जआवि लहान गुदीगाँउका छात्राहरुलाई साइकल वितरण

  • असार ११, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ, बेटी बताउ कार्यक्रम अन्तर्गत लहान–१० मा रहेको श्री जनता आधारभूत विद्यालय बैरियाँ गुदीगाँउका छात्राहरुलाई साइकल वितरण गरिएको छ । नियमित विद्यालय जानको लागि साइकल उपयोगी हुनुको साथै शिक्षाको लागि प्रो्त्साहित गरिएको साइकल वितरण कार्यक्रममा सरोकारवाला सहभागीहरुले सामूहिक रुपमा धारणा राखेका हुन् ।


साइकल वितरण कार्यले ९९ प्रतिशत दलित बालबालिकाहरु पढ्ने यस विद्यालयका छात्रछात्राहरुलाई साइकल दिएर प्रदेश २ को सरकारले राम्रो काम गरेको दलित जनकल्याण युवा कल्वका निर्देशक दलित अभियानकर्मी विनोद विसुन्केले धन्यावाद दिँदै बालविवाहलाई अन्तय गर्न समेत बेटी पढाउ, बेटी बचाउ अभियानले समेत राम्रो सन्देस गएको बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका पूर्व वडाध्यक्ष डिले मिझारले तीनै तहको सरकारले दलित र गरविहरुलाई प्राथमिकतामा राखेर गरेको अभियानले समाजमा विभेदको खाल्डो पुरिँदैजानुको साथै साइकल वितरण कार्यक्रमले छात्राहरुमा उत्साह भर्ने काम गरेको तर्क गर्नुभयो ।
cycle bitran news (1).photo 3
महिला र पुरुषको बीचमा भइरहेको विभेदलाई अन्तय गर्न र नारी शिक्षाको लागि प्रदेश सरकारले ल्याएको बेटी पढाउ, बेटी बचाउ अभियान सामयिक भएपनि यसको प्रभावकारिताको लागि नरा अनुसारको कार्यक्रमको प्रभावकारिताको लागि व्यापक रुपमा दायरा बनाउनुपर्ने विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा दलित जन कल्याण युवा कल्वका अध्यक्ष उमेश विसुन्केले बताउनुभयो ।

cycle bitran news (1).photo 2
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नथुनी पासवानले यस विद्यालयको भौतिक सुधार र शैक्षिक सुधारमा लहान नगरपालिका,दलित जनकल्याण युवा क्लव लगायतका सामाजिक संघ संस्थाहरुले गरिरहेको सहयोग सराहनीय रहेको वेला प्रधानाध्यापक रङगलाल साह र स्थानीय हरि मण्डलले खेलेको भूमिका महत्पूर्ण भएको धारणा व्यक्त गर्दै प्रदेश २ मा रहेको दाइजोप्रथा हटाउन समेत प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो ।


यस विद्यालयमा नगरपालिकाकाट रङगरोगन, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट आइटी जडान र दलित जन कल्याण युवा क्लवको पहलमा बाटर एडको सहयोगमा खानेपानी र आधुनिक शौचालय निर्माणले विद्यालय गति लिइरहेको वेला प्रदेश २ सरकारबाट साइकल उपलब्ध गराएर राम्रो काम भएको प्रधानाध्यापक रङलाल साहले खुसी व्यक्त गर्नुभयो ।

cycle bitran news (1).photo 4

विद्यालय व्यस्थापन समितिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय वयवस्थापन समितिका सदस्य दिनेश पासवान, रुको देवी पासवान र फुलो देवी सदाय तथा त्यस विद्यालयका शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A