फुसको घरबाट सुरु भएको विद्यालयमा पक्की भवन निर्माण हुने भएपछि स्थानीय खुसी

  • श्रावण १७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,साउन १७ गते । लहान नगरपालिका –३ स्थित दलित बस्तीमा रहेको सन्यासी आधारभूत विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको दुई कोठे पक्की भवन निर्माण हुने भएपछि स्थानीयहरु खुसी भएका छन् । फुसको घर निर्माण गरेर सञ्चालनमा आएको यस विद्यालयका पक्की दुई कोठे भवन निर्माण सुरु भएपछि स्थानीयहरु खुसी भएका हुन् ।

schoolle pakki bhawan paepaxi khusi.photo 2
स्थानीय नगिना पासवान भन्नुहुन्छ,शुक्रबार विद्यालयमा पक्की भवन निर्माणको लागि लहान नगरप्रमुख मुनि साहको आगवन भएपछि हर्षले खुसी भयौ । २०५४ सालमा वाँसको फुसको घर बनाएर बाल विकासबाट स्थापना भएको यो विद्यालय कक्षा–३ सम्म चलिरहेको छ । पक्की भवन निर्माण होला र गरीव दलित बसतीमा रहेको विद्यालयको प्रगति होला भने विश्वास थिएन तर विद्यालय भवनको शिलान्यास नै भएपछि अब केहि होला भने नगिना जस्तै स्थानीयहरु हर्षित मुद्रामा शिलान्यास कार्यक्रममा खुसी व्यक्त गरि रहेका थिए ।
यस विद्यालयको विकासको लागि नगरपालिकाले ध्यान देला भने विश्वास थिएन तर दुई कोठे पककी भवन निर्माणको शिलान्यास नगरप्रमुख साहले गरेपछि अब यो विद्यालयको प्रगतिको लागि माहोल बन्यो भने आसा जागेको अर्को स्थानीय विलट चौधरीले हर्ष प्रकट गर्दै स्थानीयहरुको समस्या समाधान गर्न स्थानीय सरकारको ध्यान गएकोमा धन्यवाद भन्नुभयो ।

schoolle pakki bhawan paepaxi khusi.photo 3
मुस्लिम, पासवान, सदाय समुदायको बस्तीका बालबालिकालाई लक्षित गरेर स्थापना भएको यस विद्यालयको प्रगतिको लागि लहान नगरपालिका शिक्षा शाखाले यस वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे भवन निर्माण गर्न लागेको शिक्षा संयोजक राज कुमार साहले जानकारी दिनुभयो ।


विकासको जग शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर लहान नगरपालिकाले सामुदायिक विद्यालयहरुको भौतिक र शैक्षिक सुधारको लागि योजनावद्ध रुपमा अघि बढिरहेको लहान नगरप्रमुख मुनि साहले भन्दै यस विद्यालयलाई नमूना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


उहाँले थप्नुभयो,‘२०५४ सालमा प्रथम पटक नगरप्रमुख हुँदा यस विद्यालयको स्थापना गरे दोश्रो पटक नगरप्रमुख चुनिएपछि व्यवस्थित विद्यालय बनाउनतर्फ लागेका छौ । लहान नगरपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुण स्तर सुधार गर्नको लागि गरेको प्रयासहरुलाई सफल बनाउन सबैको सहयोग आवश्यक छ ।’

schoolle pakki bhawan paepaxi khusi.photo 4
लहान नगरपालिका वडा नम्बर–३ का वडाधयक्ष राम दयाल महतो र व्यवस्थापन समिति परिवार र समाजका अगुवाहरुले विद्यालयको भौतिक र शैक्षिक प्रगतिको लागि गरिरहेको सहयोगले विद्यालयको प्रगति गर्न हौसला मिलेको त्यस विद्यद्यालयको प्रधानाध्यापक राम चतुर महतोले विश्वास व्यक्त गर्नुभयो । त्यस गरीव दलितका स्थानीयहरुले व्यवस्थित सड्क,सुरक्षित बस्ती र रोजगारीकोको वयवस्थाको लागि सामुहिक माग गर्दै नगरप्रमुख साहलाई ध्यान आकर्षण गराएका थिए ।

 

 

 

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A