स्थापना दिवसमा बिरामीलाई मास्क तथा फलफूल वितरण

  • असार १०, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेपाल औषधि व्यवसायी संघ सिरहा शाखाले विहिबार लहानका अस्पतालहरुमा रहेका बिरामीहरुलाई मास्क तथा फलफुल वितरण गरेको छ ।

नेपाल औषधि व्यवसायी संघको ४८औँ स्थापना दिवसको अवसरमा संघले अस्पतालमा रहेका करिब एक सय जना बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै मास्क तथा फलफूल वितरण गरेको हो।

नेपाल औषधि व्यवसायी संघ सिरहा शाखाका अध्यक्ष श्याम प्रसाद राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ प्रदेश २ का अध्यक्ष शिवनाथ सिंहको प्रमुख अतिथ्य रहेको थियो ।

कार्यक्रममा महासचिव मनोज कुमार चौधरी सहितको पदाधिकारीटोलीले लहान स्थित रहेको रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल, सप्तऋषी अस्पताललगायतका अस्पतालहरुमा फलफुल वितरण गरिएको संघका अध्यक्ष श्याम प्रसाद राउतले जानकारी दिनुभयो ।

त्यसैगरी विहिबार साँझ संघमा आवद्ध भएका सम्पूणर् जिल्ला सदस्यहरुले औषधी पसल अगाडि स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गरेका छन् ।

photo_2021-06-24_20-46-03 photo_2021-06-24_20-46-04 (2) photo_2021-06-24_20-46-04

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A