गणतन्त्रको उपलब्धि सामाजिक न्याय र समृद्धि : नगरप्रमुख साह

  • जेठ १५, २०७८
  • समृद्धिपथ
alt


नेपाल अधिराज्यमै सबैभन्दा बढी वडा भएको लहान नगरपालिका,‘हाम्रो लहान समृद्ध लहान’ मूल नाराका साथ अघि बढन सहमति सहकार्य र एकताको आधारमा अघि बढाउन लागि पर्नु भएको लहान नगरप्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गणतन्त्र दिवसको अवसरमा गरेको छोटो कुराकानीको अंश :

 आज गणतन्त्र दिवसको अवसरमा लहान नगरपालिकाको प्रमुखको हैसियतले नगरवासीहरुमा के सन्देस प्रवाह गर्न चाहन्हुन्छ ?


– अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो । गणतन्त्रको संस्थागत विकासको लागि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सामाजिक न्याय सहितको विकास गरेर न्याय र समानता स्थापित गर्न तीनै तहको सरकारले इमानदारी प्रवेश गर्नुपर्छ । तर जनताको सबैभन्दा नजिकको घर आँगनको सरकार स्थानीय सरकारले जन चाहना अनुसार काम गर्न अघि बढौ र यस्तो माहोल बनाउन गणतन्त्र ल्याउन शक्तिहरु समझदारी संवाद र सहमित गरेर अघि बढ्नुको विकल्प छैन ।

 

 चुनावको बेला नगरवासीसँग गर्नु भएको प्रतिवद्धतामध्ये कति पुरा गर्नु भएको हो ?

–चुनावको वेला गरेको ९० प्रतिशत प्रतिवद्धताहरु पुरा हुनै लागेको छ । १० प्रतिशत पुरा गर्न संघीय र प्रदेश सरकारबाट पुरा गराउन प्रयासरत रहेपनि सफल हुन नसकेपनि त्यसको लागि प्रयास अझैपनि जारी रहेको छ । जे गर्न सक्तिन, त्यो प्रतिवद्धता गर्दिन गरेको प्रतिवद्धता पुरा गर्न पछि नपर्ने गरी अझैपनि लागि परेका छौ ।


१० प्रतिशत काम के के बाँकी रहयो ? त्यो पनि प्रष्ट गरी दिनुस न ?


–दस प्रतिशतमा लहान–१७ नम्बर वडामा हावाई मैदान र चिडियाखानाको कार्यक्रम सफल हुन सकेन । तर यसको लागि प्रयास भने छाडेको छैन ।
ड्ड लहान नगरपालिकाको ग्रामीण र शहरी विकासको सन्तुलन कसरी अघि बढाइ रहनु भएको छ ?


–लहान नगरपालिकाको भौगोलिक बनौट उत्तरमा चुरे र दक्षिणमा समतल भूमि रहेको यस नगरपालिकामा शहरी र ग्रामीण भेगको विकासलाई ध्यानमा राखेर सन्तुलित रुपमा सडक, कृषि , शिक्षा, स्वास्थ्य र सीप मूलक कार्यक्रमलाई ध्यानमा राखेर विकासको कार्यलाई सन्तुलित रुपमा अघि बढाएका छौ ।


 विकास निर्माणको कार्यमा र शिक्षा सम्बन्धी योजना अघि बढाँउदा आदालतमा निकै मुद्दा दर्ता हुँदा कतिको जोखिमता महसुस गर्नुभयो ?


–यो पनि अत्यन्तै सामयिक प्रश्न गर्नुभयो । ४० भन्दा बढी मुद्दाहरु आदालतमा पुगेको छ । मुद्दा झेल्दै विकासको कार्यहरु कति चुनौतीपूर्ण होला मननीय विषय हो । जबकि सहमति सहकार्य र एकताको माध्यमबाट अघि बढाउनुपर्ने नीति लहान नगरपालिकाले अघि बढाँउदा पनि मुद्दा खेप्नु परेको छ । जहाँसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता कायम गर्ने विभिन्न आयामहरु मध्ये शिक्षक सरुवालाई सहज रुपमा लिएर सहयोग गर्नुपर्नेमा आदालत पुगेर नगरपालिकाले लिएको शैक्षिक लक्ष्य हासिल गर्न समस्या भएकै हो । अझैपनि सामुदायिक विद्यालयका शिक्षकहरुलाई सरुवाबाट नतर्सिन र नगरपालिकालाई सहयोग गर्न आग्रह गर्दछु ।


 गौरव गर्ने विकासका कामहरु यसो बताइ दिनुस न ?


–ग्रामीण भेगमा ३० किलोसमटर कृषि सडक, १७ किलोमिटर पीच सडक निर्माण, खुटी नहर निर्माण कार्य भइरहेको , घण्टाघर सञ्चालन हुनै लागेको, कृषिमा आधुनिकीकरण गर्न सिंचाईको लागि बोरिङग ,विउ विजनमा अनुदान , प्राविधिक ज्ञान, तालिम, आँप कटहरको विरुवामा अनुदान, घुम्ती प्लान्ट शिबिर,पशु शिविर, खानेपानीको समस्या समाधानको लागि वाटरएडको सहयोगमा शुद्ध खानेपानी, हाते कल,एकिकृत बस्ती निर्माण कार्य अघि बढेको,लहान –१ के तरकारी बजारमा सलहेस दीनाभद्री कम्पलेक्स भवन निर्माण हुँदै , लहान –१ मै बस पार्क सञ्चालन, नगरविकासको समस्या समाधानतर्फ कार्य हुँदै रहेका छन् ।

 

 कोभिड –१९ को लागि लहान नगरपालिकाबाट भइरहेको कामबारे प्रष्टयाइ दिनुस न ?


–वैश्विक महामारीको यस घडीमा लहान नगरपालिकाले लहान–७ स्थित रहेको पशुपति आदर्श माध्यमिक विद्यालयमा २५ सैयाको सेवा सुविधा सम्पन्न आइसोलेन केन्द्र , आइसोलेसन केन्द्रमा एक जना एमबिबिएस सात जना स्टाफ नर्स सहित ११ जनाको चिकित्सक सेवा र नियमित पिसिआर गर्ने कार्यलाई नियमित गर्ने र २५ शैयाको लागि अक्सिजन सिलिण्डरको समेत व्यवस्था गरिएको छ । आवश्यक्ता अनुसार गर्नुपर्ने कुनै सेवा सुविधा दिन नगरपालिक पछि पर्ने छैन ।


 कतिपय वडामा अहिलेपनि हिलो र धुलोको समस्या सामना गरिरहेको नगरवासीहरुको समस्या सामाधानको लागि के सोच्नु भएको छ ?


–हो, यो समस्या अझैपनि रहेको छ । दिनहुँ यस्तो समस्या लिएर आइरहेकोले हिलो र धुलोमुक्त गराउन नगरपालिकाले योजना बनाइ सकेको छ तर कोभिड र वर्षा दुबैको कारण यतिवेला समस्या देखियो तर त्यस्ता समस्याहरु समाधान गर्न लागि परेका छौ ।


 कोभिडबाट जोगिन नगरवासीहरुसँग के भन्न चाहनुहुन्छ ?


–यतिवेला कोरोना सङक्रमणबाट जोगिन जारी स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर घर बाहिर अनावश्यक रुपमा भीडभाड , भोजभतेर जस्ता कार्यहरु नगरी सङक्रमण लागेको कुनै लक्षण देखा परेमा लहान नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी पिसिआर परीक्षण र आसोलेसनमा बसेर सेवा लिन समेत आग्रह गर्दैछौ ।

 

 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A