सिरहाका संस्थागत विद्यालय सञ्चालना गर्ने प्याबसन एन प्याबसनको निर्णय

  • भदौ १०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी


लहान,भदौ १० गते । सिरहाका दुई सय संस्थागत विद्यालयहरु सञ्चालनमा ल्याउने निर्णय सार्वजानिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सबै क्षेत्रहरु निर्वाध पमा सञ्चालन भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु भौतिक उपस्थितिमा नै सञ्चालनमा ल्याउन लागेको सिरहा प्याबसन र एन प्याबसनले संयुक्त रुपमा पे्रस विज्ञप्ती प्रकाशित गरी पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजानिक गरिएको हो ।


असारको अन्तिम हप्ता श्रावणको पहिलो हप्तादेखि नै सबै क्षेत्र खुकुल्लो भइ सरकारी कार्यालय,यातायातका साधनहरु, सेवाग्राही भीडहुने मालपोत कार्यालय जिल्ला प्रशासन कार्यालय खुल्ला रहेको, हाटबजार सबै खुलेको, सवारी साधनहरु प्नि निर्वाध रुपमा सञ्चालनमा आइसकेको अवस्थामा शिक्षा क्षेत्र बन्द गर्ने औचित्य स्वतः समाप्त हुन लागेकोले स्वास्थ्य मापदण्डका सबै उपायहरु अपनाएर विद्यालयहरु सञ्चालनमा ल्याउन लागेको प्यावसन र एन प्याबसन यो निर्णयमा पुगेको बताएको छ 

यतिवेला सिरहामा कोरोना सङ्क्रमणको अवस्था अति न्यून हुनुको साथै सम्पूर्ण सरकारी कार्यालयहरु खुल्ला रहेको, यातायातका साधनहरु च्लिरहेको,भारतको नाकामासमेत आवतजावत खुल्ला गरिएका, चिया नास्ता र हेटेलहरु सञ्चालन रहेको अवस्थामा शैक्षिक क्षेत्र मात्रै बन्द राख्न नहुने निष्कर्षमा पुगेर सिरहा जिल्लामा रहेको दुई सय संस्थागत विद्यालयहरु आँउदो आइतबारदेखि कक्षा (६–१२) सम्म कक्षा सञ्चालन गर्ने पत्रकार सम्मेलनमा एयावसन सिरहाका अध्यक्ष लाला वाहादुर राय र एनप्यावसन अध्यक्ष प्रदिप तिवारीले हस्ताक्षर रहेको विज्ञप्ती पत्रकारहरुलाई वितरण गरिएको थियो ।


विद्यालयको प्रत्येक प्रवेशद्वारमा थर्मल गनबाट तापक्रम नापिने,विद्यालय परिसरमा प्रवेश गर्ने वितिकै सावुन पानीले हात धुने र सेनिटाइजर गर्नुपर्ने ,कक्षा कोठालाई प्रत्येक दिन सेनिटाइजर गर्ने, प्रत्येक वेन्चमा दुई जना विधार्थी मात्रै राख्ने, कक्षा मध्यान्तर भएपछि फेरि सावुन पानी र सेनिटाइजर प्रयोग गर्ने अनिवार्य व्यवस्था गरी सम्पूर्ण स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय सञ्चालन गर्न लागेको यावसन र एन प्यावसनले बताएको छ ।

विद्यालय बस सञ्चालनमा समेत स्वास्थ्य मापदण्ड अपनाइने प्यावसन जिल्ला अध्यक्ष रायले प्रतिवद्धता व्यक्त गर्नुभयो । कक्षा सञ्चालनको लागि विधार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ११ बमोजिम प्रत्येक साक्षात्कार माध्यमबाट कक्षा ६ देखि १२ सम्मको पठनपाठन कार्य गरिने उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।


अनलाइन विधिबाट चलाएको कक्षाहरुमा १० प्रतिशत पनि विधार्थीहरु सहभागी नहुनेअवस्था एन प्यावसन प्रदेश २ का अध्यक्ष तथा लहान –६ स्थित लिटिल स्टार अंग्रजी विद्यालयका प्रिन्सपल जेपी चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश २ को वारा पर्सा,सर्लाही,महोत्तरी रसप्तरीको सुरुङगा नगरपालिकामा विद्यालयहरुनिकै दिनदेखि सञ्चालनमा रहेको छ भने सिरहामा किन नचलाउने?स्वास्थ्यका सबै मापदण्डहरु पुरा गरेर विद्यालय सञ्चालन गर्दा घरभन्दा विधार्थीहरु विद्यालयमा नै सुरक्षित रहनेछ ।’
प्यासन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहले वैकल्पिक विधिहरु प्रभावकारी नदेखिएकोले भौतिक अवस्थामा नै संस्थागत विद्यालयहरु सञ्चालनमा ल्याउने निर्णयमा पुगेको प्रष्टयाउनुभयो । उहाँले थप्पनुभयो,प्रदेश २ का सरकारसँग प्रदेश २ का संस्थागत रसामुदायिक विद्यालयहरु सञ्चालनमा ल्याउन समेत समन्वय भइरहेको छ ।


एन प्यावसनका केन्द्रिय सल्लाहकार तगा लहान स्थित मेरी चिल्ड्रेन स्कूलका संस्थापक प्रिन्सिपल पाडव हमाल ठकुरीले सिरहामा ७२ हजार विधार्थीहरु दुई सय संस्थागत विद्यालयहरुमा अध्ययनरत रहेको भन्दै विधार्थीको शिक्षाको खोराक पुरा गर्ने संस्थागत विद्यालयहरु अब पुर्ण रुपमा भौतिक उपस्थितिमै सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।


पत्रकारहरुले संस्थागत विद्यालयहरुले शुल्क बढी लिइने, सरस्वती पूजाको नाममा अनावश्यक चन्दा लिने रपाठ्यपुस्तकमा लिइने कमिशनले सेवा भन्दा बढी व्यवसायी भइरहेको प्रश्नको जिज्ञासाा यस्ता समस्याहरु समाधान गरिने सिरहा प्याबसन र एन प्यावसनका अगुवाहरुले विश्वास दिलाउनु भएको थियो । पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले आर्थिक अवस्था कमजोर भएका पत्रकारहरुको बालबालिकालाई निःशुल्क पढाउनुपर्ने मागमा समेत संस्थागत विद्यालयका सञ्चालकहरु सहमत रहेको जानकारी गराएको थियो ।


संस्थागत र सामुदायिक विद्यालयहरुमा पढने अभिभावक र विभिन्न क्षेत्रका अगुवाहरुले समेत शैक्षिक क्षेत्र अस्तव्यस्त भएको र बालबालिकाहरु समेत घरमा पढाइ लेखाइइलाई प्राथमिकतामा नराखी अन्य विकृति विसंगतिमा लागि रहेकोले विद्यालय सञ्चालन गर्न गरेको आग्रलाई ध्यानमा राखेर लहान नगरपालिका शिक्षा शाखाले आउने आइतबारदेखि सबै विद्यालयहरु स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न पत्राचार गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले जानकारी दिनुभयो ।

पत्रकार महासंघ सिरहाका पदाधिकारी, विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियाका पत्रकारहरु र प्याबसन एन प्याबसनका पदाधिकारीहरु सहभागी पत्रकार सम्मेलन प्यावसन सिरहाका अध्यक्ष लालबाबु रायको अध्यक्षतामा सम्पन्न भएको थियो सञ्चालन प्यावसन सचिव उमेश यादवले गर्नु भएको थियो ।

 

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A