सुखीपुरको ४९ करोडभन्दा बढी बजेट सार्वजानिकीकरण दलित घरपरिवारलाई चुलो र सिलिण्डर वितरण गरिने नयाँ कार्यक्रम थप

  • असार १०, २०७८
  • समृद्धिपथ
alt



जिवछ उदासी
‘सुखी नागरिक हाम्रो पहिचान,सुखी नगर सुखीपुरको अभियान’मूल नाराका साथ सुखीपुर नगरपालिकाले ४९ करोड २३ लाख ६५ हजार बजेट सार्वजानिक गरेको छ । बजेटमा दलित घर परिवारलाई चुलो र ग्यास सिलिण्डर वितरण गरिने नयाँ विषय समावेश गरीएको छ ।


बजेट सार्वजानिक गर्दै नगरप्रमुख राम औतार यादवले यस वर्षको बजेट कृषि,सडक, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो । गाँउ नै गाँउले भरिएको यस नगरपालिकालाई शहरी बातावरण बनाउन १० वटै डामा पीच सडक, कृषि उत्पादनको लागि खेत खेतमा सिँचाइको लागि बोरिङग सहित मोटर जडान,१५ शैयाको अस्पताल र यस नगरपालिकाको २२६८ दलित घर परिवारलाई चुलो र सिलिण्डर वितरण गर्ने उहाँले बताउनुभयो ।

चुनावको वेला जनतासँग गरिएको प्रतिवद्धतामध्ये शिक्षामा आमूल परिवर्तन गर्ने गरी योजना ल्याउन लागेको गत वर्षदेखि कोरोना महामारीको कहरले गर्दा सफल हुन नसकेको नगरप्रमुख यादवले स्वीकार्दै जनहितमा समर्पित भएर काम गर्दा पनि केहि व्यक्तिहरुले विरोधको लागि विरोध गरेर अपवाह फैलाउन लागेको गुनासो पोख्नुभयो ।


उहाँले थप्नुभयो,‘सुखीपुर नगरपालिकको सुसखीपुर बजारलाई व्यवस्थित नगरको रुपमा विकास गर्न विगतका बजेटहरु विनियोजन भयो र कार्यान्वयनमा पनि आयो । गाँउ र शहरबीचको सन्तुलन मिलाउन यस वर्षको बजेट विनियोजन गरिएको छ । सहमति सहकार्य र एकताको संसकृति अभ्ययासमा ल्याउन चुनावमा मसँग प्रतिस्पर्धामा रहनु भएका सबैलाई सम्मान गर्दै विकासको लागि माहोल बनाउन तत्पर छौ । नगरपालिका र अस्पताल भवन निर्माणको लागि कराडौ मूल्यका जग्गा दिने दाताहरुलाई र सुखीपुर नगरपालिका स्थापनाको लागि अनसन बस्ने अनसनकारीहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आइरहेको छौ ।’

bajet news.photo 2

सुखीपुरमा मिडियाको विकासको लागि पटक पटक बजेट विनियोजन गरेपनि अहिलेसम्म यस बजेटलाई कार्यान्वयन गर्न सञ्चार क्षेत्रका अगुवा पत्रकारहरुले सक्रियता नदेखाएकै कारण पछि परेको नगरप्रमुख यादवले प्रष्टयाउदै नेपाल पत्रकार महासंघले पहलकदमी लिएमा सहयोगको लागि नगरपालिका तयार रहेको दृढता व्यक्त गर्नुभयो ।


सुखीपुरमा भ्रष्टाचार भएको हल्ला निराधार रहेको उहाँले दाबी गर्दै भ्रष्टाचार भएको प्रमाणित नगरी विना प्रमाण कसैको चरित्र हत्या गर्ने काम सञ्चार क्षेत्रले गर्न नहुने ध्यान आकर्षण गराउनुभयो । नगरप्रमुख यादवले अहिलेसम्म भएका कामहरुलाई मिडियाले खोजमूलक तरिकाले जनतामा उजागर गरि दिन सबैमा आग्रह गर्नुभयो ।


सार्वजानिकीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता पूर्व अध्यक्ष दिनेश्वर गुप्ता लगायत एक दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो । सार्वजानिकीकरण कार्यक्रम सुखीपुर उद्योग व्यापार समितिको भवनमा सम्पन्न भएको थियो ।

 

 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A