सहमतिको पालना नगर्दा गोडछाडीको नालासहितको सडक निर्माण कार्यमा अवरुद्ध

  • जेठ ३०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान, जेठ ३० गते । लहान नगरपालिकाको वडा नम्बर २० र २ को सीमानामा सहमतिको पालना नगर्दा विकास निर्माणको कार्य रोकिएको छ । दक्षिणी भेगका वडाहरुमा सडक नाला निर्माण कार्यमा पटक–पटक अवरुद्ध हुने गरेकोले विकासले गति लिन नसकेको नगरपालिकाले जनाएको छ ।


नाला सहितको सडक निर्माणको लागि २५ फिट फराकिलो गर्नुपर्ने स्थानीयहरुले निर्णय गर्दा हबिगुललले समेत शर्त मान्ने सहि छाप म्यानेटिङगमा गरेर पछि घर खाली नगर्ने हठ गरेपछि नला निर्माण रोकिनुको साथै लहान–२ र २० नम्बर वडाका मुस्लिम समुदाय र महतो समुदायबीच तनाव बढ्दै जान थालेको हो । हबिगुलले बाटो जाम गरिदिएपछि गोडछाडीको महतो समुदायहरुलाई उत्तरपटि जान अप्ठयारे भएपछि समस्या समाधानको लागि स्थानीय महतो समुदाय इलाका प्रहरी कार्यालय लहानलाई समस्या समाधान गराइ दिन निवेदन गरेका छन् ।


लहान–२० राम टोलदेखि गोडछाडीको भौसी महतोको पोखरीसम्म ५५० मिटर पक्की सडक निर्माणको लागि पहिलो चरणमा नाला निर्माण कार्य अघि बढ्दै जाँदा लहान–२० र २ नम्बरको सीमाना जोडिएको ठाँउमा आइपुग्दा सहमति अनुसार घर खाली गर्न मो हबिगुलका छोराहरु मो इस्लाम र मो. कलामले अवरोद्ध सृजना गरेपछि नाला निर्माण थप्प भएको लहान –२० का वडा सदस्य सिमिल महतोले बताउनुभयो ।

sadak neews lahan.photo 2
उहाँको अनुसार चैत २८ गतेदेखि बैशाख १० गतेभित्रमा २५ फिट चौडाइ खाली गर्ने सहमति गरेपनि पछि खालीनगर्ने हबिगुलका दुबै छोराहरु इस्लाम र क्लामले मानेका थिएन । नगरपालिकाले घर खाली गराउन दिएको समय समिा सकिएपछि घर खाली गराउने क्रममा सम्स्या उत्पन्न भएपछि जाने आउने मुख्य सडक नै जाम गरिदिएपछि समस्या झन बढ्दै गएको हो ।


२५ फिट सडक फराकिलो गर्न हबिगुलको दक्षिण रहेको महतो बस्तीका एक दर्जनभन्दा बढी स्थानीयहरुले घर खाली गरेर नाला निर्माणको लागि सहज बनाइ दिएको थियो भने हबिगुलको उत्तरपटिको राम बस्तीका स्थानीयहरुले समेत खाली गरेर नाला निर्माणको लागि सहयोग गरेका थिए ।

sadak neews lahan.photo 3
उत्तर र दक्षिणबाट २० नम्बर गोडछाडी जाने बाटोमो मोडमा हबिगुलको घर रहेकोले २५ फिट खाली गराउन नगरपालिकाले दिएको म्याद सकिएपछि घरका पर्खाल भत्काँउदा २ नम्बर वडाका स्थानीयहरु कुनैपनि हालतमा हबिगुलको घर भत्काएर नाला सडक निर्माण गर्न दिउन्नौ भने अडान लिएपछि विवादले झन् नयाँ मोड लिन पुगेको छ ।


लहान २ नम्बर वडाका मो मुस्तुफाले २१ फिट लिएर नाला निर्माण गरे कुनै आपती नभएको भन्दै घडी २५ घडी २७ फिट लिएर घर नै भत्काउने गरी यहाँ नाला निर्माण र सडक बनाउन नदिइने बताउनुभयो । मो. मुस्तुफा लगायत वडा नम्बर २ का मुस्लिम बस्तीका स्थानीयहरुले लहान २० र २ नम्बर वडाको नाला जडान गरेर पानी दक्षिणतर्फ निकास गरि दिन नगरपालिकासँग हाम्रो माग रहेको शर्त समेत राख्नुभयो ।

sadak neews lahan.photo 4
यता विवाद चर्किदै गएर वडा नम्बर २ को स्थानीयहरुको सहयोग र साथ लिएर सडक नै अवरुद्ध गरेपछि इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहाले आफै पुगेर बाटो खोलाएर आइतबार इप्रका लहानमा दुबै पक्ष आएर सहमति गर्न समय दिएकोमा हबिगुलको तर्फबाट लहान –२ नम्बर वडाका वडाध्यक्ष सियाराम यादव काम विशेषले बाहिर जानु भएकोले तीदिनपछि यसबारे छलफल गरेर टुङगो लगाउने जानकारी दिनुभयो ।


यस विषयमा लहान नगरप्रमुख मुनि साहसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो,लहान नगरपालिकाले ठोस विकास निर्माणको काम गर्दा जहाँपनि विवाद सृजना गरिदिने काम गर्नै नदिने जुन प्रवृत्ति देखिएको छ । यसले विकास निर्माणमा तगारो खडा भएकै हो । ४० भन्दा बढी अदालती मुद्दा सामना गरेर विकास निर्माण्लाई गति दिनु परेको छ । जबकि लहान नगरपालिकाले हाम्रो लहान, समृद्ध लहानको नारा कार्यान्वयन गर्न सहमति सहकार्य गरेर अघि बढौ, अहवान गर्दै आइरहेको छ । लहान–२ र २० नम्बर वडाको लागि निकै महत्व राख्ने नाला सहित सडक निर्माण कार्य अघि बढाएको हो । यसलाई सहजीकरण गरी विकास कार्यमा सहयोग गर्न दुबै वडाका जिम्मेबार व्यक्तिहरुलाई विकासको लागि निकास दिन आग्रह छ ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A