रजत जयन्तीको अवसरमा दाता परिवारलाई दोसल्ला ओढाएर सम्मान

  • भदौ १, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,साउन ३२ गते । लहान–३ स्थित रहेको लक्ष्मण ललिताच कुशवाहा माध्यमिक विद्यालयका दाता परिवारहरुलाई दोसलला ओढाएर सम्मनित गरेका छन् ।एसईई परीक्षामा सामेल भएका विधार्थीहरुको २५ वर्ष पुगेको अवसरमा विद्यालय व्यवस्थापन समितिले विद्यालयको स्थापनाकालदेखि हालसम्म आर्थिक रुपले सहयोग गरिरहेका दाता परिवारहरुलाई सम्मान गरेको हो । स्थानीय दाताहरुले आफ्नो हैसियत अनुसार विद्यालयलाई सहयोग गरिरहेकोले यस विद्यालयको भौतिक र शैक्षिक प्रगति अन्य विद्यालयहरुको तुलनामा प्रगतिउन्मुख देखिएको छ ।


माध्यमिक विद्यालय सञ्चालन गर्न दाता बन्नु भएका पूर्व वन राज्य मन्त्री समेत भैसक्नु भएका लक्षमण मेहता र उहाँको पत्नी ललिता देवी मेहता, राम देव मेहतो, मुनेश्वर महतो र विद्यालय हाता भित्र महादेव,गणेश र हनुमानको मुर्ति स्थापनाका लागि दाता हुनु भएको विश्वनाथ महतो र उहाँको पुत्र नरेश महतोलाई दोसल्ला ओढाएर सम्मनित गरेका थिए ।

rajat jyanti ko absarma news.photo 5
जीवनमा धेरै कामहरु मध्ये विद्यालय बनाउन दाता भएर काम गरेकोमा ठूलो गौरव महसुस भइरहेको पूर्व मन्त्री लक्षण मेहताले खुसी व्यक्त गर्दै यस विद्यालयलाई प्रदेश २ कै नमूना विद्यालय बनाउनको लागि व्यवस्थापन समिति र विद्यालयका शिक्षकहरु लाग्नुपर्ने धारणा राख्नुभयो । विद्यालयको दाता र प्रधानाध्यापक दुबै भएर सेवा गर्ने अवसर पााउदा २०६४ सालको संविधान सभाको निर्वाचनमा सभासद चुनिएर वन राज्य मन्त्री सम्म बन्न पाएको उहाँले हर्ष पोख्नुभयो ।


छठ पर्व मनाउने पोखरीको रुपमा प्रख्यात यस माविको अगाडिको पोखरीको डिलमा गणेश हनुमानको मूर्ति अनावरण गर्ने अवसर पाउनुको साथै शिक्षा क्षेत्रमा मैले गरेको योगदानको कदर गरेर बुढेस कालमा दोसल्ला ओढाएर सम्मान गरेकोमा असााधयै खुसी भएको पशुपति माविका पूर्व प्रधानाध्यापक विश्वनाथ महतोले खुसी व्यक्त गर्नुभयो ।

rajat jyanti ko absarma news. photo 3 1
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद सम्हालेको राम नारायण मेहताले तीन महिनामा नै विद्यालयको रङगरोगन,भौतिक निर्माण, खानेपानी लगायत दर्जनौ कामहरु गरेर विद्यालयको साँख बढाउन विहानदेखि बेलुकासम्म विद्यालयमा समय दिइने यस्तो सक्रिय अध्यक्ष प्रदेश २ मा नै थोरै संख्यामा रहेको लहान–३ का वडाध्यक्ष राम दयाल महतोले बताउनुभयो ।व्यवस्थापन समितिको सक्रियता र शिक्षकहरुको कुशलताले विद्यालय प्रदेशकै नमूना विद्यालय हुने आशा जगाएको उहाँले तर्क गर्नुभयो ।


विद्यालयलाई शैक्षिक र भौतिक रुपमा अघि बढाउन लहान नगरपालिका, वडा कार्यालय र स्थानीय अभिभावकहरुबाट भइरहेको सहयोगले विद्यालयको प्रगतिको लागि अनुकूल माहोल बन्दै गइरहेको प्रधानाध्यापक शिब शङकर महतोले जानकारी दिनुभयो ।

rajat jyanti ko absarma news.photo 4
२०३१ सालमा स्थापित विद्यालय माध्यमिक स्तरको पढाई सञ्चालन भएको २५ वर्षमा त्यस भेगका सामुदायिक विद्यालयहरुमध्ये गुणस्तरीय शिक्षाको लागि ख्याति कमाएकोले यस विद्यालयमा अहिले पनि अन्य जिल्लाबाट विधार्थीहरु पढ्न भर्ना भइरहेको विद्यालयले जनाएको छ ।

 

 

 

 

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A