२५ औं क्युपेक स्थापना दिवसको अवसरमा वृक्षारोपण क्युपेकमा आवद्ध मजदूरहरुको स्वास्थ्य वीमा नगरपालिकाले गरि दिने नगरप्रमुख साहको घोषणा

  • जेठ १८, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी

 । कोभिड –१९नियणत्रणको लागि जनहितमा जारी सार्वजानिक सूचनालाई ध्यानमा राखी नेपाल बिजुली, पेन्टर, एलम्बर तथा निर्माण मजदुरको साझा युनियन (क्युपेक) को २५ औ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी लहान–४ मा निर्मित खुटी खोला किनारको सडकमा बृक्षा रोपण गरेका छन् ।


बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान, सुन्दर लहान’को पवित्र र जनहितमा केन्द्रित नारालाई कार्यान्वयन गर्न मजदुरहरुको समस्या समाधान गर्न नगर सरकार तयार रहेको विश्वास दिलााउदै क्युपेकमा आवद्ध ५१२ मजदूरहरुको स्वास्थ्य वीमामा नगरपालिकाले नै गरिदिने घोषणा गर्नुभयो ।


यतिवेला कोरोना महामारीको समयमा मजदुरहरुले भोगेको पीडा र तत्कालिन समस्यालाई समेत समाधान गरी दीर्घकालिन रुपमा आइपर्ने स्वास्थ्य समस्याको समाधान गर्नको लागि स्वास्थ्य वीमा प्रति मजदुर लाग्ने ३५ सय रकम लहान नगरपालिकाले तिरीदिने नगरप्रमुख साहले घोषणा गर्दै लहान नगरपालिका गरीव दलित र मजदुरहरुको परिचय पत्र वितरण गरी अन्य सेवा सुविधाको लागि समेत समाधानको लागि गृहकार्य गरीरहेको बताउनुभयो ।

majdoorlai nishulk bima garidine news.photo 2
लहान–४ को विकासपछि पर्नुको कारणहरु धेरै भएपनि सबै कारणहरुलाई विर्सेर यस वर्षको बजेटबाट मुखय सडक कालोपत्र हुने गरी पुनः निर्माण गर्ने भन्दै मुख्य सडक आफू २०५४ सालमा नगरप्रमुख भएको वेला निर्माण गरेको स्मरण गराउनुभयो । लहान–४ र २३ मा खुटी बलाननले पुरयाएको क्षतिप्रति लहान नगरपालिका सचेत रहेको विश्वास दिलाँउदै नगरप्रमुख साहले भन्नुभयो,‘यस वर्ष खुटीको क्रेटिङग गरेर बस्ती जोगाउनुको साथै सडक निर्माण गरेर वैकल्पिक सडक निर्माण हुँदैछ । यो सडक पनि हेर्न लायकको हुनेछ । सडकको दुबै किनारामा वृक्षा रोपण गरेर स्वच्छ वातावरण मैत्री हुने उद्येश्यले वृक्षा रोपणको सुरुवात क्युपेकबाट भएकोमा ध्न्यवाद छ ।’

स्थानीयहरुले लहान–४ का जनताले विकास खोजेको भन्दै विवाद गर्नेहरुको पछि कोहि पनि नलाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले सामुहिक रुपमा प्रतिवद्धता गर्दै हामी स्थानीय जनप्रेमी विकासप्रेमी नगरप्रमुखखको साथमा रहेको धारणा समेत राख्नु भएको थियो ।


लहान नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने घोषणाले आफूहरु निकै खुसी भएको मजदुर नेता तथा लहान –९ का वडाध्यक्ष प्रदिप कुमार चौधरी, जिल्ला अध्यक्ष रामदेव साहले धन्यवाद ज्ञापन गर्नुभयो । लहान–४ खुटी किनारमा रहेको बस्ती संरक्षण गर्नको लागि नगरपालिकाबाट क्रेटिङग सहित निर्माण हुन लागेको सडकको दुबै किनारमा अशोकका विरुवा रोपेर यस क्षेत्रलाई हरियाली बनाउने दृढता सहभागीहरुले व्यक्त गरेका थिए ।

majdoorlai nishulk bima garidine news.photo 3

मजदुर नेताहरुले मजदुरहरुलाई सुरक्षा र सहुलियत दिन लहान नगरपालिकाले गरिरहेको कार्य अघि बढाएर सम्मानित जीवन यापन र सुरक्ष्ति रोजगारीको लागि हाम्रो माग पुरा गरिदिन ध्यान आकर्षण गराउनु भएको थियो । क्युपेक सिरहाका अध्यक्ष रामदेव साह रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लालबाबु कामैतले गर्नु भएको थियो भने स्वागत मजदूर नेतृ प्रमिला रामले गर्नु भएको थियो । वृक्षरोपणको सुरुवात तथा सार्वजानिक योजनाहरुको कार्यान्यनको लागि स्थानीय पुरोहित तथा शिक्षक अलखनारायण मिश्रले शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

 



अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A