गुणस्तरीय शिक्षाको लागि एकता र सहकार्य आवश्यक : उपप्रमुख सरियार कुमारी चौधरी

  • भदौ २३, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी


लहान नगरपालिकाका सामुदायिक विद्यालयको सुधार र गुणस्तरीय शिक्षा प्रधान गर्ने आधार निर्माणको लागि शिक्षा शाखाले अघि बढाएका योजनाहरु सफल बनाउन सबैको सहयोग र सहकार्यको आवश्यक्ता रहेको लहान नगरउप्रमुख सरियार कुमारी चौधरीले बताउनु भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवस २०२१ को अवसरमा गुणस्तरीय शिक्षाको लागि हाम्रो भूमिका विषय सम्बाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

‘हाम्रो लहान, समृद्ध लहान’को नारा शिक्षाको जग बजबूत नभई सफल हुनै सक्दैन । शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन आवश्यक देखिएको छ । सहकार्य र एकताको माध्यमबाट लहानकोसामुदायिक विद्यालयहरुको सुधारमा लागौ’,उपप्रमुख चौधरीले आग्रह गर्नुभयो ।


शिक्षक सरुवा, भौतिक निर्माण र शैक्षिक सुधारका विषयमा शिक्षा शाखाबाट भएका प्रयासहरुलाई सफल बनाउन जुन किसिमको सहयोग हुनुपर्दथ्यो त्यस्तो सहयोग शिक्षक समुदायबाट हुन नसक्नु चिन्ताको विषय भएको उहाँले ध्यान आकर्षण गराउनुभयो ।


शिक्षा शाखाले सधैं प्रधानाध्यापक र शिक्षकहरुसँग राय सल्लाह लिएर नै सुधारको नीति अघि सारेको शिक्षा संयोजक राज कुमार साहले भन्दै शिक्षक सरुवालाई पेचिलो बनाउन नहुने बताउनुभयो । उहाँले थप्नुभयो,‘अहिलेपनि केहि विग्रेको छैन । सबै बसौ कहाँ कहाँ त्रुटि छ, त्यसलाई शिक्षाशाखाले सच्चयाउन तयार छ । दरबन्दी मिलान र शिक्षक सरुवालाई लागु गरेर सामुदायिक विद्यालयको सुधारको लागि सबैले सहयोग गरौ ।’

education news lahan.photo 2

पत्रकार मणिलाल विश्वकर्माले प्रस्तुत गर्नु भएको आधारपत्रमा पशुपति आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. महेन्द्र प्रसाद चौधरी,श्री राजाजी आधारभूतविद्यालयका प्रधानाध्यापक उद्धव हमाल, नेपाल शिक्षक संगठन लहानका अध्यक्ष जिवछ यादव,महिला अधिकारकर्मी देव कुमारी महरा लगायतकाले लहान नगरपालिकाले भौतिक र शैक्षिकसुधारको लागि नगरपालिकाबाट निरन्तर अनुगमन रसहयोग दुबै कार्य भइरहे विद्यालयमा सुधार र गुणस्तरीय शिक्षा प्राप्त हुने धारणा राख्नु भएको थियो ।


लहान नगरपालिका शिक्षा शाखाका प्राविधिक अमिरी यादवले लहान नगरपालिकाको ६० मध्ये ३० वटा सामुदायिक विद्यालयहरुमा कम्प्युटर पुगिसकेको जानकारी दिँदै विद्यालयमा गइरहेको विभिन्न शिर्षकको रकम सदुपयोग होस भने ध्यान आकर्षण गराउनु भएको थियो ।


शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष उमेश विसुन्ेकको अध्यक्षतामा सम्पन्न सम्वाद कार्यक्रममो सञ्चालन दुर्गा परियारले गर्नु भएको थियो भने सम्बादबारे राम भरोष महतोले प्रष्टयाउनु भएको थियो ।
कार्यक्रममा सिद्धार्थ आधारभूत विद्यालयका प्रधानाध्यापक सुधा चौधरी,राजाजीबाबा माविका प्रधानाध्यापक इन्द्रदेव चौधरी, शिक्षिका प्रतिभागिरी पत्रकारहरु भरत जर्घा मगर,फिरोज सिद्धिकी,सञ्जय विश्वकर्मा सहभागी थिए ।

 

 



बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A