खानेपानी र स्वच्छता कार्यक्रमको स्वामित्व नगरपालिकालाई लिन आग्रह

  • भदौ ११, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी


लहान नगरपालिकाको पुरानो १० वटा वडाहरुमा खानेपानी र स्वच्छताको लागि गरेका कार्यहरुको संरक्षणको लागि लहान नगरपालिकाला ती कार्यक्रमहरुको स्वामित्व लिन कार्य सम्पन्न गरेका संस्थाहरुले आग्रह गरेका छन् । सन् २०३० सम्म लहान नगरपालिकाको २४ वटै वडामा खानेपानी र स्वच्छताको कार्यक्रम गर्ने विकन परियोजनाले काम सम्पन्न गरि सकेको वडामा स्थानीय तहले स्वामित्व लिनुपर्ने र कार्यक्रम हुने वडामा नगरपालिकाबाट निरन्तर सहयोगको लागि एक कार्यक्रमको बीच यस्तो आग्रह गरिएको हो ।


लहान नगरपालिकाको १,२,५,६,१५,१९ र २० नम्बर वडाका सामुदायमा निर्माण गरेका सामुदायिक चर्पी, खानेपानीको धारा जडा र ७ वटा विद्यालयहरुमा खोनेपानी र शौचालय निर्माण, बगैचा लगाउने कार्य र वाल क्लवको माध्यमबाट स्थापना गरेका पुस्तकालयहरुलाई दिगोपननको लागि लहान नगरपालिका र सम्बन्धित वडा कार्यालयहरुले स्वामित्वमा लिए अझै भरपर्दो हुने विकन परियोजना अन्तर्गतका दलित जनकल्याण युवा कलव र वाटर एडले आग्रह संयुक्त रुपमा आग्रह गरेका हुन् ।


लहान नगरपालिकाको दलित विपन्न वस्तीहरुमा शुद्धखानेपानी ७२ लाख, ८३ हजार ७८३, सरसफाई ७१ लख ४२४, स्वच्छता २० लाख १२ हजार १५६ अन्य ७३ लाख ८९ हजार ७५६ गरी दुई करोड ३८ लाख ४६ हजार १०८ रुपियाँको काम गरेको विकन परियोजना अन्तर्गत जन कल्याण युवा क्लबाट संचालित समीक्षा कार्यक्रममा वाटरएडका सामाजिक प्रबन्धक शम्भु प्रसाद साहले जानकारी दिनुभयो । सम्पन्न कार्यक्रमहरुलाई दिगोपन दिनको लागि लहान नगरपालिका र सम्बन्धित वडाका जनप्रतिनिधिहरुले स्वामित्वमा लिएर ध्यान दिए मात्रै लक्ष्य हासिल गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।


कार्यक्रममा लहान नगरपालिकाका नगर उपप्रमुख सरियार कुमारी चौधरीले विकन परियोजनाले लहानको खानेपानी, सरसफाइ,स्वच्छतामा पुरयाएको योगदानलाई सरहाना गर्दै स्वामित्व लिन तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै ‘हाम्रो लहान, समृद्ध लहान’को नारा कार्यान्वयनमा विकन परियोजनाले गरेको सहयोग अविस्मरणीय रहेने बताउनुभयो । उहाँले भन्नुभयो,‘जुन जुन वडामा विकन परियोजनाबाट कार्यक्रम भएको छ, त्यसमा जनसहभागिता हरहिसावमा पारदर्शिता र जनप्रतिनिधिहरुको उल्लेखनीय सहयोगमा भएकैछ । २४ वटै वडामा यो परियोजनालाई सफल बनाउन नगरपालिका सहयोग निरन्तर रहनेछ ।’


लहान ११ पडरियामा ३१ घरअति विपन्न परिवारका १६२ जनालाई उपयोग हुने गरी निर्माण गरी दिएको शौचालयले यस वडाको लागि ठूलो कार्य भएकोले यसको संरक्षण वडा कार्यालयले गर्ने विश्वास दिलाउनुभयो । यसैगरी लहान–२ मुसहर समुदायको लागि निर्माण गरी दिएको शौचालयको संरक्षण र स्वामित्व वडा कार्यालयल लिइने वडाध्यक्ष सियाराम यादवले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सात वटा सामुदायिक विद्यालयहरुमा निर्माण भएको शौचालय शुद्ध खानेपानीको सम्पन्न योजनालाई दिगोपन दिनको लागि सम्वन्धित वडाका वडाध्यक्षहरु सचिवहरु र नागरिक अगुवाहरुलाई समेत राखेर कार्ययोजना बनाएर प्राथमिकतामा राखिने लहान नगरपालिकाका प्रशासकीय प्रमुख खेमनन्द भुषालले दृढता व्यक्त गर्नुभयो ।


नगरपालिकाको पुरानो १० वटा वडाहरुमा यो परियोजना सिमित नहरेर २०३० सम्म नगरपालिकाको २४वटै वडा र ५९ वटै सामुदायिक विद्यालयमा खोनेपानी, स्वच्छता र सरसफाइको कार्यक्रम सम्पन्न भैसक्ने दलित जन कल्याण युवा कल्वका निर्देशक विनोद विसुुन्के र कार्यक्रमको संयोजक किरण ढुङगानाले जानकारी दिँदै लहान नगरपालिकाको जनप्रतिनिधिहरुबाट ठूलो सहयोग भएको जानकारी गराउनुभयो ।

लहान १३मा ५४ लाखको लागतमा ४१ वटा धाराहरु जडान भएर पनि पानी सुचारु हुन नसेको र यसैगरी लहान –२३ मा ११ करोडको खानेपानी कार्यक्रम सञ्चालनको लागि सात वर्ष बित्नै लाग्दा सुचारु नहुनुले यी खानेपानीका कार्यक्रमहरु सञ्चालनको लागि समेत लहान नगरपालिकाको चासो राख्नुपर्ने सहभागीहरुले ध्यान आकर्षण गराउनु भएको थियो ।


कार्यक्रममा लहान नगरपालिका वडाध्यक्षहरु क्रमशः २ नम्बर वडाका सियारम यादव,४ नम्बरका रामनाथ यादव,५ नम्बरका मो सुलेमान अन्सारी,९ नम्बरका प्रदिप कुमार चौधरी,११ नम्बरका राज कुमार साह,१३ नम्बरका इश्वर बाहादुर बस्नेत,१५ नम्बरका तेज नारायण चौधरी,१६ नम्बरका गरुल बाहादुर जर्घा मगर १७ नम्बरका प्रथमलाल चौधरी,१९ नम्बरका मोहम्मद हकिम,२१ नम्बरका हेमन्त कुमार यादव र २३ नम्बरका कन्हैया प्रसाद गुप्ताको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन ऐलिना हेमाङग चौधरी र अध्यक्षता दलित जन कल्याण युवा क्लवका कोषाध्यक्ष भूपेन्द्र पासवानले गर्नु भएको थियो ।

 

 

 

 

लोकतन्त्रमा लोकको कल ...

धर्मेन्द्र झा काठमाडौँ, ११ वैशाख : सम्पूर्ण देशवासीका ...

कतारका अमिरको स्वागत ...

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद अल थ ...

औषधिमा प्रयोग हुने क ...

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प ...

कतारी अमिरको नेपाल भ ...

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A