‘विष्णुलाल वाइवाको अभाव सिरहाको बाम आन्दोलनमा सधैँ खडकि रहने छ’

  • जेठ २१, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी


सिरहा जिल्लाका कम्युनिष्ट आन्दोलनका धरोहरको रुपमा रहनु भएको ७८ वर्षिय पूर्व सांसद विष्णुलाल वाइवाको कोरोना सङक्रमणले उपचारको क्रममा निधन भएको छ । उपचारको क्रममा झापा दमक स्थित आम्दा अस्पतालमा विहिबार साँझ ७ बजेतिर निधन हुनु भएको वाइवा मधुमेह र उच्च रक्तचाप विरामी समेत हुनुहुन्थ्यो । उहाँको अभाव सिरहा जिल्लाको बाम आन्दोलनमा सधैं खडकिरहने बामदलका नेताहरुले उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्दै यस्तो बताउनु भएका छन् ।


सिरहा कर्जन्हा नगरपालिका ५ बडहरामालका वाइवा २०४८ सालको निर्वाचनमा सिरहा–५ बाट संयुक्त जनमोर्चाबाट उम्मेदबार भई निर्वाचित हुनु भएको थियो । सदा जीवन उच्च बिचार कम्युनिष्ट जीवन शैलीलाई व्यवहारमै उतार्ने किसान नेता जय गोविन्द साहको शिष्य रहनु भएको वाइवा २०७० सालदेखि नेकपा माओवादीमा आवद्ध हुनुहुन्थ्यो ।


कम्युनिष्टहरुको गढको रुपमा चिनिएको सिरहाको तत्कालिन–५ नम्वर क्षेत्रबाट निर्वातिच वाइवालाई जय गोविन्द साहको असली शिष्यको रुपमा छवि बनाउनु भएको थियो । वाइवाले सत्य तथ्य कम्युनिष्ट शैली आचरण र क्रन्तिकारी छवि बनाउनु भएकोले कम्युनिष्ट समर्थक नेता कार्यकर्ताहरुको अभिभावक नेता र न्यायको लागि अडिग नेता रहनु भएको नेकपा माओवादी केन्द्रका केता तथा पूर्व कानून मन्त्री अजय शंकर नायकले भन्दै उहाँको निधनले एक अभिभावक नेता गुमाएको भन्नुभयो ।


कमला नदीको वरिपरि सिरहाका विष्णुलाल वाइवा धनुषाका सुर्यनाथ रान यादव, राम वृक्ष यादवको निधनले त्यस भेगमा एकपछि अर्को गरी गुमाएका बाम आन्दोलनको अगुवा नेताहरुको क्रान्तिकारी छवि र योगदानको कदर गर्दै उहाँहरुले देखाएको बाटोमा अघि बढेर गरीव किसान मजदुर वर्गको हीतमा काम गर्नु नै सच्चा श्रद्धाञ्जली हुने कर्जन्हा नगरपालिकाको उपप्रमुख तथा माओवादी नेत्रृ ज्ञानु श्रेष्ठले आफ्नो धारणा व्यक्त गर्नुभयो ।


राष्ट्रिय युवा संघ सिरहाका अध्यक्ष इन्द्रेश राउत भन्नुहुन्छ, ‘बामपन्थीहरुको साझा नेता हुनुहुन्थ्यो काका विष्णुलाल वाइवा । हामी संकटको वेला उहाँसँग सहि सल्लाह लिन जान्थ्यौ । उहाँले सहि सत्य र न्याय स्थापना गर्नको लागि कम्युनिष्ट भएकाले कम्युनिष्ट चरित्र कहिलेपनि त्याग्नु हुँदैन भने जहिलेपनि मार्ग देखाउनु हुने काका वाइवाको कमी जहिलेपनि खडकिरहने छ ।’


उहाँको निधनले जनताका दुख सुखमा सधै खरो उत्रिने एक क्रन्तिकारी नेता गुमाएको भन्दै नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्डले एक शोक वक्तव्य मार्फत विषणुलाल वाइवाको निधनले सिरहा जिल्लाको एक शक्तिशाली शम्बा ढलेको भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।


सदस्य विश्वनाथ साह, नेकपा एमाले प्रदेश २ का सह इन्चार्ज तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ लगायत कम्युनिष्ट पार्टीका नेताहरु उहाँको निधनप्रति शोक व्यक्त गर्दै कम्युनिष्ट आन्दोलनको साझा अभिभावक गुमाएको बताउनुभयो । शुक्रबार नै उहाँको पार्थिव शरीरलाई कमला नदीमा पार्टीको झण्डा ओढाएर अन्तिम दाह संस्कार गरिएको कर्जन्हा नगरपालिकाका नगरप्रमुख गंगा पासवानले जानकारी दिनुभयो ।

 

 




मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A