मिथिलाका महिला धार्मिक एवम् सांस्कृतिक वटसावित्री पर्व मनाए

  • जेठ २७, २०७८
  • समृद्धिपथ
alt

लहान । पतिको दीर्घायु र मंगल कामना गर्दै विहिबार मिथिलाका महिला धार्मिक एवम् सांस्कृतिक वटसावित्री पर्व मनाएका छन् ।

सिरहाको लहान स्थित शिव मन्दिर परिसर, नयाँ बजार, पशुपति आदर्श माध्यमिक विद्यालय अगाडी रहेका वरको रुखलगायतका विभिन्न ठाउँका वरको रुखमुनि बिहानैदेखि पर्व मनाउने महिलाको घुइँचो लागेको छ ।

वर्षारम्भको समयमा मनाइने भएकाले यस पर्वलाई ‘बरसाइत पर्व’ पनि भन्ने गरिन्छ । यस पर्वको अवसरमा विवाहिताहरुले नुहाइधुवाई गरी नयाँ वस्त्र धारण गरेर धामिर्क विधिपूर्वक वरको रुख अर्थात् वटवृक्षको पूजा गर्छन् । यस अवसरमा बाँसको नयाँ पङखा, चना, चामल र मिठाई अनिवार्य रुपमा चढाउने गरिन्छ ।

ब्रह्मा, विष्णु र महेशका साथै नागनागिनको बासस्थानको रुपमा मानिएको यस वरको पूजा गरेमा पति दीर्घायु हुने र विधवा हुन नपर्ने जनविश्वास रहिआएको छ ।

पूजा सम्पन्न गरेर त्यस दिन अनिवार्य रुपमा एकछिनकै लागि भएपनि महिलाले आ–आफ्ना पतिलाई ती बाँसको पङखा हल्लाई गर्मीबाट राहत दिने गर्दछन् । यस पर्वमा खासगरी पहिलोपटक यो पर्व मनाउने क्रममा माइतमा बसेकी नवविवाहितका लागि ससुरालीबाट पर्व मनाउन माटाको कलात्मक नागनागिन, पूजाका सामग्री, नयाँ वस्त्र र कोसेली पठाइने गरिन्छ ।

मैथिल ब्राह्मण, कायस्थ, स्वर्णकार, राजपुतलगायतका जातिका नवविवाहितहरुलाई यसरी ससुरालीबाट पूजाका सामग्री पठाउने चलन रहिआएको लहान ९ का व्रतालु लक्ष्मी साहले बताईन ।

स्कन्धपुराणमा वर्णन गरिए अनुसार सती सावित्रीले आफ्ना पति सत्यवान्लाई जङगलमा सर्पले डस्दा प्राणहरण गर्न आएका यमराजसंग आफ्नो बुद्धिविवेक र पतिव्रता धर्मले प्रशन्न पारेपछि मृत्युवरण गरिसकेका पतिको जीवन फिर्ता भएको र सन्तान प्राप्तिको समेत यमराजबाट वरदान पाएकी थिइन् ।

196345308_1464062320605953_4287640255887945664_n

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A