जिवछ उदासी
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुबीर महासेठले नेकपा एमाले पार्टी जनताको पार्टी भएकोले कमजोर हुनै नसक्ने बताउनु भएको छ । सिरहा जिल्ला अगुवा नेता कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्ने क्रममा नेता महासेठले यस्तो बताउनु भएको हो ।
पार्टीबाट स्वार्थीहरुको झुण्ड चोटिएपछि नेकपा एमाले कमजोर हुने छैन । जनतालाई माया गर्ने नेकपा एमाले पार्टीमा माधव नेपाल जस्ता स्वार्थीहरु अलग भएपछि पार्छी स्वस्थ्य भएको उहाँले बताउनुभयो ।नेता महासेठले भन्नुभयो,‘एमालेबाट माले हुँदा देशैभरिमा एक स्थान समेत जित्न नसकको माले जस्तै माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादीको हाल पनि त्यस्तै हुनेछ ।’ एमालेलाई एक्लै एक्लै लडेर चुनावमा पराजित गर्न नसकेर गठबन्धन बनेको छ । गठबन्धन भएर आएपनि एमालेलाई पराजित गर्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।
‘माधव नेपाल पार्टीको १४ वर्षसम्म माहसचिव रहँदा केपी ओली लगायतका नेताहरु सघाइ रहयो तर केपी ओलीको एक कार्यकाल सहन नसकेको माधव नेपाल जस्तो पदलोलुप र अवसरवादी चरित्रको कारण नेकपा एमाले पार्टीलाई फुटको पीडा व्योहोर्नु परेको छ’,नेता महासेठले भन्नुभयो ।
देशैभरि नेकपा एमालेको पक्षमा जनलहर छ । परमादेशबाट बनेको देउवा सरकार असक्षम समेत भैसकेको छ । डेढ महिना वित्नै लाग्दा मन्त्रीमण्डल समेत विस्तार गर्न नसकोको नेता महासेठले भन्दै आउने चुनावमा प्रदेश २ मा समेत नेकपा एमाले प्रथम पार्टी हुने ठोकुवा गर्नुभयो ।
गरीव दलित शोषित पीडित महिला मुस्लिम सबै समुदायको हीत हुने राष्ट्रियता र समृद्धिको लागि अघि बढिरहेको केपी ओली नेतृत्वको सरकारले गरेको स्मरण गर्दै नेपाली जनताले फेरि एमालेकै पक्षमा मतदान गर्ने देखेपछि अपवित्र गठबन्धनका नेताहरु तर्सिसकेको नेता महासेठले दावी गर्नुभयो ।
नेकपा एमाले प्रदेश २ का सह इन्चार्ज तथा पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले केपी ओलीको नेतृत्वमा भइरहेको समृद्धि र विकासको कामलाई संसारले उच्च मूल्याङकन गरिरहँदा माधव नेपालको लागि असहनीय हुनु कम्युनिष्ट आन्दोलनकै लागि माधव नेपाल प्रवृत्ति समस्याको रुपमा देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा पहिलो पटक सरकार बन्दा भारतले लगाएको नाकाबन्दीको सामना गर्नुपरयो । दोश्रो पटक सुविधाजनक बहुमतको सरकार हुँदा लेपुलेक लिम्पियधुरा गुमेको भूभाग फिर्ता ल्याउन चुच्चे नक्सा छापेपछि राष्ट्रियताको पक्षका कसैले गर्न नसकेको काम गरेर देखाउनुभयो ।’
हुलाकी सडक निर्माण, चार लेन सडक निर्माण कोशी कमला डाइभर्सन मार्फत तराई–मधेशलाई समृद्ध बनाउन गरेको काम अघि बढ्दा माधव नेपाल प्रचण्डले धन्यवाद भनेर साथ दिनुपर्नेमा झन् सरकार नै ढाल्न लागे । माधव नेपाल र प्रचण्डले गरेको गलतीलाई जनताले माफी दिइने छैन । आउने चुनावमा नेकपा एमालेकै नेतृत्वमा सरकार बन्ने उहाँले जोड दिनुभयो ।
ठूलो पार्टीको नेतृत्वमा सरकार बन्ने संसारका लोकतान्त्रिक मुलुकहरुमा चलिआएको मान्यता हो । तर अहिले ठूलो पार्टीलाई परमादेशको भरमा सरकारबाट बाहिर हुनु परेको छ । जनाताको आदालतबाट नेकपा एमाले फेरि बिजय भएर आउने नेता श्रेष्ठले दावी गर्नुभयो ।
राष्ट्रियसभाका संसदीय दलका नेता सुमनराज प्याकुरेलले एमाले पुष्पलाल ,मदन भण्डारी मनमोहन अधिकारी र केपी ओली जस्ता नेताहरुले संघर्ष गरेर हुर्काएको पार्टी भएकोले माधव नेपालको समूह अलग भएपनि नेकपा एमालेलाई कुनै फरक नपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले सिरहा इन्चार्ज गंगा प्रसाद यादव, निवर्तमान लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव,प्रदेशसभासदस्य लगन लाल चौधरी र लहान नगरप्रमुख मुनि साहले समेत नेकपा एमाले जनताको नजरमा मजबूत पार्टी रहेको धारणा राख्नु भएको थियो ।
नेकपा एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A