लहानमा निशुल्क मास्क वितरण र जनचेतना मुलक र्याली

  • साउन २९, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गए पनि लहानमा मास्कको प्रयोग गर्न छाडेपछि निशुल्क मास्क वितरण थालिएको छ । विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा, जिल्ला उद्योग वाणिज्य संघले अनिवार्य मास्क लगाउन आग्रह गर्दै निशुल्क मास्क वितरण गरिएको हो।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि ‘म तपाईँको लागि मास्क लगाउँछु, तपाई मेरो लागि मास्क लगाइदिनुहोस्’ भन्ने नारा सहित सचेतनामूलक निशुल्क मास्क वितरण कार्यक्रम सञ्चालन गरिएको लहान सिटी जेसीजका पूर्व अध्यक्ष शंकर प्रसाद गुप्ताले sनकारी दिनुभयो ।

लहान बजार तथा आसपासका क्षेत्रमा समेत मास्क नलगाइ पैदल यात्रा गर्नेलाई निशुल्क मास्क वितरण गरिएको जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्यले जानकारी दिनुभयो ।

यस अभियानका सहयोगी संस्थाहरुमा रोटरी क्लव अफ लहान, लाइन्स क्लव लहान सिटी, लाइनस क्लव सनसाइन लहान, लाइन्स क्लव हाइट लहान, लहान सिटी जेसीज, नेपाल औषधि व्यवसायी संघ सिरहा लहान, सुनचाँदी व्यवसायी संघ लहान, नेपाल आर्बुद्ध रोग निवारण संस्था लहान, सगरमाथा वितरण संघ लहान, मदिरा व्यवसायी संघ प्रदेश नम्बर २ र होटल तथा मदिरा व्यवसायी संघ सिरहा लहान रहेको अध्यक्ष अमात्यले जानकारी दिनुभयो ।

भौतिक दुरी कायम गरौं, ग्राहकहरुले अनिवार्य रुपमा मास्क लगाऔं, पसलबालाहरुको अनिवार्य रुपमा सेनिटाइजर वा साबुन पानीको व्यवस्था गरौं, ग्राहकहरुले अनिवार्य हात सेनिटाइज गरौं वा साबुन पानीले हात मिचि मिचि धोऔं भन्ने नारा लेखिएका व्यानर सहित शुक्रबार जनचेतना मुलक ¥याली निकालेका थिए ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A