बालबालिकाहरुलाई पाठ्य पुस्तक एवं दिवा खाजा रकम वितरण

  • असार २४, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहान नगरपालिका ४ स्थित रहेको लक्षमण ललिता कुशवाहा माध्यमिक विद्यालय, रघुनाथपुरमा विद्यार्थीहरुलाई पाठ्य पुस्तक र दिवा खाजाको रकम वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा-५ सम्मका तीन सय जना विद्यार्थीहरुलाई दैनिक पन्द्र रुपैयाको दरले दलित विद्यार्थीलाई २ हजार ३०५ रुपैया, गैर दलितलाई एक हजार ९०५ रुपैया र महिला विद्यार्थीलाई २ हजार ३३५ रुपैयाका दरले दिवा खाजा कार्यक्रम बापतको रकम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शिवशंकर महतोले जानकारी दिनुभएको हो ।

उक्त अबसरमा एक कक्षा देखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहतोले जानकारी दिनुभयो ।

IMG_20210708_091607

मधेशी समुदायको बाहुल्यता रहेको उक्त विद्यालयलाई शिक्षा क्षेत्रमा अव्वल बनाउनका लागि विद्यालय व्यवस्थापन समिति, स्थानीयबासी, जनप्रतिनिधिहरु लागि परेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेहतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथिको रुपमा लहान नगरपालिका शिक्षा संयोजक राजकुमार साह, वडाअध्यक्ष रामदयाल महतो, पत्रकार, शिक्षक, अविभावकहरुको उपस्थितिमा पुस्तक र दिवाखाजा रकम वितरण कार्यक्रम गरिएको थियो ।

IMG_20210708_091500

विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने हेतुले सरकारले प्राथमिक तहसम्मका सबै सरकारी विद्यालयमा दिवा खाजाको सुविधा दिएको छ । सरकारी विद्यालयमा कम भर्ना हुने र बीचमै पढाइ छोड्ने प्रवृत्ति बढ्दै गएपछि विद्यार्थी आकर्षण गर्नका लागि सरकारले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

IMG_20210708_091424

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A