जिवछ उदासी
लहान,असार २ गते । कनुन न्याय तथा संसदीय मामिलामन्त्री समेत रहनु भएको नेकपा एमाले प्रदेश–२ का सहन्चार्ज लिलानाथ श्रेष्ठले पार्टी एकताको लागि नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रधानमन्त्री समेत रहनु भएको पार्टी अध्यक्ष केपी ओली तयार रहेको बताउनु भएको छ ।
नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि दुई पटकभन्दा बढी नेतृत्वमा नबस्ने गरी, उमेर हद कायम गरेर नेतृत्व नयाँ पुस्तामा हस्तान्तरणको लागि केपी ओलीले प्रस्ताव गरि सक्नु भएकोले यहि नै समस्या समाधानको लागि उपयुक्त सुत्र भएको मन्त्री श्रेष्ठले भन्दै यसको लागि माधव नेपाल तयार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
काजलभन्दा पनि कालो कलङक बोकेर पार्टीलाई विभाजन गर्न र सरकारलाई ढाल्न माधव नेपाल जस्ता पुराना नेताले २३ जना सांसदको हस्ताक्षर लिएर देयवा निवास बुढानीलकण्ठ पुग्नुले देशैभरकिा नेता कार्यकर्तामा निरासा देखिएको उहााले तर्क गर्दै विगतको तिक्तताहरु विर्सेर पार्टी एकिकरण गर्न पुराना पुस्ताका नेताहरु अभिभावक भएर युवा पुस्तालाई समयमो गतिसँग काम गर्न अवसर दिनुपर्ने पार्टी अध्यक्ष केपी ओलीको प्रस्ताव सामयिक रहेको बताउनुभयो ।
सुखी नेपाली समृद्ध नेपालको नारा कार्यान्वयन गर्न सरकारले गरेका विकास निर्माणका कामहरुको विपक्षीहरुले समेत प्रशंसा गरिरहेको वेलामा आफ्नै पार्टीका नेताहरुले विरोधमा उत्रेर ठूलो भूल गरेको महसुस गर्नासाथ पार्टी एकिकरण हुने उहााले भन्दै राष्ट्रियता समृद्धिको लागि चटानी अडान लिनु भएको प्रधानमन्त्री केपी ओली पार्टीमा एकता कायम राख्न जेठ २ मा फर्किन , कारवाही फिर्ता लिन तयार रहेको प्रष्टयाउनुभयो ।
‘अहिलेपनि धेरै विग्रिसकेको अवस्था छैन । नेकपा एमाले एक ढिक्का भएपछि नेकपा माओवादी केन्द्रसँग पनि एकता हुन सक्ने संभावना छ । राजनीतिमा असंभव भने केहि पनि हुँदैन । देशैभरिबाट पार्टी एकताको लागि नेता कार्यकर्ताहरुबाट दबाब आइरहेकोले दोस्रो पुस्ताको नेताहरु एकता गराउन प्रयासरत रहनु भएका छन्’, उहाँले भन्नुभयो ।
संविधानको धारा टेकेर संसद विघट्न गरेको दावी गर्दै उहाँले भन्नुभयो,‘निर्धारित मितिमा नै चुनाव सम्पनन भइ मुलुकले निकास पाउने छ । सुर्य चिन्ह लिएर जितेका माधव नेपाल लगायत २३ जना एमालेको सांसद गन्ती गएर सरकारको दावी पेस गर्ने नेपाली काँग्रेसको सभापति समेत रहनु भएको शेर वाहादुर देउवाले कृत्रिम बहुमत देखाए हुँदैन । सरकार बन्ने कुनै आधार नदेखिएपछि संविधानको धारा ६७(७) अनुसार राष्ट्रिपति ज्यूबाट संसद विघट्न गरिएकोले निर्वाचन हुने कुरामा कुनै शंका छैन । फेरि संसद पुर्नस्थापना हुने निराधार कुराको पछि नलागौ ।’
सम्मनित सर्वोच्च अदालतबाट सरकारले न्याय पाउनेमा आफू ढुक्क रहेको विश्वास व्यक्त गर्दै उहाँले थप्पनुभयो,‘जनभावना अनुसार काम गरिरहेको सरकारलाई ढाल्न भएको गलत क्रियाकलापहरु जनताले बुझिसकेका छन् । आउने चुनावमा पनि नेकपा एमाले पहिलो पार्टी हुनेछ । खास गरेर प्रदेश २ मा नेकपा एमाले पहिलेको तुलनामा बढी स्थानमा चुनाव जित्नेमा कुनै शंका छैन । सरकारले अध्यादेशबाट ल्याएको नागरिकता विधेयक कार्यान्वयन नगर्न भएको अन्तरिम आदेशले जनभावना विपरित रहेको छ ।’
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A