नागरिकताको समस्या समाधानको लागि अध्यादेश ल्याउदा गौरव महसुस भएको छ : कानुन मन्त्री श्रेष्ठ

  • जेठ १७, २०७८
  • समृद्धिपथ
alt


सिरहा–३ बाट निर्वाचित जनमनको नेता बन्न सफल शालिन व्यक्तित्व सबैसँग मीठो शैलीमा कुरा गरेर धैर्यतापूर्वक समस्या सुन्ने र समस्या समाधानको लागि इमानदार प्रयास गर्न पछि नपर्ने नेकपा एमाले प्रदेश २ का सह–इन्चार्ज समेत रहनु भएको वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ मधेशी जनताको दुख सुखमा साथ मात्रै दिनुहुन्न राजनीतिक अधिकार दिलाउन समेत आवाज बुलन्द गरेर मधेशी जनताको प्यारो नेताको रुपमा पहिचान बनाउनु भएको मन्त्री श्रेष्ठसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गरेको कुराकानीको अंशः


 अध्यादेश मार्फत देश चलाउन थालियो । यसले लोकतन्त्र कमजोर भइरहेको विपक्षी दलहरुले लगाई रहेको आरोप छ नि ? कानुन मन्त्रीको हैसियतले के भन्नुहुन्छ ?


–लोकतन्त्रको लागि प्रधानमन्त्री केपी ओली १४ वर्ष जेल जीवन बिताएर कठोर संघर्ष गरेर आउनु भएकोले उहाँबाट लोकतन्त्रको रक्षा हुन्छ, कमजोर हुने कुरै नगरौ । लोकतन्त्रमा विरोधी दलहरुले खबरदारी गर्ने काम गर्छन, त्यो पनि ठीकै हो । जहाँसम्म कानुन मन्त्रीको हैसितले आवश्यक्ताको आधारमा अध्यादेश ल्याउन बाध्यता परेकोले ल्याउनु परेको हो । सहमति गरेर आएको भए झनै राम्रो हु्न्थ्यो तर एक दल अर्को दलसँग नबस्ने अवस्था रहेकोले अध्यादेश ल्याउनु परेको हो ।


 नागरिकता विधेयक सम्बन्धी अध्यादेश सत्ता सौदाबाजी गर्नको लागि आएको भने विपक्षीहरुको मात्रै होइन, नागरिक अगुवाहरुको समेत आरोप छ नि मन्त्री ज्यू ?


–नागरिकता सम्बन्धी समस्यालाई तराई मधेशसँग जोडेर मात्रै हेर्नु हुँदैन । यो समग्र तराई मधेश पहाड हिमाल सबै ठाँउको साझा समस्याको रुपमा रहेको छ । नागरिकताको लागि ३५ हजार मुद्दा परेको छ । सरकार निर्माण भएदेखि नै सरकारले सबै समस्याहरुको क्रमशः समाधानको लागि अग्रसर भएपनि अनुकूल वातावरण बनि रहेको थिएन । आवश्यक्ता र औचितयताको आधारमा यो विधेयक अध्यादेश मार्फत ल्याउनु परेको हो । नागरिकताको पीडा मलाई पनि थाहा छ । किनकि म पनि तराई मधेशकै भूमि प्रदेश २ सिरहाबाट प्रतिनिधित्व गरेको छु । नागरिकताको आभावमा भोगेको पीडा कहिले समाधान गर्ने लागेको थियो । म आफै मन्त्री भएको वेला विधेयक आँउदा गौरव महसुस भएको छ । सत्ता सौदाबाजीको आरोप निराधार रहेको छ । नागरिकता विधेयक सम्बन्धी अध्यादेश आँउदा दिपावली गरेर जनताले स्वागत गरेको छ ।


 जन्मसिद्ध नागरिकको सन्तानले बंशजको नागरिकता प्राप्त गरेपछि नेपाल फिजिकरण हुने भने भनिदैछ । यसबारे के भन्नुहुनछ ?


–आफूले गर्न नसक्ने काम अरुको पालामा भयो भने खुलेर मुक्तकण्ठाले प्रशंसा गर्न नसकेपनि मौन रुपमा समर्थन गर्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुने संसकार नेपाली राजनीनितिमा नदेखिनु चिन्ताको विषय हो । नागरिकता समस्या समाधान भएपछि राष्ट्रियता मजवूत हुने र लाखौ नेपालीहरुले विभेद र मानसिक पीडाबाट मुक्त भएका छन् । यसले न फिजिकरण न सिक्किमीकरण बरु सवलीकरण र एकिकरण भएको छ ।


 अहिलेको सरकार असंवैधानिक रुपमा गठन भएको ठहर गरेर सर्वोच्च आदालतमा मुद्दा परेको छ । तपाई कानुन मन्त्रीको हैसितमा हुनुहुन्छ । प्रष्ट गरि दिनुस न ?

–अहिलेको सरकार संविधानको धारा उपधारामा टेकेर गठन भएको छ । नेपाली काँग्रेसको सभापति शेर बाहादुर देउवाले किर्ते गरेर पुरयाएको १४९ मा विश्वसनीय आधार नदेखिएकोले सम्मानीय राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्री परिषदको सफिारिसमा संविधानको धारा ७६ (७) अनुसार संसद विघट्न गरी चुनावको घोषणा गरिएको हो । यसमा कहाँ असंवैधानिक भयो ? विरोधको लागि विरोध गरेर हुँदैन । लोकतान्त्रिक शक्तिहरु चुनावबाट डराउनु हुँदैन । जनताको आदालतमा हुने फैसलालाई सहज रुपमा स्वीकार्नुपर्छ । चुनावबाट भाग्नु नै अलोकतान्त्रिक र प्रतिगामी कदम हो । के हाम्रा नेताहरुले बुझनु भएको छैन ? चुनावमा जान सबै तयार भएपनि आफ्नो नेतृत्वमा चुनाव गराउन यत्रो सडक नाटक रचेको मात्रै हो । माधव नेपालको हस्ताक्षर कसरी विश्वासिलो आधार हुन्छ ? के संसदीय व्यवस्थालाई शीरोधार्य गर्ने दलहरुलाई संसलीय मर्यादा र परम्परा मिचेर जानु कतिको न्यायिक हो ।


 कोभिड महामारीको यत्रो त्रासको घडीमा चुनाव कसरी संभव होला ? तेस्रो लहर आउनै बाँकी नै छ ।


–कोभिड वैश्वमहामारीको रुपमा रहेको छ । यस परिस्थितिमा चुनाव जोखिम भएपनि यस जोखिमबाट मुक्ति दिलाउन सरकार बजेट मार्फत नै कोभिड नियणत्रणको लागि बजेट विनियोजन गरेर चुनावको माहोल बनाउन सरकार तयारीमा लागेको छ । चुनावको लागि राजनीतिक दलहरु तयार हुनुको विकल्प छैन ।


 तपाई प्रदेश २ को सह–इन्चार्ज पनि हुनुहुनछ ? नेकपा एमाले आउने चुनावमा बहुमत प्राप्त गर्न सक्ने आधार कमजोर देखिएको छ नि ?


–लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरुले चुनावबाट आउने परिणालाई सहज रुपमा स्वीकार गर्नुपर्छ । जहाँसम्म नेकपा एमालेको अवस्था के हुने भने विषय छ ? यसबारे म दृढतापूर्वक भन्न चाहन्छु– नेकपा एमालेको पक्षमा जन लहर झनै बढेको छ । हिमाल पहाड तराई चौतर्फी यो लहर छ । प्रम केपी ओलीको नेतेत्वको सरकारले राष्ट्रियता र समृद्धिको पक्षमा काम गरिरहँदा माधव नेपाल र प्रचण्ड समूहले सृजना गरेको अवरोधले बाध्य भएर चुनावमा आउनु परेको तथ्य प्रष्ट हुँदै गएकोले नेकपा एमालेको अवस्था झनै मजबूत भएको छ ।

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A