जिवछ उदासी
सिरहाको पूर्व दक्षिण भारतीय सीमानासँग जोडिएको भगवानपुर गाँउपालिकामा नेकपा एमालेमा फुटको असर नहेको र झनै शक्तिशाली भएको नेकपा एमालेका नेताहरुले दाबी गरेका छन् ।
गएको स्थानीय चुनावमा एमालेबाट उम्मेदबार हुनु भएको उग्र नारायण यादव र भगवानपुरको प्यारो नेताको रुपमा पहिचान बनाउनु भएको राम शङकर यादवले गाँउपालिका स्तरीय पार्टी कार्यकर्तालाई भेला गरी सोमबार भगवानपुर–२ गम्हरीया चोकमा आयोजना गरेको पार्टी प्रवेश खुल्लासभा गरेर आफ्नो दावीलाई प्रमाणित गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री लिलानाथ श्रेष्ठ,प्रदेश २ का अध्यक्ष तथा निवर्तमान कृषि मन्त्री ज्वाला कुमारी साह, नेकपा एमाले केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादव र केन्द्रिय प्रतिनिधि परिषद सदस्य तथा स्थानीय नेता राम शङकर यादवले सभालाईसम्बोधन गर्नु भएको थियो ।
निवर्तमान मन्त्री श्रेष्ठले प्रदेश २ मा पनि नेकपा एमालेप्रति आकर्षण बढ्दै जान थालेको बताउनुभयो । उहाँले भन्नुभयो,प्रदेश २ का जनताले तराई–मधेशको विकास एमाले बाहेककसैले गर्न नसकेको प्रमाणित भैसेको छ । जुद्ध शमशेरको पालादेखि निर्माण हुन थालेको हुलाकी सडक निर्माण कार्यलाई केपी ओली नेतृत्वको सरकारले निर्माण गर्न बजेट विनियोजन गरेर सम्पन्न हुने क्रममा छ । यसबाट दस लाखले रोजगारी पाउने हुलाकी सडक मधेशको लाइफलाइन मार्ग हो । पार्टी फुटेको नभई स्वार्थी गुटहरु अलग भएको भन्दै उहाँले यसले पार्टी झनै स्वस्थ्य भएको तर्क गर्नुभयो ।
‘भगवानपुर गाँउपालिकामा एममलेलाई कसैले पराजित गर्न नसक्ने उपस्थितिले प्रमाणित गरेको छ,यस गाँउपालिकामा मुद्दा जालझेलमा नेता कार्यकर्ताहरुलाई फसाउने प्रयत्न गरे पार्टी र व्यक्तिगत रुपले म आफै संरक्षण गर्न तयार छु, तपाईहरु हिम्मतका साथ भगवानपुरलाई लालकिल्लाा बनाउन लाग्न होस’,नेता श्रेष्ठले हिम्मत दिनुभयो ।

प्रदेश २ का अध्यक्ष तथा निवर्तमान कृषि मन्त्री ज्वाला साहले आउने चुनावमा माओवादी र एकिकृत समाजवादीको अस्तित्व समेत नरहने दावी गर्नुभयो ।उहाँले थप्नुभयो,‘कम्युनिष्ट पार्टीको सरकार ढालेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउने षडयन्त्रकारी परिवारवादको मोह र स्वार्थमा लिप्त प्रचण्ड र माधव नेपाललाई खरानी खसेर जोगी हुनुपर्ने दिन आँउदैछ । कम्युसनिष्ट आन्दोलनको नेतृत्व नेकपा एमालले नै गर्ने छ । जनताको मनमा सूर्य चिन्ह वाहेक अर्को चिन्ह छैन ।’
सिरहा इन्चार्ज गंगा प्रसाद यादवले भगवानपुर गाँउपालिकामा देखिएको पार्टी प्रवेशको लहर र जनसहभागिताले एकिकृत समाजवादीतिर लागेका नेता कार्यकर्ताहरुलाई जनता फुट होइन,सुर्य चिन्हमा एकजुट रहेको सन्देसको रुपमा लिएर आफ्नो घरफिर्ता हुन अहवान गर्नुभयो ।
२०५६ सालको चुनावमा बामदेव गौतमको नेतृत्वमा गठन भएको नेकपा मालेको देशभरिमा एक स्थान पनि प्राप्त नभएको ताजा इतिहास छदैछ । अबआउने चुनावमा एकिकृत समाजवादी पार्टिको उम्मेदबारहरुको जमानत समेत जफ्त हुनेछ । भगवानपुर गाँउपालिका त लालकिल्ला हुने नै छ सिरहा जिल्ला समेत लाालकिल्ला हुने ठोकुवा गर्नुभयो ।
भगवगानपुर गाँउपालिकामा पूर्व दुई जना मन्त्रीहरु राजलाल यादव र रामचन्द्र यादवको निर्देशनमा यस गाँउपालिकामा बजेटमा भएको घोटाला र भ्रष्टाचारको एक एक हिसाव किताव हुनेछ । आउने चुनावमा भगवानपुर गाँउपालिकामा उग्रनारायण यादवको नेतृत्वमा एमालेको झण्डा फहरिने नेता रामशङकर यादवले उदघोष गर्नुभयो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीतिर लागगेको व्यापक प्रचार भएको पूर्व संविधानसभा सदस्य आशा कुमारी यादव र सिरहा जिल्ला समन्वय समितिका उपप्रमुख सरोज कुमार यादवले आफूहरु नेकपा एमाले र सुर्य चिन्हकै पक्षमा रहेको प्रष्टयाउनु भएको थियो ।
नेपाली काँग्रेसका भगवानपुर गाँउपालिका निर्वतमान पार्टी सभापति राम कुमार साह सहित ५५ जना र जनता समाजवादी पार्टी परित्याग गरि सुरेन्द्र सरहान यादवको अगुवाइमा १२५ घरका दुई सयजना गरी २५५ जना नेकपा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई नेता श्रेष्ठ ,नेतृ साहले गम्छा ओढाई फूलमाला लगाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधि परिषद सदस्य राजेन्द्र चौधरी ,केन्द्रिय सदस्य तथा निवर्तमान लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव,केन्द्रिय प्रतिनिधि परिषद तथा प्रदेशसभा माननीय लगनलाल चौधरी,केन्द्रिय सदस्य रामरति राम,केन्द्रिय प्रतिनिधि परिषद तथा लहानका मेयर मुनिसाह सुडी,लहान इन्चार्ज तथा उपपेयर सरियार कुमारी चौधरी लगायत जिल्ला कमिटिका नेताहरु मञ्चमाउपूिस्थत रहेका थिए ।
कार्यक्रम जिल्ला सचिवालय सदस्य तथा भगवापुर गाँउपालिकाका नेता उग्र नारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य तथा सिरहा –१ क क्षेत्रिय इन्चार्ज विषणुलाल साहले गर्नु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A