गर्ने जो सुकै होस् पार्टीले अनुशासनको दायरामा ल्याउन कार्वाही गरी छाड्ने पार्टीका अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री ओलीले दृढता व्यक्त गर्नुभयो ।
कोभिड नियणत्रणका लागि सरकार स्वस्थ्य भएर काम गर्न नसकेको वातावरण आएपछि सरकारले कि ठोस विकल्पका साथ सरकार बनाउ, कि त यहि सरकारलाई सहयोग गरौ, त्यस्तो हुन नसकेपछि चुनावमा देश जाने संकेत गर्दै उहाँले खोप ल्याउन सरकारले भारत, अमेरिका, रुस चीन सबै देशहरुसँग सम्पर्कमा रहेको विश्वास दिलाउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A