आत्महत्याको घटना रोकथामका लागि साझा पलहको आवश्यकतामा जोड

  • भदौ २५, २०७८
  • समृद्धिपथ
alt

रामभरोसी महतो,

लहान । जिल्लामा बढ्दो आत्महत्याको घटना रोकथामको लागि साझा पहलको आवश्यकता रहेको सरोकारवालाले जोड दिएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शुक्रवार लहानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो आवश्यकतामा जोड दिएका हुन् ।

लहान नगरपालिका, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा र महिला मानवअधिकार रक्षक सञ्जाल सिरहाले समग्र जन उत्थान केन्द्र लहान, ओरेक नेपाल, मुिक्त नेपाल, कोशिष नेपाल, दलित जन कल्याण युवा क्लव, इन्सेक, सिएमसी नेपालको सहकार्यक्रमा लहान नगरपालिकाको सभा हलमा शुक्रवार आयोजित आत्महत्या रोकथामका लागि सरोकारवालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवलाले आत्महत्याको घटना दिनदिनै बढदै गएपनि यसको रोकथामको लागि प्रयाप्त पहल हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीले सामाजमा रहेको हानिकारक सामाजिक मुल्यमान्यताका कारण महिलाहरु आत्महत्या गर्न बाध्य भइरहेकोले आत्महत्याको घटना रोकथामका लागि हानिकारक सामाजिक मुल्यमान्यताको रुपान्तरण आवश्यक रहेको बताउनुभयो । यस्तै इलाका प्रसाशन कार्यालय लहानका प्रमुख कृष्णबहादुर खडकाले समाजमा अस्वस्थ प्रतिस्पर्धा देखासिखी र एकअर्कासंग तुलना गर्ने प्रवृतिले आत्महत्याको घटना बढेको बताउनु भयो । वहाँले आत्महत्याको घटना रोकथामका लागि कुनै एकपक्षको सक्रियताले नहुने भन्दै सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनु भयो ।

3(1)

कार्यक्रममा सहभागी इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपन दाहालले लहान नगर भित्र चालु आर्थिक वर्षमा ९ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गर्दै आत्महत्याको घटना न्युनिकरणका लागि सचेतनाको कार्यक्रम तिव्र गतिमा सञ्चान गर्नुपर्ने बताउनु भयो । पशुपति आर्दश माविका प्रध्यानाध्यापक डा. महेन्द्र प्रसाद चौधरीले आत्महत्याको घटना रोकथामका लागि विद्यालयहरुमा तनाव व्यवस्थापन तथा जीवनउपयोगी सिपको बारेमा विद्यालयका विद्यार्थीहरुलाई समयसमयमा नियमित रुपमा अभिमुखिकरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज यादवले आत्महत्यालाई निरुत्साहित गर्ने किसिमको सामग्री सञ्चार माध्यमको प्राथमिकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बाल क्लव, युवा क्लव, महिला समुह, महिलाअधिकारकर्मी, विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी, नगरभित्रका सरोकारवलाहरु गरी ४६ जनाको सहभागिता रहेको सो कार्यक्रममा आत्महत्याको अवस्था, कारण र प्रभावको बारेमा सिएमसी नेपालका कार्यक्रम संयोजक फनिन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको थियो । महिला मानवअधिकार रक्षक सञ्जाल सिरहाकी अध्यक्ष रेणु कणर्को अध्यक्षतामा भएको सो कार्यक्रममा लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महिला अधिकारकर्मी श्यामकुमारी साहले कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नुभएको थियो । रेडियोकर्मी रामभरोसी महताले सहजीकरण गर्नुभएको सो अन्तरक्रिया कार्यक्रमले आत्महत्या रोकथामका लागि स्थानीय तह र सरोकारवालको भूमिका समेत पहिचान गरी त्यसलाई कार्यन्वयनका लागि सहभागी सरोकारवालले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सिरहा नगरपालिकामा समेत शुक्रवार जिल्लामा मानवअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको सहकार्यमा सिरहा नगरपालिकाले आत्महत्या रोकथामका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाएका छन् । दिवसको पुर्वसन्ध्यामा लहानस्थित शहिद चौकमा विहिवार मैनवत्ति प्रज्वलन गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरेको थियो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A