पारिवारिक कलह सुल्झाउन चाहन्छौ : सुरुज यादव

  • भदौ २८, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
भगवानपुर गाँउपालिकाका–१ भगवानपुरका सुरुज यादवले पारिवारिक कलहलाई सुल्झाउन चाहेको बताउनु भएको छ । कलह सुल्झाउन पत्रकारहरुले सत्य तथ्य लेखेर सहयोग गरि दिन पनि आग्रह गर्नु भएको छ ।

लहान स्थित सरगम रेडियोमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो आग्रह गर्नभयो । उहाँले भन्नुभयो,मेरो पिता गौरी शङकर यादव, जय प्रकाश यादवको पिता शिब शङकर यादव र राम शङकर यादव तीन दाजुभाई पारिवारिका कलह हटाउन पटक–पटक समाजमा बस्न खोजेपनि जय भाई जय प्रकाश यादव समाजमा बस्न नमानेर निहुँ खोज्ने काम गरिरहेको छ । कान्छो काका रामशङकर यादव (नेताजी) लाई बदनामी गराउन उक्साहटमा परेर यस्तो गरिरहेकोले यस समस्यालाई सुल्झाउन हाम्रो प्रयास अहिले पनि जारी छ ।

‘केहि दिन पहिले यहि सरगम एफएमको कार्यालयमा पत्रकार सम्मेलन गरेर भाई जय प्रकाश यादवले पिता शिव शङकर यादवलाई समेत हातपात गरेको भने लगाएको आरोप र नाटक मात्रै हो भएको सुरुज यादवले भन्दै सत्य तथ्य पत्रकारहरुले गाँउमै आएर गाँउका भरभलादमीहरुसँग बुझेर पारिवारिक समस्यालाई नतन्काई समाधानउन्मुख वातावरण बनाई दिन उहाँले आग्रह गर्नुभयो ।

तीनै दाजुभाइको नाममा सगोलमा नै जग्गा जमीन रहेको छ । बढी जग्गा काका शिबशङकर यादवकै नाँउमा छ । काका शिबशङकरले किम्ती जग्गा विक्री समेत गरि सक्नु भएको छ । बाँकी रहेको जग्गा अंशवण्डा गराउन हामी तयार छौ । यसको लागि गाँउमा बैठकको लागि निर्धारित गरेको समय थियो यहि भदौ २ गते । भदौ २ गते बस्न भाई जय प्रकाशले नमानेपछि ४गतेको लागि समय लियौ । आठ बजे बस्ने बेलामा जय प्रकाश बाहिरजान खोजेपछि मोटर सायकलको साँचो खोसेर बैठकमा बसौ भन्दा आफूलाई मारपटि गरेको गलत प्रचार गरिरहेको छ ’ ,सुरुज यादवले भन्नुभयो ।

हिस्सा फाँट दिन मानिरहेको छैन । केहि बोल्दा मारपिट गर्ने गरेको र किम्ती जग्गा हिस्साफाँट नदिन चाहेको जय प्रकाशले लगाएको आरोपमा के भन्नुहुन्छ ? भने प्रश्नको जवाफमा सुरुज यादवले भन्नुभयो,‘आरोपहरु सबै निराधार हुन । भाइ जय प्रकाशले इच्छाएको पञ्चहरु नै ल्याउन तर सामाजमा बसेर पारिवारिक कलह सुल्झाउन तयार होउन । सामाजमा बस्न तयार भएपछि पत्रकारहरु समेत सहभागी भएर सत्य तथ्य बुझि दिनुस मेरो आग्रह छ ।’काका राम शङकर यादव नेता जी को पनि चाहना पारिवारिक कलह बल्झाएर कसैले राजनीति फाइदा लिनु हुँदैन भने नै रहेको उहाँले प्रष्टयाउनुभयो ।




मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A