समृद्धिपथ समाचारदाता
लहान, जेठ २९ गते । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको राष्ट्रिय युवा संघको वडास्तरीय कमिटि लहान–९ मा सन्तोष मण्डलको अध्यक्षतामा कमिटि गठन गरेको छ ।
नेकपा स्थानीय अगुवा कार्यकर्ता मो नियामुदिनको अगुवाइमा युवा संघ लहान–५ का अध्यक्ष मो इस्राइल सिद्दिकी र मुस्लिम इतिहाद संगठनका केन्द्रिय सचिवालय सदस्य तथा नेकपाको युवा नेता मो रियासत लिमी र वडा नम्बर–९ का वडाध्यक्ष प्रदिप कुमार चौधरीको सहयोगमा शनिबार ११ सदस्यीय वडा स्तरीय कमिटि गठन गरेको हो । यस अघि लहान–५ मा मो इसराइल सिद्दिकीको नेतृत्वमा १५ सदस्यीय युवा संगठनको वडा कमिटि गठन गरिएको थियो ।
गठित कमिटिको उपाध्यक्षमा श्रवण चौधरी, सचिवमा राजेश साह, कोषध्यक्षमा आनन्द साह र सदस्यहरुमा प्रमोद यादव, श्री देव कामैत चयन भएका छन् बाँकी सदस्यहरु मनोनित गर्ने अध्यक्ष मण्डलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमाले पार्टीलाई मजबूत बनाउन राष्ट्रियता समृद्धि र विकासको अभियानलाई अघि बढाउनु भएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको साथमा युवाहरु रहेको सन्देस दिन लहान नगरपालिकाको २४ वटै वडाहरुमा युवा संगठनको गठन गरी पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार ढाल्ने गुटफुट गर्ने शक्तिहरुलाई निस्तेज गर्न भ्रम चिर्न र पार्टीमा उर्जा भर्न क्रियाशील हुने कमिटिमा आवद्ध युवाहरुले दृढता व्यक्त गर्नु भएको थियो ।
युवाहरु देश र समाजको भविष्य मात्रै होइन, कर्णधार शक्ति भएकोले विकृति र कूलतमा नलागी सृजनात्मक र समाज निर्माणको लागि सहि बाटोमा लाग्न युवाहरु प्रतिवद्ध हुनुपर्ने धारणा प्रेस चौतारी आवद्ध पत्रकार जिवछ उदासीले आफनो धारणा राख्नु भएको थियो । उहाँले राम्रो काम गर्ने जनप्रतिनिधिहरुलाई साथ दिनुपर्ने, जनहित र पार्टीको चुनावी घोषाणापत्र विपरित काम गर्ने जनप्रतिनिधिहरुलाई सहि लीकमा ल्याउन पनि राष्ट्रिय युवा संघले रचनात्मक र सृजनात्मक भूमिका खेल्नुपर्ने सुझाव व्यक्त गर्नु भएको थियो ।
प्रदेश–२ का जिल्लाहरुमा फैलिँदै गएको दाइजोप्रथा नियणत्रण, लागु औषधमुक्त समाज निर्माण, युवा रोजगारी कार्यक्रम र समाजलाई सचेत बनाँउदै सरकारले गरेको कार्यहरु समेत जनतामा प्रष्टयाउन र नेकपा एमालेलाई मजबूत बनाउन गाँउमा युवा जागरण अभियान ल्याएर कोरोना महामारीबाट जोगाँउन भूमिका खेल्नुपर्ने पत्रकार उदासीले प्रष्टयाउनु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A