शिव कुमार शाह,
लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले मुसहर वस्तिमा हालसम्म विजुलि बति नरहेको बस्तीमा सोलार बत्ती र जिविको यापनका लागि हाँस वितरण गरेको छ । ती सामानहरु पाएपछि मुसहर समुदाय दङ्ग भएका छन् ।
गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले करिव १४ घर परिवार सुस्हरहरुलाई एक सेट सोलार पाईनल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर र सुइच प्रदान गरेको हो ।
सखुवानन्कारकट्टी वाडा नं १ मधुवनि मुसहर वस्ति राति झल मल देखिन्छ । स्थानीय शम्भु सदाय मुसहर भन्नू हुन्छ पुस्तौदेखि हामिहरु टुकी वालेर रात बिताउने गर्थे तर कुनैपनि संघ संस्थाले हामिहरुको पीडा बुझ्न आएन । गाउपाकिला अध्यक्ष यादवले हामिहरुको वस्तिलाई उज्यालोमै बनाई दिनु भयो । बिल पनि तिर्नु पर्दैन छोरा छोरीलाई पठन पाठन गर्न पनि सजिलो हुनेभएको छ ।

साथै अध्यक्ष यादवले वाडा नं ३ पोर्ताहा मुसहर बस्तीको २५ घर परिवार, वाडा नं २ पटना सोठियाईनका मुसहर बस्तीको २५ घर परिवारलाई बेरोजगारि समस्या सामाधान गर्न घरमै सानो घरेलु व्यापार गरेर जिविका पार्जन गर्ने उद्देश्यले हाँस, खोर र ५० केजी हाँसको दाना प्रदान गर्नु भएको छ ।
स्थानीय बद्री सदाय मुसहर भन्नू हुन्छ हामिहरुको साधारण घर चलाउन पनि एकदमै कठिनाइ परिरहेको थियोे अब यसवाट आय आर्जन गरेर समस्या टालन सक्छु । सानो समस्यामा कसै सामु हाथ फैलाउनु पर्दैन गापा अध्यक्षले हामी गरिवका समस्यालाई राम्रोसँग बुझ्नु भएको छ । वहाँ लकडाउनमा पनि पटक पटक राहत समेत उपलब्ध गराउदै आएनु भएको छ ।
स्थानीय समाजसेवी बद्री नारायण चौधरी भन्नू हुन्छ यसै वर्ष वाडा नं ४ को मुसहर वस्तिमा सुरक्षित नागरिक आवास अन्तरगत प्रत्येक मुसहरहरुको पराल रहित काठ र जस्ता पाताको सुन्दर घर बनाईदिने योजना अध्यक्षको रहेको छ ।
अध्यक्ष यादव भन्नू हुन्छ हामीले उनिहरुको आय आर्जन हुने किसिमको विभिन्न तालिम संचालन गरेर सीप मुलक काममा लगाएर आर्थिक स्तरमा सुधार ल्याउने कोशिस गरेका छौं । समृद्ध गाउँपालिका बनाउन चौतर्फिरुपाम शिक्षा, स्वास्थ, कृषि, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर विकासको गतिलाई अगाडि बढाएका छौ ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A