लहान अस्पतालाई सय शैयामा परिणत गर्न प्रदेशसभा सदस्य यादवको माग

  • असार १, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,असार १ गते । लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताललाई सय शैयाको अस्पताल सञ्चालन गर्न सिरहा–१ के (ख) प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवले माग गर्नु भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नु भएको हो ।


मधेश आन्दोलनको उदगम स्थलको रुपमा रहेको लहानलाई प्रदेश सरकारले विर्सन लागेको भन्दै लहान स्थित राम कुमार उमा प्रसाद अस्पताललाई सय शैयाको अस्पताल र लहान स्थित रहेको प्राविधिक शिक्षालयलाई प्रदेश २ कै प्राविधिक शिक्षालयको रुपमा वयवस्थापन गर्न उहाँले जोडदार माग गर्नुभयो ।


प्रदेशसभा सदस्य यादवले भन्नुभयो, ‘प्रदेश सरकारले गत वर्ष नै लहान स्थित राउ अस्पतालको स्तरोन्नति गर्ने नीति तथा कार्यक्रममा राखेपनि केहि गर्नु भएको छैन । एउटा एम्बुलेन्स समेत नरहेको त्यस अस्पतालप्रति प्रदेश सरकार उदासिन रहँदै आएको छ । पश्चिममा पथलैया र पूर्वमा लहानमा अस्पताल र विभिन्न विकासका पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता पूरा भएको छैन ।’


सखुवानन्कारकटी–५ इटहर्वामा पर्यटन पार्क निर्माणको लागि विनियोजित गरेको ४० लाख रकममा निर्वाचित प्रदेशसभा र स्थानीय जनप्रतिनिधिलाई लहान बन डिभिजन कार्यालका डेफोले प्रदेश सरकारको निर्देशनमा आफ्नो दलका नेता कार्यकर्ताको माध्यबाट कार्य गर्ने गरी गरेको निर्णयको खुलेर प्रदेशसभा सदस्य यादवले विरोध गर्नुभयो ।


बजेटको नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर रहेकोले यसलाई सन्तुलन मिलाएर सहमति सहकार्यको साथ अघि बढाउन ध्यान आकर्षण गराउदै मधेशी शहिदहरु मत्रै नभनेर सम्पूर्ण शहिदहरुको सम्मान हुने गरी सम्बोध गर्न आग्रह गर्नुभयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A