दुर्गा परियार,
लहान । विष्णुपुर गाउँपालिकाले शिक्षा, स्वास्थय र कृषि क्षेत्रमा बजेट कम बिनियोजन गरेकोले चाहेर पनि शिक्षा र कृषीमा सुधार गर्न नसकेको वडा नं १ का वडा अध्यक्ष गोपि यादवले जानकारी दिनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मंगलवार विष्णुपुर गाउपालिकामा खाद्य अधिकार विषयमा अभिभावक, शिक्षक र बिद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनु भएको हो ।
स्थानीय समुदायलाई सचेत बनाउदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्र्तगत संचालित कार्यक्रममा वडा कार्यालयले अगामी वर्षको कार्य योजनामा कृषीमा आत्म निर्भर गराउन सिचाइमा आत्म निर्भर बनाउने र कृषी मिटरको यूनिट वडा कार्यालयले बुझाइदिने योजना रहेको बताउनु भयो ।

कृषी शाखाका संयोजक शिवशंकर यादवले नेपाल कृषी प्रधान देश भए पनि कृषीमा आत्म निर्भर हुन नसकेको बताउनु भयो । गाउँपालिकाले कृषीमा १५ लाख मात्र बजेट बिनियोजन गर्दा सबै कृषकहरुको माग पुरा गर्न नसकिएको बताउनु भयो । ६ जना दरबन्दी रहे पनि शाखामा एकल्यैले काम गर्नु पर्दा झनै समस्या भएको बताउनु भयो ।
जग्गामा रसायनिक मल तथा विषादी प्रयोग गर्दा स्वासथ्यमा गम्भीर समस्या भएको र उत्पादनमा कमी हुदा भारतसंग अन्नको लागि निर्भर पर्ने अवस्था सृजना भएको बताउनु भयो ।
शिक्षा शाखाकी मन्जु साहले बिद्यालयहरुमा दिवा खाजाको लागि प्रत्येक बिद्यार्थी वापत १५ रुपियाको दरले रकम निकाशा गरएिको बताउनु भयो ।
त्यसैगरी राजपुर माविका प्रअ शत्रुधन यादवले मानवअधिकार भित्र शिक्षा, स्वास्थ्य, कृषी, खाद्य अधिकार पर्ने भएकोले गापाले मानवअधिकारको प्रत्याभुति गराउन यि अधिकारहरुको सुनिश्चितता गर्नु पर्ने बताउनु भयो । दिवा खाजाको लागि दिएको १५ रुपियाले पोसिलो खाजा खुवाउन समस्या भएको बताउनु भयो ।

त्यसैगरी जनता मावि गौरीपुरका प्रअ प्रहलाद यादवले बिधार्थीहरुलाई जंकफुडको बानी लागेकोले बिद्यालयले प्रदान गर्ने पोसिलो खाजा खान रुचि नगर्ने र नुनिलो पीरो खाजा दिदा खान रुचाउने बताउनु भयो । पहिला जैबिक मल प्रयोग गर्दा उत्पादन बढने र पौष्टिक खाना पाउने भए पनि अहिले विषादी यूक्त अन्न खादा रोगि बिरामी हुने भएकोले गाउपालिकाले बीषदी, नियन्त्रन गर्न जोड दिनु पर्ने बताउनु भयो ।
संचारकर्मी अनिरुद्ध ठाकुरले इन्सेकले समुदायलाई सचेत बनाएर निकायलाई जिम्मेबार बनाउन मद्दत गरेको बताउनु भयो । गाउपालिकाले मल, बिउ बितरण गर्न नसक्ने र किसानले भारतबाट ल्याउदा बोडरमा समस्या गर्ने हुदा किसानहरु मारमा परेको र उत्पादन नहुदा भारतको अन्नमा निर्भर हुनु परेको बताउनु भयो । गाउपालिकाहरुले योजना बनाएर राम्रो उत्पादन गर्ने कृषकहरुलाई पुरुसकार दिनु पर्ने र किसानहरुलाई तालिमहरु दिनु पर्ने बताउनु भयो ।
जनता माविका जितेन्द यादवले दिवा खाजा पौष्टिक यूक्त नभएको र खाजा दिदा कागजमा दिने गरेको बताउनु भयो ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A