दुर्गा परियार,
लहान । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार सिरहाको सखुवानन्कारकट्टी गाउपालिकामा स्थानीय समुदायलाई सचेत बनाउदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यका साथ सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सखुवानन्कारकट्टी गाउपालिकाका अध्यक्ष केदारनाथ यादवले सार्वजनिक सुनुवाइ कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउदै उहाँले गाउँपालिकाको नीति निमार्ण तथा कार्ययोजना कार्यान्वयनमा गाउपालिकालाई सचेत हुन तथा मानवअधिकार मैत्री योजना बनाउन सघाउ पुग्ने बताउनु भयो ।
जनताको इच्छा आवश्यक्ता धेरै रहेको तर गाउपालिकाको श्रोत साधन कम रहेकोले आवश्यक्ताहरु पनि बिस्तारै पुरा गर्दै जाने प्रतिबद्धता गर्नु भएको थियो ।
२०७८÷०७९ को बजेट ३१ करोड ९४ लाख भए पनि १४ करोड शिक्षा, स्वास्थ्य, कृषी आदीको कर्मचारीको तलब, औषधी तथा पाठयपुस्तकमै खर्च हुने हुँदा बाकि रकमले विकास तथा अन्य योजना कार्यान्वयनमा लगाउदा सबै तिर विकास गर्न असमर्थ भएको बताउनु भयो ।
जनप्रतिनिधि आउनु अगाडी शिक्षा, स्वास्थ्यमा धेरै समस्या भए पनि क्रमशः हामिले सुधार गर्दै लगेको बताउनु भयो ।
गाउपालिकामा १५ कि.मि आरसिसि ढलान, पुल, बिद्यालय भवनहरु निर्माण गरेको कोभिड अस्पताल २ वटा बर्थिङ्ग सेन्टर जनता आवास, गरीबहरुको लागि घर आदीको विकास गरेको र अगामी दिनमा स्वास्थ्य चौकीमा ल्याब सहितको सुबिधा प्रदान गर्ने बताउनु भयो ।

कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकिसोर महतोले शिक्षा, स्वास्थ्य जस्ता अधिकारहरु मौलिक हकमै व्यवस्था भएको र स्थानीय तहले पनि हकको प्रत्याभुति गराउन आफनो क्षमता अनुसार लागी परेको बताउनु भयो । जनताको आवश्यक्ता धेरै रहे पनि हामिले चाहेर गर्न नसकिने बताउनु भयो ।
उहाँले गाउपालिका बिधिले चल्ने भएकोले बिधि पुर्याएर काम गर्नु पर्दा समय लाग्ने भए पनि बिधि पुर्याएर जनताको आवश्यक्ता पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा संयोजक हरिनारायण चौधरीले वडा नं १ र ५ मा स्वास्थ्य चौकीको आफनै भवन भए पनि अन्य वडामा आफनो जग्गा र भवन नभएकोले स्वास्थ्य सेवा संचालनमा प्रभाव परेको बताउनु भयो, जनताले माग्ने सबै औषधी दिन नसके पनि ४५ प्रकारको औषधीहरु बितरण भइ रहेको कहिले काही औषधी खरीदमा ढिला हुने हुदा कहिले काही कम हुन सक्ने बताउनु भयो । कृषी शाखाका संयोजक राजदेव यादवले सबै वडामा सहकारी मार्फत खाध, मल, बिउ तथा औजारहरु प्रदान गरेको बताउनु भयो । महदेवा पोर्ताहा माविका प्रअ. घुरन यादवले माविमा एकजना मात्र दरबन्दी रहेको, डेस्क बेन्च तथा पुर्वाधारमा कमी रहेको बताउनु भयो ।

वडा नं. ४ कि भगवती पौडेलले बिद्यालयहरुमा लापरवाही बढेको बिद्यार्र्थीहरुलाई राम्रोसंग लेख्न पढनसम्म पनि नआउने बताउनु भयो । बिद्यार्थी दुर्गा यादवले बिधालयमा दरबन्दी नभएको शिक्षकहरु कमी रहेको लकडाउनमा बैकल्पीक माध्यमबाट पढने व्यवस्था नभएको बताउनु भयो ।
त्यस्तै वडा नं. १ कि उषा कणर््ाले स्वास्थ्य चौकीहरुमा डाक्टरले उपचार नगरेको, औषधी सकियो भनी नदिएको बताउनु भयो । दलित, गरीबहरुको घर नहुदा वर्षामा अरुको घरमा बस्न बाध्य भएको बताउनु । पानीको निकास नहुदा बाटोमा पनि, हिलो जम्मा भएर हिडडुल गर्नसम्म कठिनाइ भएको बताउनु भयो ।
त्यसैगरी रहमुल राइनले स्वास्थ्य संस्थाहरुमा औषधी अभाव रहेको बताउनु भयो । गाउपालिकाका अध्यक्षले सबैलाई एक समान व्यवहार गनू पर्ने तथा दलित आवासको योजना ल्याउन आग्रह गर्नु भयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A