सिरहामा बलात्कारका घटनामा बृद्धि

  • असार ३१, २०७८
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता,

सिरहा । सिरहामा पछिल्लो समय बलात्कारका घटनामा बृद्धि हुुन थालेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाकोे तथ्याकंअनुसार पछिल्लो छ महिनाको अवधिमा २५ वटा बलात्कारका घटना दर्ता भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

pic 1 (4)

प्रस्तुत प्रतिवेदनमा जिल्लामा ५२ वटा मानवअधिकार हननका घटनाहरु संकलन गरीएको थियो । जसमा राज्य पक्षबाट १ र ५१ वटा घटना गैर राज्य पक्षबाट भएको थियो । बालिका बलात्कारका १७ वटा घटना, यौनदुरव्यवहारको ६, महिला बलात्कारको ८, बलात्कार प्रयास, ५, बेचबिखन १, परिवारजनबाट हत्या ३, कथित बोक्सीको आरोप २, बहुबिबाह ४, बमबिष्फोट १ लगायतका ५२ वटा घटना भएको तथ्यांक प्रस्तुत गरीएको थियो । ५२ वटा घटनामा ११ पुरुष ५५ महिला गरी ६६ जना पीडित भएको छ ।

मानवअधिकार संरक्षण केन्द्र संजालको समन्वयमा संचालित कार्यक्रममा लहान नगरपालिकाकी उपपमुख सरियार चौधरीले महिला, बालबालिकाहरु बढी पीडित हुने गरेको र समाजमा घटनाहरुलाई मिलाउन दवाउन अगुवाहरु लागि परेको बताउनु भयो । कानून भन्दा माथि कोइ नभएकोले कानून अनुरुप हुने न्याय सबैले गर्नु पर्ने र आफुले पनि न्यायीक समितिमा आउने समस्याहरु संघसंस्था, प्रहरीहरुको सहयोगमा कानून अनुरुप मिलापत्र गराउने गरेको बताउनु भयो ।

pic 1 (6)

इलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्ण बहादुर खडकाले मानवअधिकारको संरक्षणको जिम्मेबारी सरकारको भएकोले मानवअधिकारको संरक्षणमा सरकार पन्छिन नमिल्ने बताउनु भयो । पहिलाको तुलनामा अहिले राज्य सजग भएकोले राज्यबाट हुने हननका घटनाहरुमा कमी आए पनि शुन्य हुन नसकेको बताउनु भयो । मानवअधिकारका घटनाहरुको न्यूनिकरणका लागि संघसंस्था तथा सरोकारवालाहरुले संयूक्तरुपमा कार्ययोजना बनाइ काम गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकबाट हामिले सिक्ने गरेको बताउनु भयो । प्रहरी ऐन अनुसार अपराध अनुसंधान, शान्ति सुरक्षाको जिम्मेवारी भए पनि प्रहरीले हरेक क्षेत्रमा काम गर्नु परेको बताए । घटनाहरुलाई आफुले गम्भिररुपमा लिएको र सबैको सहकार्यमा यस्ता घटनाहरु बिरुद्ध अभियान तिव्ररुपमा संचालन गर्ने डिएसपी दाहालले बताउनु भयो ।

अधिकारकर्मी सुनिलकुमार साहले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकले सबैलाई अबको काम गर्ने दिशा प्रदान गर्ने बताउनु भयो । इन्सेकले घटनाहरुको तथ्याकं मात्र प्रकाशन नगरेर घटनाको कारण, अवस्था र बिश्लेष गर्नु पर्ने बताउनु भयो । संगठित अपराध भन्दा घर भित्रको अपराध बढेकोले कारणको बिश्लेषण इन्सेकले गर्न सक्ने भएकोले अब एतातिर पनि ध्यानदिन जरुरी भएको बताउनु भयो ।

pic 1 (3) 2

अधिकारकर्मी श्यामकुमारी साहले घरेलु हिंसाको तथ्यांक मात्र नराखेर घटनाहरु पनि राख्न जरुरी रहेको बताउनु भयो । बलात्कारका घटनाहरु बृद्धि भएकोले सबैले यस प्रति गम्भिर हुन आवश्यक रहेको र प्रहरीहरुबाट गोपनियता कायम नहुदा हामि अधिकारकर्मीहरु पनि जोखिममा रहेको बताउनु भयो ।

मानवअधिकारकर्मी देवराज पोखरेलले मानवअधिकार वर्ष पुस्तक मानवअधिकारको दस्ताबेज भएको बताउनु भयो । राष्टिय तथा अन्तराष्टि व्यत्तिहरुको लागि श्रोत पुस्तकको रुपमा रहेको र निति निर्माताहरुको लागि निति बनाउन सहयोगी रहेको बताउनु भयो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A