बालबालिकाहरुलाई पाठ्य पुस्तक एवं दिवा खाजा रकम वितरण

  • असार २४, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहान नगरपालिका ४ स्थित रहेको लक्षमण ललिता कुशवाहा माध्यमिक विद्यालय, रघुनाथपुरमा विद्यार्थीहरुलाई पाठ्य पुस्तक र दिवा खाजाको रकम वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा-५ सम्मका तीन सय जना विद्यार्थीहरुलाई दैनिक पन्द्र रुपैयाको दरले दलित विद्यार्थीलाई २ हजार ३०५ रुपैया, गैर दलितलाई एक हजार ९०५ रुपैया र महिला विद्यार्थीलाई २ हजार ३३५ रुपैयाका दरले दिवा खाजा कार्यक्रम बापतको रकम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शिवशंकर महतोले जानकारी दिनुभएको हो ।

उक्त अबसरमा एक कक्षा देखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहतोले जानकारी दिनुभयो ।

IMG_20210708_091607

मधेशी समुदायको बाहुल्यता रहेको उक्त विद्यालयलाई शिक्षा क्षेत्रमा अव्वल बनाउनका लागि विद्यालय व्यवस्थापन समिति, स्थानीयबासी, जनप्रतिनिधिहरु लागि परेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेहतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथिको रुपमा लहान नगरपालिका शिक्षा संयोजक राजकुमार साह, वडाअध्यक्ष रामदयाल महतो, पत्रकार, शिक्षक, अविभावकहरुको उपस्थितिमा पुस्तक र दिवाखाजा रकम वितरण कार्यक्रम गरिएको थियो ।

IMG_20210708_091500

विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने हेतुले सरकारले प्राथमिक तहसम्मका सबै सरकारी विद्यालयमा दिवा खाजाको सुविधा दिएको छ । सरकारी विद्यालयमा कम भर्ना हुने र बीचमै पढाइ छोड्ने प्रवृत्ति बढ्दै गएपछि विद्यार्थी आकर्षण गर्नका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

IMG_20210708_091424

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A