शिक्षा क्षेत्रलाई प्राथमिकतमा राखि माथि उकास्ने काम गरेका छौं: अध्यक्ष यादव

  • भदौ १४, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले हाम्रो स्रोत साधनले भ्याएसम्म शिक्षा क्षेत्रलाई प्राथमिकतामा माथि उकास्न धेरै प्रयास गरेको बताउनु भएको छ ।

एनसिइ नेपाल जिल्ला समन्वय समिति सिरहाको आयोजना र सखुवानन्कारकट्टी गाउपालिकाको सहकार्यमा शुक्रबार गुणस्तरीय शिक्षाका लागि सरोकारवाला बीच संवाद कार्यक्रममा यस्तो बताउनु भएको हो ।

राम्रा अभ्यास मार्फत धेरै सुधार भएको बताउदै अध्यक्ष यादवले ६२ वटा क्रियाकलाप सहित विद्यालय सञ्चालनमा ल्याए पनि कोरोना कारण धेरै समस्या भएको र हालसम्म नेट सुविधा सबै विद्यालयमा पुर्याई सकेको बताउनु भयो ।

उहाँले केही विद्यालयमा बालमैत्री कक्षा सञ्चालनमा समेत आई सकेका, गुणस्तीयर शिक्षाका लागि आवश्यक कुराहरू मध्ये धेरै हामी पूरा गरी सकेका छौं केही बाँकी छ त्यसलाई पनि हामी पूरा गर्ने छौं भनी प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष यादवले विद्यार्थी शिक्षक र अभिभावकहरु सबैले आफनो जिम्मेबारी बहन गर्नु पर्छ र सबैले जिम्मेबारी पुरा गरेर पनि समस्या आए हामी समाधान गर्न तयार रहेको बताउनु भयो । केन्द्र र प्रदेश सरकारको बजेटको आशमा मात्रै गापाहरु चल्ने भएको र हामिले कर उठाउन नसक्दा चाहे अनुसार काम गर्न नसकेको अध्यक्ष यादवले गुनासो पोख्नु भयो ।

237140040_258021836143205_9014517342698391902_n

शिक्षा शाखाका संयोजक भोगेन्द्र यादवले गुणस्तरीय शिक्षाको लागि धेरै प्रयास भइरहेको भए पनि कारोनाको कारण समस्या भएको बताउनु भयो । दरबन्दी मिलाउन नसक्दा केही बिद्यालयहरुमा शिक्षक अभाव भए पनि संघले शिक्षा नीति नबनाएको र सर्बै अधिकार स्थानीय तहलाई नदिदा काम गर्न समस्या आएको बताउनु भयो ।

त्यसैगरी वडा नं. ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले गुणस्तरीय शिक्षाको लागि गुणस्तर समाजको आवश्यकता छ । यसका लागि इमान्दारिता, पारदर्शिता र विश्वसनीयता जरुरी छ । शिक्षा बिना केही सम्भव छैन र यसलाई अगाडि बढाउन हामी लागि परेका वहाले बताउनु भयो ।

शिक्षा क्षेत्रलाई राम्रो बनाउन आयोजकले सरोकारवालाको रूपमा कार्यक्रममा पालिका भित्रका प्रधानाध्यपक, कार्यपालिका सदस्यहरू, शिक्षा शाखा, नागरिक समाज र संचारकर्मीहरुलाई निमन्त्रना गरेको थियो ।

गाउपालिकाको अध्यक्ष यादवको प्रमुख आतिथ्यमा संचालित कार्यक्रको अध्यक्षता एनसिइ नेपाल सिरहा जिल्ला समन्व्य समितिका संयोजक उमेश कुमार बिसुन्के ले गरेका थिए भने संचारकर्मी मणिलाल बिश्वकर्माले अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गाउ कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष, उपाध्यक्ष, कर्मचारहिरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम दुर्गा परियारले संचालन गरेका थिए ।

236818159_362554728907624_6119467410715842774_n

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A