बालबालिकाको चौतर्फी विकासमा लागौ: उप्रमुख सरियार चौधरी

  • भदौ ३०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले बालबालिकाको चौतर्फी विकासको लागि सरोकारवाला सबै निकायहरु सक्रियतापूर्वक लाग्नुपर्ने बताउनु भएको छ ।

समान्य अवस्था वा कोभिड महामारी :बालअधिकारको संरक्षण हाम्रो जिम्मेबारी नाराकोसाथ ५७औबालदिवसको अवसरमा लहान नगरपालिकाको सहकार्य र शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति सिरहा र दलित जन कल्याण युवा कल्व लहान–१० आयोजनामा बाल अधिकार संरक्षणमा हाम्रो जिम्मेबारी विषयक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

आजको बालबालिका भविष्यका कर्णधार भएकोले बालबालिकाको सर्वाङिगन विकासको लागि सरोकारवालाहरु साझा धारणा र सोंच बनाएर अघि बढनुपर्नेमा उपप्रमुख चौधरीले जोड दिनुभयो ।बालबालिकाको घर परिवार विद्यालय र समाज हरेक ठाँउमा बालमैत्री सिकाई र स्वास्थ्य वातावरण हुनुपर्नेमा उहाँले जोड दिँदै भन्नुभयो,‘लहान नगरपालिका शिक्षा शाखाबाट विद्यालयहरुलाई बालमैत्री बनाउन बजेट विनियोजन गरेको छ । बालबालिकाको लागि उचित शिक्षण र व्यवस्थापनमा विद्यालयहरुले दिइएको सेवा सुविधा के कसरी प्रयोगमा आएको छ यसको सघन अनुगमन गर्न आवश्यक छ ।’

कार्यक्रममा पत्रकार समेत रहनु भएको दलित अधिकारको लागि समेत सक्रिय रहनु भएको मणिलाल विश्वकर्माले बालबालिकाको विकासको लागि सरोकारवालाहरुले खेल्नुपर्ने भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि लहान–१८ का राजदेवी आधारभूतविद्यालयका प्रधानाध्यापक उद्धव हमालले सुझावसहित टिप्पणी गर्दै बालबालिकाको विकासको लागि सामुदायिक विद्यालयहरुले गरिरहेको साकारात्मक प्रयासलाई सफल बनाउन सरोकारवालाहरुले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

बाल दिवसलाई आगामी वर्षहरुमा औपचारिकतामा मात्रै सिमित नगरी बालअधिकार र बाल संरक्षणको लागि काम गरेका विद्यालय संघ संस्थाहरुलाई प्रोत्साहित गर्नुपर्ने पत्रकार जिवछ उदासीले सुझाव दिनुभयो ।

कार्यक्रमका अध्यक्षता गर्नु भएको दलित जन कल्याण युवा कल्वका अध्यक्ष तथा शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति सिरहाका संयोजक उमेश विसुसन्केले हरेक वर्ग रसमुदायको वालवालिकाहरुको चौतर्फीविकासको लागि सरोकारवालाहरुसँग वृहत छलफल गरी अगामी वर्षमा बृहत्त कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्राप्त सुझावहरुलाई ग्रहगा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

विभिन्न बहानामा मनपर ...

फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक् ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A