ललकुमावि लहान–३ रघुनाथपुर प्रगतिपथमा

  • असार २५, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिकाले हाम्रो लहान, समृद्ध लहानको नारा तय गरेर अघि बढिरहेको छ । लहानको सम्पन्नताको लागि मात्रै नभएर कुनै पनि ठाँउको विकासमा शिक्षाको महत्पूर्ण भूमिका हुन्छ । सामुदायिक विद्यालय पछि परेको अवस्थामा केहि केहि विद्यालयहरु प्रगतिपथमा रहेको छ । यस्तो विद्यालयको श्रेणीमा लहान –३ स्थित लक्षमण ललिता क्ुशवाहा माध्यमिक विद्यालयलाई लिन सकिन्छ । दुई दशकदेखि मावि सञ्चालन रेहेको यस विद्यालयले प्रगति गर्नुको प्रमुख कारण विद्यालय व्यवस्थापन समितिको सक्रियता, शिक्षकहरुको लगनशीलता र समाजको सहयोगी भावना नै हुन् । लहान नगरपालिकाभित्र रहेको पशुपति आदर्श माध्यमिक विद्यालय र बस्तीपुर माध्यमिक विद्यालयको शैक्षिक इतिहास गौरव गर्न लायकको थियो । अहिले विगततको तुलना गर्दा वर्तमान अवस्थामा साँख खस्किएकै हो । तर यस्ता विद्यालयहरुको साँख खस्नु समाजको लागि ठूलो घाटा हो भनेतर्फ पनि समाजको ध्यान, स्थानीय सरकोरको पहल भइरहेकेकोले समग्रमा लहानको ५९ वटै सामुदायिक विद्यालयको सुधारको लागि ललकुमावि प्रेरणाको श्रोत बनिरहेको छ । यस अर्थमा पनि यस माविको व्यवस्थापन र शैक्षिक पक्षलाई सराहना गर्न आवश्यक छ ।

pragati pathma raghunathpur.photo 2
पूर्व पश्चिम राजमार्गसँग जोडिएको,पूर्वपट्टि शिव मन्दिर , पोखरुीको दक्षिणी र पश्चिमी डिलमा रहेको यस माविको यति वेलाको वाहिय पक्ष हेर्दा जो कोहिले पनि भने आवाज एउटै हुन्छ, सामुदायिक विद्यालय यस्तो हुनुपर्छ । पहेलो रङगमा रङिगएको, खानेपानीको वयवस्था भएको, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायत अन्य भौतिक विकासले गति लिएकै हो । यो अवस्था ल्याइ पुरयाउन केहि महिना पहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दाता परिवारबाट राम नारायण मेहता चयन भएर आएपछि उहाँको निरन्तरको सक्रियताले थोरै समयमा उललेखनीय प्रगतितर्फ उन्मुख रहेको छ । उहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लहान नगरपालिकाबाट मनोनित भएपछि विद्यालयमा कार्यभार सम्हालदा एक औपचारिक कार्यक्रममा आफूले यस विद्यालयको शैक्षिक र भौतिक पक्षमा व्यापक सुधार गर्ने प्रतिवद्धता गर्नु भएको थियो । त्यस प्रतिवद्धता अनुसार उहाँ विहानदेखि वेलुकासम्म सक्रिय भएर विद्यालयको दिन दुगुणा रात चार गुणा को हिसावले काम गरि रहनु भएको छ ।

pragati pathma raghunathpur.photo 3
त्यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा होस् चाहे विद्यालयको प्रधानाध्यापक भएर कोहि आउन र विद्यालयका शिक्षकहरु किन नहुन विद्यालय ववयस्थापन समितिको सक्रियता, प्रधानाध्यापक र शिक्षकहरुलाई आफ्नो दायित्व पुरा गर्नैपर्ने लीक नै बनि सकेको छ । विद्यालय व्यवस्थापन समितिले यस गतिमा काम नगरेको भए आज लक्षमण ललिता कुशवाहा मावि प्रगतिपथमा लम्कने थिएन । लक्ष्मण ललित कुशवाहा माविको सकारात्मक पक्षलाई लहानका अन्य सामुदायिक विद्यालयहरुले समेत ग्रहण गर्न आवश्यक देखिन्छ ।

pragati pathma raghunathpur.photo 4
यस विद्यालयलाई लहानकै नमूना विद्यालय बनाउनको लागि केहि समस्याहरु पनि छन् । हुन त यस विद्यालयको बारे स्थानीय सञ्चारकर्मीको हिसावले समान्य जानकारी रहेपनि केहि महिना अगाडि विद्यालय ववयस्थापन समितिको अध्यक्षमा रमा नारायण मेहता चयन भएपछि तीनपटक औपचारिक रुपमा पत्रकारहरुलाई बोलााउदा मलाई पनि यहाँको बस्तुस्थितिबारे कलम चलाउन अवसर मिल्यो । विद्यालयमा पुगेपछि शिक्षक , अभिभावक, विद्यालय ववयस्थापन समिति सबैबाट पाएको सूचनाले विद्यालयको प्रगतिको लागि सरोकारवाला सबैले गरेको एउटा प्रयास अझैसम्म सफल नभएको पाए, त्यो हो– विद्यालयको दक्षिणी भाग पोखरीको डिलमा रहेको मुनेश्वर महतोको घर खाली हुन नसकेको, विद्यालयकै हाताभित्र व्यक्तिको घर भने प्रश्न विद्यालयमा प्रवेश गर्ने जो कोहिले पनि गरिरहेको छ । यसको जवाफमा सबैको एउटै जवाफ हुन्छ के गर्ने जोर जर्वजस्ती गर्न मिल्दैन । मुनेश्वर महतोलाई आठ धुर जग्गा अन्यत्र वयवस्था गरेर खाली गराउन गरेको प्रयासमा सफल हुन नसेकै हो । यसले गर्दा विद्यालयलाई समस्या छ । अर्को पोखरीको डीलमा विद्यालय भएकोले विद्यालय समयमा स्थानीयहरु नुहाउन, लुगा सफा गर्न र बस्तुभाउलाई पानी खुवाउन ल्याउनुले पनि समस्या भइरहेको छ भने पोखरीकै डीलमा विद्यालय भएकोले साना बालबालिकाहरुको लागि सुरक्षाको हिसावले जोखिम छ । तेस्रो समस्या भनेको स्तरीय विद्यालयलाई स्तरीय खेल मैदान पनि चाहिन्छ तर त्यस विद्यालयमा खेल मैदान नहुनुले खेलकुद गतिविधि गराउन खेल मैदान छैन ।

pragati pathma raghunathpur.photo 5
वैश्विक महामारीको रुपमा रहेको कोरोना महामारीले शैक्षिक क्षेत्र निकै पछि परिरहेको छ । यस अवस्थामा पनि यस विद्यालयले रचनात्मक कार्यहरु गर्दै आइरहेका छन् । विहिबार यस विद्यालयले विधार्थीहरुलाई पाठ्यपुस्तक,खाजाको रकम र छात्रवृत्ति औपचारिक कार्यक्रमको आयोजना गरी नै सम्पनन गरेको छ । हुन पनि हो लोकतान्त्रिक व्यवस्थालाई मजबूत बनाउनको लागि जनसहभातिा र आर्थिक पारदर्शीतालाई प्राथमिकतामा राख्नुपर्छ जुन अभ्यासलाई अबलम्बन गर्न ललकुमावि अघि देखिएको छ । यस माविले तत्कालिन भोगिरहेको समस्यालाई समाधान गर्न तीनै तहको सरकारको शैक्षिक सहयोग आवश्यक देखिएको छ । यस विद्यालयमा विधार्थी संख्याको आधारमा शिक्षक व्यस्थापन गर्न ध्यान केन्द्रित होस् कारण एउटै कक्षामा सयभन्दा बढी विधार्थीलाई शिक्षण गर्नुपरिरहेको अवस्था छ ।

IMG_20210708_091500
लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयको सुधारको लागि शैक्षिक माहोल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, समाज र आम शुभचिन्तकहरुले ललकुमाविमा भइरहेको प्रगतिलाई आफ्नो विद्यालयमा समेत अभ्यासमा ल्याउन सके शैक्षिक रुपमा फड्को मार्न समय नलाग्ने देखिन्छ । गुणस्तरीय शिक्षाको सामाजिक राजनीतिक माहोल अनुकूल हुन जरुरी छ । ललकुमाविका व्यस्थापन समिति, शिक्षक र अभिभावकहरुको सन्तुलित प्रयासलाई लहान नगरपालिका शिक्षा शाखाबाट सहयोग होस् त्यस विद्यालयमा खेल मैदानको लागि स्थानीयहरुबाट जग्गा प्राप्ति होस् यो विद्यालय सामुदायिक विद्यालयको प्रगतिको लागि प्रेरणाको श्रोत बनोस शुभकामना ।

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A