सितापुर स्वास्थ्य चौकीमा निःशुल्क प्रसुति सेवा केन्द्र (बर्थिङ्ग सेन्टर) संचालन

  • साउन २९, २०७८
  • समृद्धिपथ
alt

एलवी यादव,

लहान । ‘सुरक्षित मातृत्व, हामी सबैको दायित्व’ भन्ने मुल नाराका साथ सिरहाको लक्ष्मीपुर पतारी गाँउपालिका वडा नं ६ सितापुरमा २४सै घण्टा निःशुल्क प्रसुति सेवा केन्द्र (बर्थिङ्ग सेन्टर)को स्थापना भएको छ। सरकारको नीति अनुसार हरेक गर्भवती महिलाको प्रसुति घरमा नभई स्वास्थ्य संस्थामा हुपर्ने भएकोले सितापुर स्वास्थ्य चौकीमा प्रसुति सेवा केन्द्र (बर्थिङ्ग सेन्टर) स्थापना भई संचालनमा आएको हो ।

लक्ष्मीपुर पतारी गापाका जनताले पनि सो सुविधा पाएकामा स्थानीय वासीहरु हर्षविभोर भएका छन्। स्वास्थ्य चौकी सितापुरमा २४ सै घण्टा प्रसुति सेवा संचालनमा रहने र सो कार्यका लागि स्वास्थ्य चौकी २४ सै घण्टा तत्पर रहने उक्त स्वास्थ्य चौकीका प्रमुख झौली साहले जानकारी दिनुभयो।

लक्ष्मीपुर पतारी गा पा वडा नं ६ का वडाध्यक्ष राजेश्वर साह सुडीको अध्यक्षतामा सम्पन्न भएको उक्त वर्थिङ्ग सेन्टर उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष रामवल्लभ साह तथा विशिष्ट अतिथिमा उक्त गाउँ कार्यपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुमित्रा लामा थिए।

त्यस्तै अतिथिहरुमा गाउँपालिका भित्रका स्वास्थ्य चौकी प्रमुखहरु, प्रहरी चौकी सितापुरका प्रतिनिधि, गाउँकार्यपालिकाका विभिन्न शाखा प्रमुखहरु लगायत स्थानिय राजनितिकर्मी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रमुखहरु उपस्थित रहेको थियो ।
प्रमुख अतिथिको आशनबाट बोल्दै गाउँपालिका अध्यक्ष साहले वर्थिङ सेन्टरमा एम्वुलेन्स निःशुल्क संचालन हुने, पहिलो प्रसुतिलाई रु ५ हजार नगद पुरस्कार दिने, प्रत्येक प्रसुतिलाई सारी, पेटिकोट र मग एक थान उपलब्ध गराउने प्रतिवद्धता सहित उक्त सेन्टरमा खानेपानी अभावलाई समाधान गर्ने समेत उद्घघोष गर्नु भयो ।

त्यस्तै वडाध्यक्ष राजेश्वर साह सुडिले स्वास्थ्य चौकी सितापुर (प्र।ध)का स्वयंसेविकाहरुलाई यस बर्षको बजेटबाट १०÷१० हजार रुपैया दिने उद्घघोष गर्नुभयो। कार्यक्रम संचालन अबधिभरको लाईभ भिडियो स्थानीय युवा अरबिन्द साहले प्रसारण गरे भने अतिथिहरुलाई स्वास्थ्य चौकीका अनमी श्यामकुमारी यादव र अहेव सोनी खातुनले खाँदा ओढाएर सम्मान गरेका थिए ।

त्यस्तै स्वागत मन्तव्य स्वास्थ्य चौकीका प्रमुख झौली साहले राखेका थिए भने कार्यक्रम रेडियो सरगमका समाचार बाचक एलबि यादवले संचालन गरेका थिए।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A