रङिगएपछि अभिाभावकको रोजाइमा सामुदायिक विद्यालय

  • असार १, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,जेठ ३१ गते । लहान नगरपालिकाको केहि सामुदायिक विद्यालयहरुलाई पहिलो चरणमा रङिगएपछि अभिभावकहरुको रोजाइमा सामुदायिक विद्यालयहरु पर्ने चर्चा चल्न थालेको छ । बाहिरबाट हेर्दा सामुदायिक विद्यालय पनि यस्तो ठहर गर्दै अभिभावाकहरु आकर्षित हुने चर्चा सुरु भएको छ । भौतिक र शैक्षिक सुधारमा लहान नगरपालिकाले एकपछि अर्को प्रयास जारी रहेको छ ।


कतिपय सामुदायिक विद्यालयहरु जीर्ण अवस्थामा पुगेर बाहिय रुपमा कुरुप जस्तो देखिन थालेपछि सरकारी विद्यालय कसले लेला चासो भने स्थानीय अभिभावकहरु निरास भइरहेको अवस्थामा लहान नगरपालिका शिक्षा शाखाले विद्यालयहरुलाई पहेलो रङगमा रङिगनुको साथै मर्मत सम्भार समेत गरेर राम्रो कार्यको थालनी गरेको लहान–१०स्थित श्री जनता आधारभूत विद्यालय बैरिया गुँदीगाँउ विद्यालय व्यवस्थापन समिति अध्यक्ष नथुनी पासवानले खुसी व्यक्त गर्नुभयो ।

korona kaharma school rangiyo photo 2
यसैगरी लहान–१४ मा अवस्थित शिक्षाको क्षेत्रमा देशैभरीमा ख्याती प्राप्त श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको भवन जीर्ण हुनुको साथै वाहिरबाट हेर्दा कुरुप देखिने विद्यालय रङिगएपछि यतिवेला विद्यालयको अगाडिबाट जानेहरु नगरपालिकाले विद्यालयको भौतिक पक्षलाई व्यवस्थित गर्न राम्रो प्रयास गरेको स्थानीयहरुबाट प्रशंसा हुन थालेको विद्यालयको प्रधानाध्यापक देवेन्द्र यादवले भन्नु हुँदै भौतिक र शैक्षिक रुपमा विद्यालयको गुम्दै गएको साँख फर्काउन अभिभावकहरुको ध्यान समेत आकर्षित हुन थालेको छ । यस्पाली विद्यालयमा विधार्थी भर्ना बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


लहान नगरपालिका शिक्षा शाखाका संयोजक राज कुमार साहका अनुसार नगरपालिकाका ५९ वटै सामुदायिक विद्यालयलाई शैक्षिक र भौतिक रुपमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले योजनावद्ध रुपमा अघि बढिरहेको छ । कोरोना महामारीको वेलामा रङगरोङन र मर्मत काम सम्पन्न हुन लागेको छ । विद्यालय खुल्ने वित्तिकै शैक्षिक वातावरण बनाउन के के गर्नुपर्ने हो त्यस विषयमा आन्तिरक तयारी समेत भइरहेको छ ।

korona kaharma school rangiyo photo 3
यता शिक्षा शाखाका प्रमुख अमिरी यादवले सामुदायिक विद्यालयको आन्तरिक मूल्याङकनबाट परीक्षा परीणाम तयारी भैसकेको छ भने विधार्थी भर्नाको लागि प्रत्येक विद्यालयमा अभिभावकहरुले सम्पर्क गर्न थालेकोले कोरोना कहरको अवस्था सहज भएपछि विधार्थी संख्या हवातै बढ्ने संकेत देखिएको प्रधनाध्उयापकहरुबाट जानकारी पाएको बताउनुभयो । १९ वटा विद्यालयहरुको मर्मत र रङगरोङगनमा २३ लाखभन्दा बढी खर्च भएको छ ।

 

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A