साइकल वितरणले छात्राहरु उच्च शिक्षाको लागि उत्साहित

  • भदौ २१, २०७८
  • समृद्धिपथ
alt



जिवछ उदासी
। प्रदेश–२ मुख्यमन्त्री ‘बेटी पढाऔ, बेटी बचाऔ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रमले छात्राहरुहरु उच्च शिक्षा हासिल गर्न उत्साहित भइरहेका छन् । कक्षा आठमा पढिरहेका छात्राहरुले पाएका साइकल उच्च शिक्षा हासिल गर्नको लागि उपयोगी हुने देखिएको छ । साइकल वितरण भएका विद्यालयहरुमा छात्राहरु पढाइप्रति समेत रुचि लिन थालेका छन् भने अभिभावहरुमा समेत छोरीलाई छोरा सरह नै उच्च शिक्षा दिनुपर्ने चेत खुल्दै जान थालेको छ ।

लहान–१८ स्थित राजाजीबाबा जनता माध्यमिक विद्यालयमा आइतबार साइकल वितरणमा कार्यक्रममा उपस्थित सरोकारवालाहरुसँगै साइकल प्राप्त गरेका छात्राहरुले समेत साइकल वितरण कार्यक्रमले उच्च शिक्षाको लागि उत्साहित बनाएको खुसी व्यक्त गरेका हुन् ।

काजल कुमारी यादव,चाँदनी साह, शिक्षा चौधरी लगायत २५ जना छात्राहरुले साइकल पाएपछि र्हािषत भएका छन् । उनिहरुले सामुहिक रुपमै खुसीका साथ भने,‘साइकल उच्च शिक्षा हासिल गर्न समेत सहयोग पुगनेछ । साइकलले पढ्न रुचि त बढायो नै साथै विद्यालय समयमै पुग्छौ,अब पहिलेको जस्तो ढिलो हुँदैन,हतार हतारमा विद्यालय आउनुपर्ने बाध्यतापनि टर्यो ।’

हाम्रो पालामा छोरालाई पढाउथ्यो छोरीलाई घरको काममा लगाउने सामाजिक परम्परा नै थियो । जसले गर्दा चाहेर पनि छोरीहरु उच्च शिक्षा हासिल गर्न नसकेको त्यस विद्यालयका बालविकास शिक्षिका मीना श्रेष्ठले अनुभव साट्नुभयो । उहाँले थप्नुभयो,‘अहिले प्रदेश–२ का सरकारले साइकल वितरण गरिहेको जन्ममिने वित्तिकै बीमा गरिदिन गरकोे र छात्रवृत्तिको समेत व्यवस्था गरेर सबै सन्तान बराबरी भने सन्देसमुल कार्यक्रम ल्याएर छोरीहरुलाई पढाइप्रति उत्साहित गरेकै हो ।’

हाम्रो विद्यालयको कक्षा –८ मा अध्यनरत छात्राहरुले साइकल पाएपछि उच्च शिक्षा सम्म पढ्ने गरी उद्येश्य राखेर पढाइ लेखाइलाई प्राथमिकतामा लिएको आनी वानीमा समेत परिवर्तन भइरहेको र अभिभावकहरु स्वय छोरीलाई उच्च शिक्षासम्म पढाउने प्रतिवद्धता व्यक्त गरिरहेको लहान–१० स्थित श्री जनता आधारभूत विद्यालय बैरिया गुँदीगाँउका प्रधानाध्यापक रङगलाल साहले धारणा राख्नुभयो ।लहानको उत्तरी भेगका थारु,मुस्लिम र दलित समुदायमा हुने बालविवाहमा न्यूनिकरण गर्न मुख्यमन्त्री बेटी पाऔ, बेटी बचाऔ अभियानले छोरा सरह छोरीलाई पढाउन चेत खुल्दै जान थालेको लहान–१८ का वडाध्यक्ष मो शमशेरले बताउनुभयो ।

लहान नगरपालिकाको २४ वटा वडामा रहेको ५९ वटा सामुदायिक विद्यालयहरु मध्ये अधिकांश विद्यालयहरुले मुख्यमन्त्री कार्यक्रम अन्तर्गत कक्षा –८ का छात्राहरुले साइकलपाएपछि पढाइप्रति देखिएको उत्साहले राम्रो प्रभाव परेको लहान नगरपालिका शिक्षा शाखाका संयोजक राज कुमार साहले प्रष्टयाउनुभयो । उहाँले भन्नुभयो,‘संघ, प्रदेश र स्थानीय सरकारले शिक्षा क्षेत्रको समग्र विकासको लागि गरिरहेको कार्यले सामुदायिक विद्यालयकोअवस्थामा उल्लेखनीय भौतिक परिवर्तन झल्कि रहेको छ भने विद्यालयहरु सञ्चालनमा आएपछि शैक्षिक प्रगति पनि हुने आशा लिएका छौ ।’

छात्रभन्दा बढी छात्राहरुको संख्या रहेको सामुदायिक विद्यालयहरुको प्रगतिको लागि मुख्यमन्त्री साइकल वितरण गरेपछि यसले विधार्थीमा उत्साह र अभिभावकहरुमा छोरीलाई पनि उच्च शिक्षासम्म पढाउने चासो बढेको राजाजी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र देव चौधरीले विश्वास व्यक्त गर्नुभयो ।

साइकल वितरण सुरुवाती कार्यक्रम प्रभावकारी नै देखिएको समाजसेवी हरि नारायण मण्डलले बताउनुभयो । सामाजिक कलङककै रुपमा रहेको रहेको हरेक जाति समुदायमा फैंलिदै गइरहेको दाइजोप्रथा हटाउन प्रदेश सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

 

 

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A