डेंगु रोग नियणत्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • असार ७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,लहान नगरपालिका स्वास्थ्य शाखाले डेंगु रोग नियणत्रण सम्बन्धी सरोकारवालाहरुसँग एक दिवसीय अभिमुखिकरण सम्पन्न भएको छ । रोग फैलिन नदिन जन चेतनाको लागि पत्रकारहरुसँग अभिमुखीकरण गरिएको हो ।


पत्रकारहरुसँग भएको अभिमुखीकरणमा लहान नगरपालिका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले सरुवा रोग सम्बनधी जानकारी गराउनुको साथै डेंगु रोग फैलिने समय सुरु भैसकेको र नोभेम्बरसम्म फैलिने गरेकोले डेंगु फैलाउने लामखुट्टेले सफा पानी रहेको कालो टायर, पलाष्टिकको फलिएको गिलास,गमला रङगका डिवाहरुमा रहेको ५ मिलिलिटर पानीमा समेत फुल पार्ने गरेको जानकारी दिनुभयो ।


डेंगु फैलिसकेपछि यसको नियणत्रण गर्न निकै ग्राहो हुने भएकोले यसलाई फैलिन नदिन सचेत हुनु नै रोगबाट बाँच्ने उपाय भएको जानकारी दिँदै स्वास्थ्य शाखाका अर्का जन स्वास्थ्य अधिकृत चन्देश्वर यादवले जानकारी दिँदै दोस्रो डेंगु फैलाउने लामखुट्टेले टोक्दा बढी खतरनाक हुने गरेको बताउनुभयो ।

dengu rog news.photo 2
डेंगु लागेपछि १०३ भन्दा बढी ज्वरो आउने,टाउको बढी दुख्ने,ढाडका जोर्नी दुखने र शररिमा विमिरा आउने गरेको लक्षण देखिएका चिकित्सकको सल्लाहमा मात्रै औषधीको सेवन गर्नुपर्ने । पारासिटामोल खाएमा बढी पानी खानुको साथै पोष्टिक आहार खाइरहनुपर्ने उहाँहरुले सल्लाह दिनुभयो ।


सन् २००४ मा एक जना विदेशीबाट नेपालमा डेंगुको रोगी भेटिएको थियो भने सन् २००७ मा देशैभरमिा ९०० जना विरामीहरु मध्ये ७३९ जना चितवन जिल्लामा भेटिएको थियो । जुनसुकै उमेरका मानिसहरुलाई डेंगु रोग लाग्न सक्ने जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले जानकारी गराँउदै पानी परेको वेलामा बढी डेंगु फैलिन्छ भने जाडोमा कम हुन्छ ।

डेंगु रोगबाट शहरी क्षेत्रका मानिसहरु बढी संक्रमित हुन सक्ने देखिएकोले आफ्नो वरिपरिको वातावरणलाई स्वच्छ राखनुको साथै सफा पानी जम्ने टायर गमला लगायतका भाडो डिवाहरमा पानी जम्न नदिन अर्का जन स्वास्थ्य अधिकृत चन्देश्वर यादवले ध्यानआकर्षण गराउनुभयो ।



लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A