मापदण्ड विपरित कोभिशिल्ड खोप लगाउदा

  • जेठ १९, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिका स्वास्थ्य शाखाले मंगलबार दोस्रो चरणको खोप कार्यक्रममा व्यापक अनियमितता भएको रहस्य खुलेपछि लहान नगरपालिका कोरोना राहत कोष व्यवस्थापन समितिको बैठकले अनियमितता गर्ने स्वास्थ्य शाखा प्रमुखलाई जिम्मेबारीबाट हटाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।


जेठ १८ गते लहान नगरपालिका स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयको निर्देशनमा लहान नगर प्रहरीको कार्यालय लहान–७ मा दुई सय कोभिशिल्ड खोप लहान नगरपालिकाको स्वास्थ्यकर्मी,सरसफाईकर्मी,महिला स्वयम सेविका र सुरक्षकर्मीलाई दिएपछि फेरि फ्रन्ट लाइनमा कार्य गर्नेहरुलाई दिनुपर्नेमा मापदण्ड विपरत व्यापारी,शिक्षक र अन्य नजिकका नातेदारहरुलाई वितरण गरेकोमा व्यापक विरोध भएपछि लहान नगरपालिका राहत कोष व्यवस्थापन समितिले यस्तो कारवाही गरेको लहान नगरपालिका प्रवक्ता राज कुमार साहले जानकारी दिनुभयो ।


मापदण्ड तोकिएका फ्रन्ट लाइनका व्यक्तिहरुलाई खोप दिएपछि उब्रेको प्रति खोप ६ हजारको दरले व्यापारी र अन्य व्यक्तिहरुलाई दिएको व्यापक विरोध भएपछि आफूहरुको ध्यान आकर्षित भई स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवलाई जिम्मेबारीबाट हटाई थप कारवाहीको लागि निर्णय भएको प्रवक्ता साहले प्रष्टयाउनुभयो ।


यता स्वास्थ्य प्रमुख यादवले स्वास्थ्यकर्मीहरुले खोप लिइनेहरुको विवरण तयारी गर्न व्यवस्त रहेको वेला लहान नगर प्रहरीले प्रवेशद्वारबाट छिर्न दिएकाहरुलाई मात्रै खोप दिएकोले प्रहरीले के गरयो आफूहरुलाई थाहा नभएको भन्दै यसमा स्वास्थ्यकर्मीहरुको कुनै गल्ती नरहेको बताउनुभयो ।


१९ गते बुधबार १० बजे दोस्रो डोजको खोप लिन गएको समयमा खोप लिन कार्ड सहित पुगेका शिक्षक, अन्य कर्मचारीहरुलाई खोप हिजै सकियो । अब यहाबाट होइन, जिल्ला प्रहरी कार्यालयमा खोप दिने भन्दै प्रहरीहरुले फर्काएको थियो ।

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A