अनलाइनमा विधार्थी नजोडिएपछि भौतिक उपपिस्थतिमै विद्यालय सञ्चालनको लागि छलफल सुरु

  • श्रावण ७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिकाका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विधार्थीहरु वैकल्पि विधिबाट पढ्न नजोडिदा माथिल्लो कक्षा भौतिक उपस्थितिमा नै सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेर सरोकारवाला निकायहरुसँग पहल थालिएको छ ।


लहान–३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहता र विद्यालयका प्रधानाध्यापक शिब शङकर मेहताले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक व्यवस्थापन समिति र लहान नगरपालिकाको शिक्षा समितिका सदस्यहरुसँग अन्तरक्रिया गरेर यस्तो पहल थालिएको हो ।


कोभिड–१९ को कारण बन्द रहेका विद्यालयहरु अब विस्तारै कक्षा ६ देखि माथिको विद्यालयहरु स्वास्थ्य मापदण्डहरु पुरा गरेर सञ्चालनमा आउनुपर्ने सामुदायिक विद्यालयहरुको तर्फबाट शिक्षक संघ लहानका अध्यक्ष तथा श्री जनता माध्यमिक विद्यालय सोनमति गढाका प्रधानाध्यापक अरविन्द दास र नेपाल शिक्षक संगठन लहानका सचिव तथा लेखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यपक राम विलेक्षण महतो र प्यावसनको तर्फबाट देव आइडिअल माविका प्रिन्सपल मुरारी प्रसाद साह र एन प्यावसन प्रदेश २ का अध्यक्ष तथा लिटिल स्टार माध्यमिक विद्यालय लहानका जय प्रकाश चौधरीले धारणा राख्नुभयो ।

school kholn pahal suru news.photocapsion jibachh
उहाँहरुको अनुसार सबै क्षेत्र करिब करिब खुलि सकेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गरेर भौतिक दुरीको मापदण्ड अपनाएर सामुदायिक र संस्थागत विद्यालय खोल्न सरोकारवाला निकायहरु नगरपालिका प्रमुख जिल्ला अधिकारी लगायतका निकायहरुसँग विश्वसनीय बतावतरण बनाएर शिक्षण कार्य सुचारु गर्न आवश्यक छ । वैकल्पिक विधि अनलाइन प्रणलीमा जति गरेपनि विधार्थीहरु जोडिन नचाहेपछि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालनमा जोड दिएका छौ ।


अभिभावकहरुले समेत सबै क्षेत्र खुलि सकेको अवस्थामा विद्यालयहरु खुल्नुपर्ने माग गर्न थालेपछि विद्यालय सञ्चालनको लागि पहल सुरु गरेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयका व्ववस्थापन समितिको अध्यक्ष राम नारायण मेहताले जानकारी दिनुभयो ।


अनलाइन विधिबाट कूल विधार्थी संख्याको दस प्रतिशत विधार्थीहरुबाट नजोडिएको भन्दै लहानका सामुदायिक संस्थागत शैक्षिक क्षेत्रहरुले स्वास्थ्य विज्ञहरुले दिएको मापदण्ड वा निर्देशनलाई ध्यानमा राखेर भौतिक उपस्थितिमा विद्यालय क्याम्पसहरु सञ्चालनमा ल्याउनुपर्ने लहान स्थित जेएस मुरारका बहुमुखी क्यामपसका प्रमुख तुलसीराम पोखरेलले बताउनुभयो ।


यता लहान नगर शिक्षा समितिका अध्यक्ष समेत रहनु भएको नगरप्रमुख मुनि साहले विद्यालय सञ्चालनमा ल्याउन स्वास्थ्य मापदण्ड पुरा गर्ने विश्वसनीय वातावरण बनाउने प्रतिवद्धता देखाएमा जिलला प्रशासन र स्वास्थ्य कार्यालयबाट विद्यालय सञ्चालनमा ल्याउन पहल थाल्ने जानकारी दिनुभयो ।


छलफलमा पडरयिा माविका प्रधानाध्यापक राम सेवक यादव, जनता आधारभूत विद्यालय बैरिया गुँदीगाँउ लहान–१० का रङगलाल साह,श्री बस्तीपुर माधयमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद यादव,श्री सगरमाथा माध्यमिक विद्यालय ढोडना–१५ का प्रधानाध्यापक देस्त बाहादुर भट्टराई,श्रपशुपति आदर्श माविका प्रधानाध्यापक डा. महेन्द्र प्रसाद चौधरी, श्री जनता माध्यमिक विद्यालय गोबिन्दपुर झिरहरी लहान–१७ का प्रधानाध्यापक नारायण साह,लोटस माध्यमिक विद्यालयका प्रिन्सपल सुदिप चौधरी , प्यारागन माध्यमिक विद्यालयका प्रिन्सपल उमेश चौधरी,बेबी एङगेलसका प्रिन्सिपल श्याम साह सगरमाथा माविका विद्यालय व्वयस्थापन समितिका अध्यक्ष तथा लहान नगर शिक्षा समितिका सदस्य विरेन्द्र कुमार चौधरी । नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव, पत्रकार शिव कुमार साह लगायताहरुले छलफलमा भाग लिएका थिए ।

 

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A