रामभरोसी महतो,
सप्तरी । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल हुन थालेपछि कोरोना जोखिमको सम्भावना बढेको भन्दै सप्तरीमा क्रियाशीले विभिन्न संस्थाको समन्वयमा राजविराजमा आज मास्क बैंक स्थापना गरिएको छ ।
चेतना र आर्थिक अभावमा मास्क नलगाएर हिडडुल गर्ने सर्वसाधारणलाई वितरण गर्न यूकेएडको सहयोग तथा भिएसओ नेपालको साझेदारीमा समग्र जनउत्थान केन्द्रद्धरा सञ्चालित सहज परियोजना, इन्सेक, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, ग्रिन नेपाल, नेपाल प्रहरी, कल्याण पोस्ट दैनिक, कोरोना सहजिकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेको हो ।
“हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” नारासहित स्थापना भएको मास्क बैंकको उद्घाटन सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले गर्नुभयो । प्रजिअ पोखरेलले कोरोना महामारीको अवस्था कायमै रहेकोले निःशुल्क मास्क बैंकको स्थापनाले कोरोना न्यूनीकरणमा थप सहयोग पुग्ने बताउनु भयो । जिल्लाको हरेक स्थानीय तहमा मास्क बैंक बिस्तार गर्न सके थप प्रभावकारी हुने उहाँले बताउनु भयो ।

एकल महिला समूह प्रदेश २ की अध्यक्ष अनिता देवकोटाको अध्यक्षता एवम् महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका उपाध्यक्ष सुधा देवले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको उद्घाटन कार्यक्रममा उद्देश्यबारे सहज परियोजना सप्तरीकी सुषमा गुप्ताले जानकारी दिनुभयो ।
मास्क बैंक कार्यक्रम राजविराज नगरपालिका सहित विभिन्न स्थानीय तहमा पालैपालो सञ्चालन गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
स्थानीय प्रशासनले विभिन्न सरकारी कार्यालय, बैंक, बित्तिय संस्था सुचारु गर्ने, निजी सवारी साधन जोरविजोर सञ्चालन गर्ने, खाद्यान्न, किराना, स्टेशनरी, निर्माण सामाग्रीलगायतका पसल विहान १० देखि साँझ ७ बजेसम्म खुला राख्ने निणर्य गरेसगंै कोरोना महामारीको विचमा मानिसको चहल पहल बढेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै सामाजिक दूरीको पूणर्पालना हुन छाडेको भन्नुहँदै नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिममा मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने बताउनु भयो । मास्कको अभाव तथा नभएका बेला ग्राहक, व्यापारी तथा बाटोमा हिड्ने सर्वसाधारणलाई मास्कको आवश्यकता पर्ने कुरालाई मध्यनजर गर्दै ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ मास्क बैंकको सुरुवात गरिएको अधिवक्ता ध्रुव मण्डलले बताउनु भयो ।
राजविराजस्थित गजेन्द्र चोकमा राखिएको मास्क बैंकबाट आज पहिलो दिन दुई सय बढी मानिस लाभान्वित भएका छन् । मास्क बैंकमा लैङ्गिक हिंसा विरुद्धका चेतनामूलक जानकारी र कोरोना महामारीबाट बच्ने सन्देशमूलक पर्चा पनि वितरण गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक धिरज पटेल, अधिवक्ता मनु खनाल, पत्रकारद्वय पुनम पोखरेल, प्रियासिंह थारू, सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललिता कणर्, ग्रीन नेपालका अध्यक्ष खेलानन्द दास, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल राजविराजकी अध्यक्ष साधना कणर्, सप्तरी युथका विष्णु यादव, एकल महिला समूहकी गीता गुप्तालगायतको उपस्थिति रहेको थियोे ।
कोरोना भाइरस संक्रमणकाबीच विभिन्न संस्थाको समन्वय र सहकार्यमा सञ्चालनमा ल्याइएको ‘मास्क बैंक’ सप्तरी जिल्लामा पहिलोपटक हो ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A