अध्यादेश खारेजको माग गर्दै युवा विधार्थीद्वारा लहानमा प्रदर्शन

  • भदौ २, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ सिरहा र अनेरास्ववियस जिल्ला कमिटिको अगुवाईमा सरकारले ल्याएको अध्यादेश खारेजसँगै अन्य मागहरु राखेर लहानमा प्रदर्शन गरेको छ ।


लहान–५ बाख्रा बजारबाट निकलेको जुलुसले बजार परिक्रमा गरि मुख्य लोकतान्त्रिक चोक स्थित शहिद पार्कमा कोण सभा गरेर सम्पन्न भएको थियो ।अध्यादेश चाहिँदैन,पार्टी फुटाउन पाइदैन,अपगानिस्तानमा फसेका नेपालीहरुलाई फिर्ता ल्याउन र जजय सिंह धामीलाई न्याय देउ मुख्य नारा लगाएको थियो ।

yuba news.photo 7 1
कोणसभामा राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य धर्मराज चौधरीले माधव नेपालले पार्टी फुटाउनको लागि शेर बमहादुर देउवाको चाकरी गरेर सिंगो कम्युनिष्ट आन्दोलनलाई क्षति पुरयाउन ल्याएको अध्यादेश खारिज नहुञ्जेलसम्म युवा विधार्थीको संयुक्त आन्दोलन नरोकिने बताउनुभयो ।

yuba news.photo 1 1

अनेरास्विवियु जिल्ला अध्यक्ष सुधन कुशियतले आदालतको परमादेशले बनाई दिएको मापशे सरकार प्रतिगामी कदमहरु चाल्न सुरु गरेकोले सडक आन्दोलनबाट यो परमादेश सरकारलाई लोकतन्त्र, संविधान र सरकार कसरी चलाउनु पर्छ भने पाठ सिकाउन जररुरी रहेको तर्क गर्नुभयो ।


कोणसभामा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा विधार्थी इन्चार्ज दिनेश यादवले अध्यादेश फिर्ता नलिएसम्म,अपगानिस्तानबाट नेपालीहरुको उद्धार नभएसम्म र जयसिंह धामीले न्याय नपाएसम्म सडकमा विधार्थी युवाले सरकारलाई दबाब दिइरहने बताउनुभयो । जानादेश प्राप्त केपी ओलीको नेतृत्वको सरकारलाई ढालेर शेर बाहादुरको नेतृत्वमा सरकार बनाउने प्रचण्ड माधव नेपाल आउने चुनावमा जनततासँग मत माग्ने कुनै हैसित नरहेको उहाँले ठोकुवा गर्दै आउने चुनावमा फेरि केप ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो ।

yuba news.photo 3
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य, सिरहा जिल्ला युवा इन्चार्ज बैधनाथ साहले युवा परिवर्तनको वाहक शक्ति भएको भन्दै मुलुकमा राष्ट्रियता र समृद्धिको जग निर्माण गरि सकेको केपी ओली नेतृत्वको सरकार ढालेका माधव नेपाललाई सजिलो हुने गरी मापशे सरकारले ल्याएको अध्यादेश खारेजी भइछाड्न्े ठोकुवा गर्नुभयो ।लेकतन्त्रमा कुनै पनि दल फुट्नु हुँदैन तर मापशे सरकारले नेकपा एमाले विभाजन गर्न ल्याएको अध्यादेश जनताको तागतको बलमा खारेज गराउन सडक आन्दोलनमा उत्रेको उहाँले बताँउदै नेपाली जनता नेकपा एमाले, चुनाव चिन्ह सुर्य र अध्यक्ष केपी ओलीको नेतृत्वमा संगठित रहेको धारणा व्यक्त गर्नुभयो ।

yuba news.photo 6 1
लहानका युवा संघका नेताहरु मो इसराइल अन्सारी,रियासत लिमी ओम प्रकाश साह राजु साह सन्तोष मण्डल र सखुवा नन्कारकटि गाउपालिकाबाट सचिता नन्द यादव (साने) जिेतेन्द्र यादव गोल बजारबाट सतशचन्द्र सिंह लगायतका नेताहरुको अगुवाइमा प्रदर्शन भएको थियो भने विधार्थीहरुको तर्फबाट अनेरास्ववियुका केन्द्रिय नेताअशेश्व्र यादवले थोरैसमयमो जानकारीमा कार्यक्रमको आयोजना गरिएको आया्जकले् जनाएको छ ।


राष्ट्रिय युवा संघ सिरहाका अध्यक्ष इन्द्रश राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अध्यक्षको हैसियतमा राउतले सिरहा जिल्लाका युवाहरु पार्टीको मूल लाइनमा आवद्ध रहेको दावी गर्नुभयो । राष्ट्रिय युवा संघ सिरहाको बैठक ७ गते सिरहाको चोहर्वामा बसेर थप आन्दोलनको कार्यक्रम सार्वजानिक गर्ने जानकारी दिनुभयो ।

 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A