समग्रद्धारा प्रहरी र सुरक्षित आश्रय गृहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • असार ५, २०७८
  • समृद्धिपथ
alt

लहान । समाजमा लैंगिक हिंसा उन्मुख संकटलाई सम्बोधनका प्रदेश २ मा क्रियाशिल संस्था समग्र जन उत्थान केन्द्रले सिरहा र सप्तरीका केही प्रहरी कार्यालय र सुरक्षित आश्रय गृहलाई स्वास्थ्य तथा सरसफाई एवम् मर्यादित किट सामाग्री हास्तान्तरण गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरबाट विश्व नै प्रभावित रहेको बेला सोबाट सुरक्षितसाथ हिंसा प्रभावित एवम् सेवाग्राहीलाई सेवा आदान प्रदान गर्न सकुन भन्ने उदेश्यले शुक्रवार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय सिरहा र मुक्ति नेपालको नेतृत्वमा सञ्चालित सुरक्षित आश्रय गृह गोलबजारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले जानकारी दिनुभयो ।

युकेएडको आर्थिक सहयोग र भिएसओ नेपालको साझेदारीमा समग्र जनउत्थान केन्द्रद्धारा प्रदेश २ मा सञ्चालित सहज परियोजना लक्षित जिल्लामा कोभिड रेसपोन्स कार्यक्रम अन्तरगत शुक्रवार जिल्ला प्रहरी कार्यालय सिरहा र विहिबार इलाका प्रहरी कार्यालय बोदेवरसाइन, सप्तरी लाई ५ सय लिटरको पानी ट्यांकी, दुई वटा बेसन भएको पैडल ह्यान्ड वास स्टेशन एक थान र दुई वटा ह्यान्डा वास गरी ३५ हजार बराबरको सामग्री हस्तारण गरेका हुन् ।

यस्तै शुक्रवार लैंगिक हिंसा प्रभावित महिलाहरुको सुरक्षा र न्यायमा सहजतका लागि गोलबजार नगरपालिकाको समन्वय तथा सिरहा जिल्ला स्थित संस्थाहरुको सहकार्य र सहज कार्यक्रम समग्र जन उत्थान केन्द्रको सामाग्रीको सहयोगमा मुक्ति नेपालको नेतृत्वमा सञ्चालित सुरक्षा वासलाई र विहिवार सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनरुप नगरपालिकाको सहयोगमा सृजनात्मक महिला बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनरुप धरमपुरद्धारा सञ्चालित सुरक्षित आश्रय गृहलाई ५ सय लिटरको पानि ट्याङ्की सहित दुईवटा बेसन भएको पैडल ह्यान्ड वास स्टेशन १ थान र ह्यान्डवास, सेनिटाईजर, पिपिई, मास्क, लुगा, साबुन लगायतका सामाग्री रहको ५० थान मर्यादित किट सहित १ लाख ५८ हजार बरावरको स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरेका छन् ।

भिएसओ नेपालका लैंगिक हिंसा विज्ञ सुनिलकुमार साहको समेत उपस्थिती रहेको सम्बन्धित कार्यालयहरुमा आयोजित हस्तान्तरण कार्यक्रममा केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले सो सामाग्री हस्तारण गरेको कार्यक्रम अधिकृत महतोले जानकारी दिनुभयो । ह्यान्ड वास स्टेशन सामाग्री बुझ्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हिराबहादुर पाण्डेले ह्यान्ड वास स्टेशनले गर्दा नेपाल प्रहरी र सेवाग्राहीलाई कोभिडबाट सुरक्षित साथ सेवा आदान प्रदान गर्न सहयोग पुग्ने बताउनु भयो । कार्यालयसम्म आएर ह्यान्डवास स्टेशन जडान गरी हस्तान्तरण गरेकोमा सामग्री उपलब्ध गराउने संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै गोलबजार सुरक्षावासका कार्यकारी निर्देशक श्याकुमारी साह र कञ्चनरुप नगरपालिका उपप्रमुख निरु पोखरेलले प्राप्त सामग्रीले हिंसा प्रभावितलाई जीवन निर्वाहनमा सहजता हुने बताउँदै निरन्तर सहयोग र सहकार्यको आवश्यकता औल्याउनु भयो ।

केन्द्रका अध्यक्ष भैरव प्रसाद गेलाले अगामी दिनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र बाराका १४ वटा नेपाल प्रहरीको कार्यालय र धनुषा र सर्लाहीमा सञ्चालित सुरक्षित आश्रय गृहलाई स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराउने योजना रहेको बताउनु जानकारी दिनुभयो ।

2 4

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A