एसपी पाण्डे आएपछि प्रहरी सक्रियता बढ्दै सिरहामा

  • जेठ १०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिकाभित्र केहि महिना यता चलेको डकैतीको शृङखलाको कारण लहान नगरको केहि वडामा भय त्रास नै छाएको थियो । आधा दर्जन भन्दा बढी घट्नाहरु घटेपनि संलगन लुटेराहरु समातिन सकेको थिएन । केहि दिन पहिले सिरहा प्रहरी प्रमुख डिएसपी हिरा वाहादुर पाण्डे आएपछि बढाउन थालेको प्रहरी गस्ती र सक्रियतामा इन्द्रदेव ठाकुरको घरमा डकैतीमा संलग्न हुन सक्ने शंकास्पद तीन जना युवालाई पक्राउ गरेको छ । डकैती गर्न आएका सवै २० देखि ३५ वर्ष भित्रकै नवयुवकहरु रहेको ठाकुरले प्रहरीलाई हुलियाबारे जानकारी गराउनु भएको थियो ।


सिरहामा हाजिरी हुने वित्तिकै एसपी पाण्डेले अपराधीहरु पतालमा लुकेपनि खोजेर पक्रिने जिल्लावासीलाई शान्ती सुरक्षाको प्रत्याभूति दिलाउन कुनै कसरत बाँकी नराख्ने समृद्धिपथसँग कुरा गर्दै दृढता व्यक्त गर्नु भएको थियो । जिल्लामा शान्ति सुरक्षा कायम गराउन नसकेको जन गुनसो बढेपछि तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीको सरुवा गरी गृहमन्त्रालयले पाण्डेलाई सिरहा सरुवा गरि पठाएको छ ।


यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपन दाहालले विभिन्न डकैतीका घट्नामा संलग्नहरुलाई समात्न सकिन्न भने म लहान छाडेर जानेछु तर नगरवासीहरुले धैर्य संयमताको साथै सहि सूचना प्रहरीलाई समयमा नै उपलब्ध हुनुपर्ने एक सार्वजानिक कार्यक्रममा भन्नु भएको थियो । उहाँले भनेकै अनुसार सक्रियता देखाउन थाल्नु भएको यतिवेला लहानवासीले महसुस गर्न थालेका छन् ।


गएको बैशाख २८ गते राती दुई बजेतिर लहान–१ इन्द्रदेव ठाकुरको घरमा हतियार सहित आठ जनाको समूहमा आएका लुटेराहरुले जमिन विक्री गरेर घरमै राखेको ६ लाख नगद र सुन चाँदी सहित आठ लाख लुटेर भाग्न सफल भएका थिए ।
घट्नामा संलग्न हुन सक्ने शंकास्पद तीन जनालाई लहान नगरपालिका १ मटियर्वाबाट नियाणत्रणमा लिएको इलाका प्रहरी लहानले जनाएको छ । पक्राउ पर्नेमा २५ वर्षका करण पुर्वे,२२ वर्षिय संजय कुमार पुर्वे,र २४ वर्षका धमेन्द्र पुर्वे रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


जेठ ८ गते इलाका प्रहरी कार्यालय लहानबाट खटेका प्रहरीले करण पुर्वेको घर खनतलासी गर्दा एक कटु्वा पेस्तोल र त्यसमा प्रयोग हुने ७.६२ एमएम ९६ लेखेको गोली समेत बरामद भएको थियो ।


दुई महिनामा लहान–१ स्थित अशोक होटेलवालाको घरमा चोरी , लहान–२ मिलन चोक स्थित सविता किराना पसलमा आठ लखको डकैती, लहान –२३का वडाअध्यक्ष कन्हैया प्रसाद गुप्ताको घरमा भाडामा रहेको सुन चाँदी व्यवसायी प्रदिप विश्वकर्माको हत्या र लाखौ मूल्यका सून चाँदी लिएर भाग्न सफल , लहान–७ स्थित महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजेश शारडाको घरमा दिन दहाडै डकैती भएको थियो ।

 

सिरहा प्रहरी प्रमुख एसपी पाण्डे २०७४ सालमा इलाका प्रहरी कार्यालय लहानमा डिएसपी भएर काम गरिसक्नु भएकोले उहाँलाई जिल्लाबारे राम्रो अध्ययन रहेको धेरैले बताएका छन् ।

 

 



लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A