व्यवस्थापन समिति सक्रिय भएपछि विद्यालयको विकासले लियो गति पानोदेवी महतोको स्मृतिमा विद्यालयलाई समर्सियल बोरिङग

  • जेठ १३, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,जेठ १३ गते । लहान नगरपालिका –३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राम नारायण मेहता चयन भएपछि त्यस विद्यालयको भौतिक विकासले गति लिन थालेको छ । भौतिक विकासको लागि अध्यक्ष मेहताले लहान नगरपालिका र विद्यालयलाई सहयोग गर्न सक्ने समाजसेवी दाताहरुलाई आकर्षित गराउन पहल थाल्नु भएको हो ।


लहान–३ का स्थानीय तथा भूतपूर्व त्यस वडाका वडाधयक्ष बद्रीलाल महतोको पुत्र चन्द्र नारायण कुशवाहाले आमा पानो देवी महतोको स्मृति दिवसको अवसरमा खानेपानीको लागि समर्सियल बोरिङग जडान गर्न एक लाख साठी हजारको चेक विहिबार एक औपचारिक कार्यक्रमकोबीच हस्तान्तरण गर्नु भएको छ ।विहिबारदेखि नै बोरिङग गाड्ने कार्य पनि सुरु भैसकेको छ ।

raghunarhpur school news.photo 2
विद्यालयलयको विकासमा ठूलो योगदान पुरयाउनु भएको पूर्व विद्यालय व्वयस्थापन समितिका अध्यक्ष तथा स्थानीय समाजसेवी फूलेश्वर महतोले विद्यालयको भौतिक र शैक्षिक विकासमा वर्तमान विद्यालय व्यवस्थापन समितिले समेत गतिलो काम गर्ने संकेत देखा परिसेकेको भन्दै यस विद्यालयलाई नमूना विद्यालय बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने तर्क गर्नुभयो ।


२०५३ सालमा प्राथमिक विद्यालयबाट माध्यमिक विद्यालय बनाउन लक्षमण मेहता, ललिता मेहता र रामदेव महतोले दाता बनेपछि विद्यालयको स्तरोन्नति भएको थियो । २५ वर्षमा हजारौ विधार्थी उत्पादन गरेर लहान नगरपालिकमा मात्रै होइन, सिरहा जिल्लामै गुणस्तरीय पढाई हुने सामुदायिक विद्यालयमा गाणना हुँदै आइरहेको छ । विद्यालयमा १२ सय विधार्थी संख्या भएपनि २२ जना शिक्षकहरुबाट अध्यापन कार्य भइरहेको,विद्यालयको प्रङगनमा रहेको मुनेश्वर महतोले घर हटाउन नमानेको र आफनो खेल मैदान नरहेको समस्या समाधानको लागि व्यस्थापन समितिले कार्य गर्नुपर्ने स्थानीय अभिभावकहरुले सुझाउनुभयो ।

raghunarhpur school news.photo 3
विद्यालयका प्रधानाध्यापक शिब शङकर महतोले एक वर्ष अगाडि रोटर क्लव काठमाण्डौले शुद्ध खानेपानीको लागि धारा मेशिन सहित विस लाखको परियोजनामा गरिदिएको खानेपानीको लागि प्रर्याप्त पानीको लागि समर्सिय बोरिङगको आवश्यक्ता थियो जुन आवश्यक्ता व्यवस्थापन समितिको पहलमा पुरा भएको बताउनुभयो ।

raghunarhpur school news.photo 4
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताले आफू दाता परिवारबाट यस विद्यालयको अध्यक्ष पदमा चयन भएपछि यस विद्यालयको भौतिक र शैक्षिक प्रगति समान्तर रुपमा अघि बढाएर लहानकने मात्रै होइन, प्रदेशकै नमूना विद्यालय बनाउने उद्येश्यले काम गर्न आएको बताँउदै खानेपानीको लागि आफ्नो आमाको स्मृति दिवसको अवसरमा समर्सिय बोरिङग जडान गर्न सहयोग गर्ने चन्द्र नारायण महतोलाई धनयवाद दिनुभयो ।

 

 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A