गरीव बस्तीमा राहत वितरण गर्दै हण्ड्रेड ग्रुप्सका अध्यक्ष बब्लु गुप्ता

  • भदौ १, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान–२३ गढामा जन्मिएका बब्लु गुप्ता देशको राजधानी काठमाण्डौ देखि जन्मधर्ती रहेको सिरहा जिल्लामा समेत कोभिडको चपेटामा परेका गरीब दलित बस्तीहरुमा विभिन्न राहत सामग्री बाँडदै आउनु भएको छ । यतिवेला ५० हजार हवाई हाम्रो नेपाल चप्पल वितरण गर्ने उद्येश्यले सिरहाको लहान र वरिपरिका गाँउपालिकाहरुमा सक्रिय रहनु भएको छ । हण्ड्रेस ग्रुप्स नामक संस्था दर्ता गराएर स्वदेशी विदेशीहरुसँग आर्थिक सहयोग जुटाएर राहत वितरण लागेको हो ।


समस्यामा परेका हजारौ व्यक्तिलाई निःशुल्क खाना खुवाउने,चावल दाल र स्वास्थ्य सामग्री वितरण गरेर राष्ट्रिय पहिचान बनाउन सफल बब्लु गरीवहरुलाई मद्यत गर्न पाँउदा आफूलाई साह्रै आन्द लागेको बतँउदै यस कार्यलाई निरन्तता दिइरहने दृढता व्यक्त गर्नुभयो ।


काठमाण्डौमा स्वास्थ्यकर्मीको रुपमा काम गरिरहेका बब्लु हण्ड्रेड ग्रुप्स नामको संस्था दर्ता गराएर कोभिडको चपेटामा परेका नागरिकहरुलाई सस्तोमा खाना खुवाउने र आवश्यक साम्रगीहरु राहतको रुपमा वितरण गर्दै आइरहेको हण्ड्रेड ग्रुप्सले सोमबार लहान –२३ गढा, सखुवान्कारकटि–३ पोर्ताहा र २ पटना लगायतका स्थानहरुमा चार सय चप्पल वितरण गर्न आइपुगेका बब्लु भन्नुभयो,‘विदेशमा रहेका नेपाली दाजु भाइहरुले हण्ड्रेड ग्रुप्सलाई गरेको सहयोगले लाखौ रकमका राहत सामग्रीहरु वितरण गर्न सफल भएका छौ ।’सुरुमा समस्या भएपनि यतिवेला सहयोगी हातहरुले विश्वास गरेपछि राहत सामग्री जुटाउन कुनै समस्या छैन ।’

bablu news.photo 1
पिता विष्णु गुप्ता नेपाली काँग्रेसका नेता हुनुहुन्छ,उहाँले गरिरहनु भएको समाजसेवाबाट प्रेरित भएर यस्तो महामारीको सङकटमा केहि गर्न सके पीताको राजनीति पृष्ठभूमिमा समेत सहयोग पुग्ने सोचले यसतर्फ लागेको बब्लुले छोटो कुराकनीमा बताउनुभयो ।


सिरहा जिल्लामा २१ व्टा अक्सिजन कन्सेन्ट्रेट, मास्क पिपिइ समेत उपलब्ध गराएर छोरा बब्लुले सराहनीय काम गरेको गौरव महसुस भइरहेको बब्लुका पीता विष्णु गुप्ताले खुसी व्यक्त गर्नुभयो ।

 

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A