जिवछ उदासी
लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान समृद्ध लहान’को नारा कार्यान्वयनको क्रममा नयाँ बजराको आधुनिकीकरण निर्माण कार्यमा सहयो गर्न सबैसँग आग्रह गर्नु भएको छ । लहान नगरपालिका–५ नम्बर वडा कार्यालयको नव निर्मित भवनलाई बाख्रा बजारमा समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।
चुनावमा गरेको प्रतिवद्धतामध्ये ९० प्रतिशत पुरा गरि सकेको दाबी गर्दै उहाँले गौरवको योजनाहरुमध्ये नयाँ बजारको नयाँ स्वरुप दिन निर्माण कार्य अघि बढाउने तयारी भइरहेकोले बाधा उत्पन्न नगरी सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख साहले भन्नुभयो,‘सहमति सहकार्य र एकताको माध्यमबाट लहानको समृद्धिको लागि वातावरण बनाउन प्रयासरत रहेपनि हरेक विकास निर्माणको कार्यमा बाधा उत्पन्न गर्ने र आदालत पुग्ने अभ्यास ठीक देखिएन ।’

नयाँ बजार निर्माण भएपछि अहिले पसल गर्ने व्यापारीहरुलाई नै निर्माण भएपछि प्राथमिकता दिने विश्वास दिलाउादै थप्पनुभयो,‘भौतिक निर्माण शिक्षा कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर शहरी र ग्रामीण भेगको विकासलाई सन्तुलनमा राखेको प्रष्टयाउनुभयो ।’थोरै बजेटमा धेरै काम गरेर देखाउने लहान नगरपालिकाको समृद्धि र विकासको कार्य अघि बढिरहेको वेला विरोधको लागि विरोध नगरेर रचनात्मक विरोध र सल्लाह दिन सबैमा आग्रह गर्दै साउन महिनादेखि कषकहरुको सबै सिंचाइ विद्याुत महसुल तिरि दिने नयाँ कार्यक्रम यस पटकको बजेटमा समेटिएको उहाँले जानकारी गराउनुभयो ।
पहिले र अहिलेको लहानमा कति फरक छ नगरवासीहरुले मूल्याङकन गरेर सहयोग र साथ दिनुपर्ने नगरप्रमुख साहले नलहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयको गुणस्तरीय सुधारको लागि प्रयास गर्दा पटक पटक आदालती झमेला सृजना गरेर उच्च मनावलका साथ काम गर्ने शिक्षा समितिलाई अप्ठयारोमा पारी रहेको प्रष्टयाउनुभयो । लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीले लहान–५ नम्बरको बाख्रा बजारमा जहाँ फोहोरको डुङगुर थियो , त्यस ठाँउलाई सुन्दर बनाउनुको साथै ५ नम्बर वडा कार्यालय भवन निर्माण कार्य गरेर लहानको समेद्धि र विकासको उदाहरणीय काम भएको बताउनुभयो ।
लहान नगरपालिकाका प्रवक्ता तथा शिक्षा संयोजक राज कुमार साहले लहान नगरपालिकाले सबै क्षेत्रको सन्तुलित विकास गरेर अघि बढ्ने क्रममा शिक्षा क्षेत्रमा गरिरहेको परिवर्तन र सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि गरेको शिक्षक सरुवालाई असफल पार्न भइरहेको प्रयासले सोचे अनुसारको कार्य हुन नसकिरहेको बताउनुभयो ।
लहान–९ र १२ नम्बरका वडाध्यक्षहरु क्रमशः प्रदिप कुमार चौधरी र बद्री नारायण चौधरीले लहान –५ ले वडा कार्यालय निर्माण गरेर प्रशंसनीय काम गरेकोले यस अभ्यासलाई वडा कार्यालय नभएका वडाहरुले समेत व्यवहारमा उतार्ने धारणा राख्नुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य रामरति रामले हाम्रो लहान, समृद्ध लहानको नारा कार्यान्वयन गर्न लहान नगरपालिकाका जन प्रतिनिधिहरुले इमानदारीपूर्वक काम गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा पटक पटक जिल्ला विकास समितिका क्षेत्रपाल हुनु भएको बयोवृद्ध नेकपा एमालेका नेता भक्त बाहादुर भट्टराइले लहानको नयाँ बजार निर्माण कार्यमा कसैले पनि तगारो उत्पन्न गर्न नहुने तर्क गर्नुभयो । लहान–५ नम्बरका जनतासँग गरेका प्रतिवद्धता पुरा गर्न नगरप्रमुख साहले सहयोग गर्दै आइरहेको भन्दै वडाध्यक्ष सुलेमान मिया अन्सारीले वडा कार्यालय भवन निर्माण भएपछि वडाबासी जनताका काममा राहत मिल्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिलला कमिटिका सचिवालय सदस्य विष्णुलाल साह लहान–१३ का वडाध्यक्ष इश्वर वाहादुर बस्नेत,लहान –२३ का वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता, लहान –४ का वडाध्यक्ष रामनाथ पण्डित लगायतका जनप्रतिनिधिहरुको उपसिथति रहेको थियो । कार्यक्रमको सञ्चालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साह र स्वागत मन्तव्य वडा सदस्य राम कुमारी पासवानले गर्नु भएको थियो ।
लहान नगरपालिकाको २४ वटा वडाहरुमध्ये ११ वटा वडामा वडा कार्यालय निर्माण हुने कार्य अघि बढिरहँदा लहान–५ सबैभन्दा पििहलो वडा कार्यालय सममया सम्पन्न हुने वडामा परेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A