सामुदायिक विद्यालयहरु प्रतिस्पर्धामा आउनुपर्छ : नगरप्रमुख मुनि साह

  • असार ७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरप्रमुख मुनि साहले ‘हाम्रो लहान,समृद्ध लहान ’को नारा कार्यान्वयन गर्न सामुदायिक विद्यालय प्रतिस्पर्धामा अघि आउनुपर्ने बताउनु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत लहान–२४का लेखनाथ माविमा चार कोठे भवन निर्माण कार्यको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो ।


लहान नगरपालिकामका रहेको ५९ वटै सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक प्रगतिको लहान नगरपालिका शिक्षा शाखाले गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिएर सबैले सहयोग गर्नुपर्ने उहाँले सबैलाई आग्रह गर्नुभयो । चुनावमा जारी गरिएको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनै लागेको नगरप्रमुख साहले भन्नुहुादै सडक,कृषि,शिक्षा,स्वास्थ्य, खानेपानी र हरियाली वातावरण बनाउन लहान नगरपालिकाले हरेक क्षेत्रलाई समदृष्टिले हेरेर ग्रामीण र शहरी क्षेत्रको विकासलाई सन्तुलनमा राखेर अघि बढिरहेको नगरप्रमुख साहले प्रष्टयाउनुभयो ।

rastrapati education news.photo 2
उहाँले भन्नुभयो,‘लहान नगरपालिकाका कृषकहरुले विजुली महसुल तिर्न नपर्ने लहान नगरपालिकाले नै सबै बिल ब्योहोर्ने कार्यक्रम ल्याउन लागेकोछ । कृषि सडक र सिंचाइको कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको छ । शिक्षा क्षेत्रलाई अघि बढाउन शैक्षिक सुधारको लागि विभिन्न कार्यक्रमहरुमध्ये शिक्षक सरुवालाई पनि अघि बढाएको छ । यस सरुवालाई सहज रुपमा लिहर सहयोग गरौ । स्थानीय भाषा संस्कृतिमा टेवा पुग्ने गरी पाठ्यक्रम निर्माणको लागि समेत यस वर्ष बजेट विनियोजन गर्न लागेको हो ।’


नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका अध्यक्ष जिवछ यादवले शिक्षक सरुवा कसैलाई अहित हुने उद्येश्यले होइन, शैक्षिक सुधारमा सहयोग गर्नको लागि आएकोले यसलाई कार्यान्वयन गरेर नगरपालिकालाई सहयोग गर्न आग्रह गर्नुभयो ।


सगरमाथा माविका प्रध्यानाध्यापक दोस्त बाहादुर भट्टराइले लहान नगरपालिकाले शैक्षिक र भौतिक सुधारको लागि गरिरहेको कार्य सराहनीय रहेको भन्दै सामुदायिक विद्यालयको लागि तीनै तहको सरकार गम्भीर हुनु साकारात्मक पक्ष भएको बताउनुभयो ।

rastrapati education news.photo 3
प्रेस चौतारी आवद्ध पत्रकारु जिवछ उदासीले शिक्षामा देखिएको असामनता र विभेदहरु अन्यत गर्नको लागि लहान नगरपालिकाले प्रगतिउन्मुख निितहरु ब्नाउनु सकारात्मक रहेको भन्दै शिक्षक सरुवाबाट कोहि पनि तर्सिनु हुँदैन । जिल्लान्तर सरुवा गर्न लाखौ रकम दिएर सरुवा हुन तयार हुने,विचौलियाहरु यसखाले सरुवामा कमाएर मालामाल हुने तर पालिकाले गरेको आन्तरिक सरुवालाई किन नस्वीकार्ने ? तर्क गर्दै लहान नगरपालिकाले गरेको शिक्षक सरुवालाई सहज रुपमा लिन धारणा राख्नुभयो ।

rastrapati education news.photo 4
लहान–२४ का वडाध्यक्ष कमल देव यादवले चुनावको समयमा स्थानीय वडावासीहरुसँग गरेको प्रतिवद्धता अनुसार नै यस विद्यालयलाई मावि संचालन गर्न सफल भएको र यसलाई १२ कक्षा सम्मकै पढाई हुने गरी तयारी भइरहेको जानकारी गराउनुभयो ।


राष्ट्रपति शैक्षिक सुधारको लागि उपलब्ध ३६ लाख रकमले निकै सहयोग पुगेको छ । सहमति गरेर शिक्षक अभिभावक र जनप्रतिनिधिहरुले शिषक सरुवालाई लागु गराउन लागौ, उहाँले तर्क गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक राम विलेक्षण सिंहले यस विद्यालयको शैक्षिक सुधारमा शिक्षकहरुबाट पाएको सहयोग र जनप्रतिनिधि रु विद्यालय व्यवस्थापन समितिबाट भौतिक सुधारको लागि पाएको सहयोगबाट काम गर्न सहज भएको अनुभव राख्नुभयो ।

 

 

 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A